बारामा जन्मका आधारमा ३०० जनाले लिए नागरिकताको प्रमाणपत्र

 

बारा, २४ असार। जन्मका आधारमा नागरिकता लिनेका सन्ततिलाई पनि नागरिकता दिन थालिएपछि जिल्ला प्रशासन कार्यालय बाराबाट हालसम्म ३०० जनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन ।  जिल्ला प्रशासन कार्यालय बाराबाट शुक्रबारसम्म ३०० सय बढीले नयाँ ऐनअनुसार नेपाली नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जनकारी दिए ।

 

जन्मसिद्ध नागरिकका सन्तानलाई कार्यालयले असार १० गते नागरिकताको प्रमाण पत्र वितरण सुरु गरेको हो । कार्यालयले सुरुमा दैनिक ५० वटाको दरले टोकन बाँडे पनि पछिल्लो समय दैनिक एक सय वटासम्म वितरण गर्दैै आएको छ । कार्यालयका अनुसार आगामी दुई महिनासम्मको लागि टोकन बुक भइसकेको छ ।

 

यता इलाका प्रशासन कार्यालय सिमराबाट पनि हालसम्म २५० वटा जन्मसिद्धका आधारमा नयाँ नागरिकता वितरण भइसकेको छ । जीतपुरसिमरा र निजगढ नगरपालिका हेर्ने इलाका प्रशासन कार्यालय सिमरामा जीतपुरसिमरा वडा नं ७ बाट सबैभन्दा धेरै सिफारिस आएको ईप्रका सिमराले जनाएको छ । अन्य दुई ठाउँ कोल्हवी र सिम्रौनगढमा भने छिटपुट रूपमा वितरण भइरहेको जनाइएको छ ।

 

जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गर्न आमाबुवाको नागरिकता, जन्म दर्ता, घरजग्गाको लालपुर्जा, नेपालमा बसोबास गरेको प्रमाण, नाता प्रमाणित, खानेपानी, बिजुली, टेलिफोन शुल्क बुझाएको प्रमाण, शैक्षिक योग्यताको प्रमाण पत्र, आमाबुवा मृत्यु भएको खण्डमा मृत्यु दर्ताको प्रमाण, २०६३ सालको टोलीमा नाबालक दर्ता गराएको भए सोको निस्सा लगायतका कागजपत्रका आधारमा वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट नागरिकता जारी हुदैआएको छ ।

 

प्रमुख जिल्ला अधिकारी सापकोटाले नागरिकता लिन आउनेहरू मध्ये अधिकांशको बसोबास गरेको जमिनको धनीपूर्जा नभएको, धारा, विद्युत् शुल्क तिरेको रसिद र जग्गा जमिन नभएकाहरू पनि नागरिकता लिन आएको भेटिएको छ ।२०६३ सालमा जन्मसिद्ध नागरिकता लिएर पनि नेपालमा बसोबास भएको कुनै प्रमाण नभएकाहरू पनि नागरिकता लिएका आएको उनले बताए । प्रमुख जिल्ला अधिकारी सापकोटाले नागरिकता विधेयकमा रहेको त्रुटीका कारण धेरै व्यक्तिहरु नागरिकताको प्रमाणपत्र प्राप्त गर्नबाट बञ्चित भएको बताए ।

अहिलेको विधेयक अनुसार बाबुआमा मध्ये एकको नागरिकता नलिई मृत्यु भएका खण्डमा तिनका सन्तान नागरिकता लिनबाट बञ्चित हुनेछन् । यस्तो अवस्थामा नागरिकताको प्रमाणपत्र दिन समस्या भएको र त्यस्ताहरुको हकमा आफूहरुले गृहमन्त्रालयमा लेखेर पठाउने गरेको उनले बताए ।

बारामा ३५ हजारभन्दा धरै व्यक्तिले नयाँ नागरिकता पाउने भएका छन् । कार्यालयले जन्मसिद्धका आधारमा बारा जिल्लाबाट नागरिकता पाउनेको संख्या करिब ३५ हजारभन्दा बढी हुने आंकलन गरेको छ । ०६३ सासलमा जिल्लाबाट ११ हजार ९३ जनाले जन्मसिद्ध नागरिकता लिएको र यसको आधारमा प्रतिपरिवार ३/४ जना सदस्य मात्रैले लिँदा पनि ३५ हजारभन्दा बढीले नागरिकता पाउने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९