प्रिती बाट युनिकोड
युनिकोड बाट प्रिती
Logo
मङ्लबार, जेष्ठ ५, २०८३ | Tuesday 19th May 2026
  • होमपेज
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • खेलकुद
  • वैज्ञानिक मिडिया विशेष
  • अर्थ
  • अपराध
  • कला
  • कोशी प्रदेश
  • मधेश प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • भिडियो
  • कृषि
  • शिक्षा
  • विविध
  • पत्रपत्रिका
  • कला
  • अपराध
  • खेलकुद
  • अन्तर्राष्ट्रिय

ट्रेन्डिङ

  • प्रधानमन्त्री
  • पक्राउ
  • नेपाल
  • जना पक्राउ
  • मृत्यु
  • आज
  • काठमाडौं
  • सरकार
  • 📻 Radio
‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’ प्रतिनिधिसभा बैठक : संसद्मा व्यवस्थित समाचार सङ्कलन कक्ष व्यवस्था गर्न माग दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव प्रतिनिधिसभा : समसामयिक विषयमा ध्यानाकर्षण राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ : प्रधानमन्त्री दाहाल

वैज्ञानिक मिडिया प्रकाशित मिती : बुधबार, साउन १०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेको बताउनुभयो । आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथितीको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्त्वपूर्ण कामको थालनी गरेको बताउनुभयो ।
जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै उहाँले अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई सही ट्र्याकमा ल्याइएको बताउनुभयो । “सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, अझ विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिनेबाट सरकारले कामको थालनी गरेको छ ।” नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरित र सङ्गठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले उक्त कदम चालेको बताउनुभयो ।
“शरणार्थी प्रकरणमा राष्ट्रहित विपरितको काम भएको देखियो, सरकारले फोहोर सफा गर्न यो कदम चालेको हो”, उहाँले भन्नुभयो । प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणको छानविनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएको बताउनुभयो । “यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो । यो प्रकरण ललिता निवासको कुरा मात्रै होइन, देशभर चलेको माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ”, उहाँले भन्नुभयो । नेपालमा थुप्रिएको बेथिती र विसङ्गतीको चाङ अन्त्य गर्ने विषय रातारात एक जनाले चाहँदैमा भइहाल्ने अवस्था नरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विकृति र विसङ्गित अन्त्यका लागि सम्पूर्ण नेपालीको साथ आवश्यक रहेको बताउनुभयो ।
पछिल्लो राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न जसरी भए पनि नेपाल र नेपालीको अवस्थामा सुधार ल्याउनुपर्नेमा जोड दिँदै उहाँले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसकिए यसको औचित्य सावित नहुने बताउनुभयो । “हामीले नेपालमा राजनीतिक परिवर्तन राजनीतिका लागि मात्र ल्याएको होइन, राष्ट्र र जनताको वृहत्तर हित हुने गरी पविर्तन ल्याउने भनेका हौँ”, उहाँले भन्नुभयो, “यदि जनताको जीवनस्तरमा परिवर्तन हुँदैन भने यसको दिगोपन र औचित्य पनि इतिहासमा सिद्ध हुँदैन ।” आफूले यसपटक प्रधानमन्त्री हुँदा देश र जनताका लागि केही गर्नुपर्छ भन्ने सङ्कल्प लिएको उल्लेख गर्दै उहाँले सोही सङ्कल्पअनुसार मुलुकको अवस्था बदल्न लागि परेको बताउनुभयो ।
“जसले परिवर्तन ल्याउन लड्यो, त्यही पार्टी, विचार र नेतालाई चिन्ता हुन्छ”, उहाँले भन्नुभयो, “यो परिवर्तनले जनतालाई राम्रो गर्यो कि गरेन । यो पटक मैले प्रधानमन्त्रीको जिम्मेवारी लिँदा गरेको सङ्कल्प त्यही नै हो ।” सात दशक लडेर ल्याएको परिवर्तनले राष्ट्र र जनताको हित गर्न सकेन भने त्यो दुर्भाग्य पूर्ण हुनेछ भन्दै उहाँले परिवर्तन असफल भयो भने राष्ट्र दुर्घटनामा पर्ने खतरा रहेको औँल्याउनुभयो । “यो परिवर्तन असफल भयो भने राजनीतिक परिवर्तन मात्रै असफल हुँदैन, नेपाल राष्ट्र नै असफल हुने र दुर्घटनामा पर्ने खतरा रहन्छ”, उहाँले भन्नुभयो, “त्यसकारण देश र जनतालाई दुर्घटनाबाट बचाउन पनि यस पटक सरकारको नेतृत्वको हैसियतले कठोर कदम चाल्नै पर्छ भनेर महत्त्वपूर्ण काम थालिएका छन् ।” नेपालमा उत्पादित सामग्रीले युरोपको बजार पाउन नसकेको, राहदानीसम्बन्धी समस्या, इटालीले ल्याउने मौसमी कामदारको सूचीमा नेपाल नसमेटिएकालगायत गैरआवासीय नेपालीले उठाएका विषयलाई सम्बोधन गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो ।
