लैंगिक हिंसा पीडित महिलाले लिए निशुल्क मानसिक सवास्थ्य सेवा

धनगढी । दृष्टि फाउण्डेसन नेपाल धनगढीमा रहेका लैङ्गिक हिंसा पीडित महिलाहरुले गुणस्तरीय निशुल्क मानसिक स्वास्थ्य सेवा लिएकाछन् । लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्र्तरगत फाउण्डेसनमा बुधबार संचालन भएको मानसिक स्वास्थ्य सेवाबाट ३४ जना लैंगिक हिंसा पीडित महिलाहरुले मानसकि स्वास्थ्य लिएकाहुन् ।

 

स्वीस विकास सहयोग, नर्वेजिएन दुताबास र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएको सहयोगमा धनगढी उपमहानगरपालिकाको समन्वयमा आइपास सीएमसी नेपाल लगायत साझेदारी संस्थाको सहकार्यमा मानसिक स्वास्थ्य सेवा संचालन भएको हो ।

 

मानसिक असन्तुलन गुमाई सडकमा जथाभावी हिड्ने महिलाहरुको उद्धार गरी फाउण्डेसनमा राखिएको छ । जबरजस्ती घरबाट निकाला गरिएका महिलाहरु मानसिक रोगीभई बाँचिरहेकाछन् । स्वास्थ्य परीक्षणपछि नाम परिवर्तन ७७ वर्षिय माया घिमिरेले औषधि खाएपछि डाक्टरले निको हुन्छ भनेकोले निको बनाउन नियमित औषधि खाने उनले बताईन् । आफ्नो नाम समेत बिर्सेकी १५ वर्षिय किशोरीको नाम दर्ता गर्दाखेरी उनको खुसी नाम राखेर उपचार गरिएको छ । आफ्नो पनि बिर्सेका हिंसा पीडितको अवस्था निकै दर्दनाक देखिन्थ्यो । उपचार सेवा लिएका पीडित महिला र फाउण्डेसनका कर्मचारीलाई फलोअप र निरन्तर औषधि सेवनको समस्याले पिरोली रहेको फाउण्डेसनका अध्यक्ष कल्पना भट्टले बताईन् । सहयोगी दातालाई निरन्तर सेवा दिन उनले अनुरोध समेत गरेकीछन् । मानसिक रोग विशेषज्ञ डाक्टर अभिलासा गिरीले कडा खालको मानसिक रोगी भएकोले दृघकालीन समयसम्म बिरामीले औषधि खानुपर्ने बताईन् । औषधि संगै केहीलाई मनोसामाजिक परामर्श सेवापनि जरुरी रहेको उनले बताइन् ।

 

दृष्टि फाउण्डेसन नेपालका चन्द्रा तिरुवाले मानसिक समस्या भएका व्यक्तिलाई औषधि खुवाउने समस्या झेलि रहेकाबेला संस्थाले औषधि सहित मानसिक रोग विशेषज्ञ डाक्टर ल्याएर सेवा दिएकोमा आफूलाई धेरै खुसी लागेको बताईन् । अरुबाट मागरे ल्याई खानाको व्यवस्था गर्नु परेको बताउदै सामाजिक अपमान र तिरस्कार खेप्नु परेको भोगाई सुनाउँदा तिरुवा भावुक बनेकी थिईन् । तिरुवाको भोगाई सुनेर कार्यक्रममा सहभागी सबै स्तब्ध भएका थिए । उनले भनिन् ‘राज्यले गर्नुपर्ने काम हामीले गरी रहेका छौं, राज्यले समस्यामा परेका आफ्ना नागरिकको व्यवस्थापनको जिम्मा लिनुपर्छ ।’

 

मानसकि स्वास्थ्य सेवाको उद्घाटन समारोहका प्रमुख अतिथि एवम् सामाजिक विकास मन्त्रालयका सचिब ज्ञानप्रसाद ढकालले पहिलो प्राथमिकता मानसिक स्वास्थ्य रहेको बताए । राज्यले गर्नुपर्ने काम दृष्टि फाउण्डेसनले गरेको भन्दै फाउण्डेसनका कामको प्रशंसा गरेका थिए । उनले भने ‘म सदूरपश्चिम आएको एक महिना भयो । म आउने वित्तिकै प्रमुख जिल्ला अधिकारीले दृष्टि फाउण्डेसनका बारेमा जानकारी गराउनु भएको थियो ।’ मेरो ध्यान केन्द्रित भएको छ ।

 

विशिष्ट अतिथि एवम् प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले फाउण्डेसनमा रहेका पीडित महिलाहरुले आफू बसिरहेको ठाउँमा निशुल्क मानसिक स्वास्थ्य सेवा पाउदा खुसी लागेको बताए । औषधि उपचारपछि मानसिक रोग निको हुने भएकोले औषधि अति आवश्यक रहेको कट्टेलले बताए । मान्छेलाई पशु सरह व्यवहार गरी घरबाट निकालिएको छ । सडकमा अलपत्र परेका महिलाको उद्धार गरी मानविय सेवागर्ने फाउण्डेसनले धेरै राम्रो काम गरेको बताए । मानसिक स्वास्थ्य सेवा संचालन गर्ने संस्थालाई उनले धन्यवाद समेत व्यक्त गरेका थिए ।

 

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपिएका सुदूरपश्मि प्रदेश पमुख कृष्ण भट्टराईले प्रमुख जिल्ला अधिकारीको समन्वयमा मानसिक स्वास्थ्य सेवा संचालन गरिएको बताए । हिंसामा परेका व्यक्तिहरुको आधारभूत आवश्यकतालाई सम्बोधन गर्न नीति बनाई काम गर्नुपर्ने उनले बताए । हिंसा संग जोडिएका व्यक्तिहरु मानसिक समस्यामा पर्ने भएकोले फाउण्डेसनमा रहेका महिलाहरुको उपचारको लागि मानसिक स्वास्थ्य सेवा दिएको भट्टराईले बताए । आगामी दिनमा मानसिक स्वास्थ्य सेवा निरन्तर रुपमा दिने आईपास नेपालका बिष्णु नेपाली बताउँछन् ।

 

मानसिक स्वास्थ्य सेवाको अवलोकन र अनुगमन गरेका धनगढी उपमहानगरपाकिाका मेयर गोपाल हमालले स्थानीय सरकारले मानसिक स्वास्थ्यलाई महत्वका साथ लिएको बताउँदै मानसिक रोगको बारेमा समाजमा खुलेर कुरा गर्नुपर्ने बताए । मानव सेवाको काम गर्दै आएका फाउण्डेसनलाई उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ । फेरीपनि आवश्यक सहयोग गर्न तयार रहेको हमालले बताए ।

 

विगत दुईवर्ष देखि लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना धनगढी उपमहानगरपालिकामा संचालन भई रहेको युएनएपपिएका कैलाली जिल्ला कार्यक्रम संयोजक कृष्ण चौधरीले बताए । धनगढी उपमहानगरपालिका,महिला शाखा, स्वास्थ्य शाखा, स्वास्थ्य कार्यालय, वडा नम्बर १३ को वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्रले समन्वयका लागि सहयोगी भूमिका खेलेका थिए । मनोसामाजिक परामशकर्ता धनराज विकले उद्घाटन समारोह कार्यक्रमको संचालन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९