“कानूनी तथा संरचनात्मक जटिलतालाई हल गरेर यी विषयमा सरलीकरण गरिन्छ”, उहाँले भन्नुभयो । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनले आयोजना गरेको कार्यक्रमको दौरानमा इटालीका प्रधानमन्त्री र राष्ट्रसङ्घका महासचिवसँग अनौपचारिकरुपमा महत्त्वपूर्ण कुराकानी भएको जानकारी दिँदै उहाँले आफूले औपचारिक कार्यक्रममा दिएको वक्तव्यपछिको प्रतिक्रिया पनि निकै सकारात्मक भएको पाएको बताउनुभयो । “अब इटाली सरकारसँग नेपाल सरकारको सम्बन्ध अझ गहन हुने र अगाडि बढ्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “तपाईंहरु (एनआरएन)ले उठाएका विषय सम्बोधनको पहलका लागि आधार मिलेको छ ।” इटालीमा रहेका नेपालीले यहाँ आइपुग्दा र यहाँ रहँदा भोगेका समस्या बारेमा आफूले नजिकबाट जान्ने मौका पाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपालीले भोग्दै आएका समस्या समाधानका लागि नेपाल सरकारकातर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
“मैले यहाँ बस्ने नेपालीका समस्या, यहाँ आइपुग्दा भोगेका समस्या, यहाँ पुगेपछि भोगिरहेका समस्याबारे प्रत्यक्षरुपमा बुझ्ने मौका पाएँ”, उहाँले भन्नुभयो, “इटालीमा रहेका नेपालीले भोग्दै आएका समस्या समाधानका लागि नेपाल सरकारबाट के गर्न सकिन्छ, त्यसका निम्ति पहल गर्नेछु ।” परराष्ट्र सचिव भरतराज पौडेलले गैरआवासी नेपालीको नागरिकतासम्बन्धी विषय सम्बोधन भएको बताउनुभयो । अस्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मीले आफूहरु इटालीमा रहेका नेपाली समुदायसँग अत्यन्त नजिक रहेको उल्लेख गर्दै नेपालीले भोग्दै आएका समस्यालाई नेपाल सरकारसमक्ष पुर्याउने गरेको बताउनुभयो । कार्यक्रममा सहभागी मुलुकबाहिर रहेका नेपालीले आफ्नो परिवारको भन्दा पनि मातृभूमिको माया गरी आएको उल्लेख गर्दै सहभागीले गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्ने वातावरण बनेकामा सरकारलाई धन्यवाद दिएका थिए । पछिल्लो दुई वर्ष गैरआवासीय सङ्घका लागि सुखद नरहेको भन्दै उनीहरुले विभाजित एनआरएनएलाई प्रधानमन्त्रीको उपस्थितिमा एक ठाउँमा ल्याउने सम्झौता भएकामा आभार व्यक्त गरेका थिए ।–––
Powered By  Orson Infotech

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया
सम्बन्धित शिर्षक
‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’
प्रतिनिधिसभा बैठक : संसद्मा व्यवस्थित समाचार सङ्कलन कक्ष व्यवस्था गर्न माग
दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव
प्रतिनिधिसभा : समसामयिक विषयमा ध्यानाकर्षण
राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न
रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

भर्खरै
‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’
प्रतिनिधिसभा बैठक : संसद्मा व्यवस्थित समाचार सङ्कलन कक्ष व्यवस्था गर्न माग
दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव
प्रतिनिधिसभा : समसामयिक विषयमा ध्यानाकर्षण
राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न
  • मुख्य समाचार
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रीय
प्रचार ठूलो, प्रमाण कमजोर? दीपक भट्ट प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागमै अन्योल

काठमाडौं — उच्च राजनीतिक पहुँच, शेयर बजारमा प्रभाव तथा बैंकिङ–बीमा क्षेत्रसँगको सम्बन्धका कारण चर्चामा रहेका व्यवसायी दीपक भट्टविरुद्ध अघि बढाइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान अहिले नै प्रश्नको घेरामा पर्न थालेको छ। प्रारम्भिक चरणमा व्यापक प्रचारसहित अघि बढाइएको अनुसन्धान प्रमाण संकलनकै चरणमा कमजोर देखिन थालेपछि विभागभित्रै...

युवा समाजसेवी खेम जोशी लागू औषध दुर्व्यसन रोक्न मैदानमा, युवालाई ४३ हजार बराबरको खेल सामग्री वितरण
कुम्भिया टोल विकास संस्थाद्वारा वृहत सरसफाई अभियान
किरणराज ढुङ्गाना र मिना जैशीद्वारा विवाहको अवसरमा १० लाखको बीमा योजना खरिद
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह
द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस
आदर्श सामुदायिक विद्या मन्दिरको एसईई नतिजा उत्कृष्ट, सबै ४० विद्यार्थी उत्तीर्ण
नमुना ग्रामीण विद्युत सहकारीको अध्यक्षमा पुनः भिम सिंह जाब्लि निर्वाचित
‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ), घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन बढेको थियो । हिउँदमा जहिले पनि इनार, कुँवालगायत पानीका मुहान सुक्ने गर्दछन् । यस क्षेत्रमा सुक्खायाममा खानेपानीको समस्या हुने गरेको स्थानीय ७८ वर्षीय कालीचरण चौधरीले बताउनुभयो ।   उहाँका अनुसार गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा...

प्रतिनिधिसभा बैठक : संसद्मा व्यवस्थित समाचार सङ्कलन कक्ष व्यवस्था गर्न माग
दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव
प्रतिनिधिसभा : समसामयिक विषयमा ध्यानाकर्षण
राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न
रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश
प्रतिनिधिसभाः व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था गर्न माग
राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण
पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड
बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न नयाँ फिडर थप

राँझा (बाँके),  नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले विद्युत् आपूर्ति सुधार गर्न पाँचवटा नयाँ फिडर थप गरेको छ ।सोह्र वटा फिडरबाट आपूर्ति हुँदै आएकामा नेपालगञ्जमा हुने गर्मीलाई मध्यनजर गर्दै पाँचवटा नयाँ फिडर थप गरेर विद्युत् आपूर्ति सुधारलाई निरन्तरता दिएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
सुनचाँदीको मूल्यवृद्धि
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चार महिनामा त्रियासी हजारभन्दा बढी विदेशी पर्यटक मुस्ताङ घुम्न आए
भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

अमेरिकी सैनिकलाई कारबाहि गर्न राष्ट्रसङ्घलाई इरानको आग्रह
मध्यपूर्व युद्धबारे छलफल गर्न रूसी विदेशमन्त्री चीनमा
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै
वैज्ञानिक बिशेष
पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

काठमाडौँ,  बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । आज बिहान करिब ७ः२५ बजे लमजुङको मध्यनेपाल ननगरपालिका–१० विमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्गमा वर्षातको कारण माथिबाट पहिरो खस्दा सडकमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब...

माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, एक घाइते
प्रचार ठूलो, प्रमाण कमजोर? दीपक भट्ट प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागमै अन्योल
युवा समाजसेवी खेम जोशी लागू औषध दुर्व्यसन रोक्न मैदानमा, युवालाई ४३ हजार बराबरको खेल सामग्री वितरण
चार दिनमा १६९ तीर्थालु भित्रिए
गुठी संस्थानसँग छैन जिल्लागत जग्गाको अभिलेख विवरण
कुम्भिया टोल विकास संस्थाद्वारा वृहत सरसफाई अभियान
फिचर न्यूज
ऐतिहासिक सलहेश फूलवारीमा प्रेमको प्रतीक फूल हेर्न नेपाल–भारतका भक्तजनको भीड (फोटो फिचर )
संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम (फोटो फिचर)
धार्मिक महत्वको पाताल भुवनेश्वर धाम प्रचार प्रसारको अभावमा ओझेलमा (फोटो फिचर)
आकाशे घैटाफोडको तयारी पूरा, चर्चित देउडा कलाकारको प्रस्तुती : ३० हजार बढि दर्शकले अवलोकन गर्ने (फोटो फिचरसहित)
मकवानपुरको लटारम्मेश्वर महादेवको मन्दिर: नयाँ पर्यटकीय गन्तव्य बन्दै
  • देश
  • कोशी
  • मधेस
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
किरणराज ढुङ्गाना र मिना जैशीद्वारा विवाहको अवसरमा १० लाखको बीमा योजना खरिद

कैलाली । पछिल्लो समय जन्मोत्सव, विवाह, वर्षगाँठ तथा अन्नप्राशनजस्ता विशेष अवसरहरूमा तडकभडकपूर्ण खर्च गर्ने प्रवृत्तिभन्दा भविष्य सुरक्षित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने संस्कार समाजमा विस्तारै बढ्दै गएको छ। यसले बचत गर्ने बानी, आर्थिक अनुशासन तथा सकारात्मक सोचको विकासमा महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरू बताउँछन्।     यसैक्रममा...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने
महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली
सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने
महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै
नेपालगञ्जमा थपियो तारे होटल
अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न रु दुई करोड अनुदान
राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस
व्यावसायिक कफीखेतीमा भोजपुरका किसान
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

भालु खोलाले बगाउँदा झापामा एक बालकको मृत्यु
सुनसरीमा बस र माइक्रो ठोक्किँदा ३ को मृत्यु, १५ घाइते
भालु खोलाले बगाउँदा झापामा एक बालकको मृत्यु
सुनसरीमा बस र माइक्रो ठोक्किँदा ३ को मृत्यु, १५ घाइते
पथरीको सामान्य ‘बिष्ट माइला’, बने ठुलो समाजसेवी
नक्कली नोट सहित दुई जना पक्राउ
कोशी पुलमा राखियो रातो झन्डा र खोलियो २६ ढोका
कोशी प्रदेश, अनलाइन टिभी पत्रकार संघकाे अध्यक्षमा किशोर श्रेष्ठ चयन
डाँस मोरङी र आयोजक कञ्चनजंघा फाइनलमा
क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार
मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी
सप्तरीमा तस्कर र प्रहरी बिच भिडन्त, प्रहरीको गोली लागी एकको मृत्यु
मेयरका श्रीमानको कारण फतुवा विजयपुरको नगर सभा अन्योलमा
खडेरीको समयमा मौलापुरको पहलमा नगरवासीलाई स्वच्छ खानेपानीको सुनिश्चितता
बागमती सिचाइ आयोजनाको नहर मर्मतपछि किसानहरूलाई राहत
डिआईजी चतुर्वेदीको निर्देशन पछि मधेशमा लागूऔषध कारोबार नियन्त्रण अभियान जारी
पर्सा प्रहरी मधेशमै उत्कृष्ट, एसपी गौतम मिश्रको नेतृत्व
मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
दुई लाख पाँच हजार १६८ जना नयाँ मतदाता थप
बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन
अख्तियारमा नापी र मालपोतका उजुरी धेरै
धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार
क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै
निसीखोलामा पुतली नाचको रौनक
गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै
निसीखोलामा पुतली नाचको रौनक
निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास
गण्डकीमा मातृ स्वास्थ्यमा सुधार
आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल
निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता
पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो
ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह
सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य
लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा
अनलाइन टीभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्ण राज अधिकारी
अर्घाखाँचीमा बस दुर्घटना, चार जनाको मृत्यु
‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य
ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य
ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न
चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल
भेडापालक किसानहरु राडीपाखी बुनेर जीविकोपार्जन गर्दै
युवा समाजसेवी खेम जोशी लागू औषध दुर्व्यसन रोक्न मैदानमा, युवालाई ४३ हजार बराबरको खेल सामग्री वितरण

कैलाली — पछिल्लो समय ग्रामीण क्षेत्रमा युवा तथा बालबालिका लागू औषध दुर्व्यसन, कुलत तथा मोबाइलको अत्यधिक प्रयोगतर्फ आकर्षित भइरहेका बेला कैलालीका युवा समाजसेवी खेम जोशीले खेलकुदमार्फत समाज परिवर्तनको अभियान सुरु गरेका छन्।   बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ तथा जोशीपुर गाउँपालिका वडा नम्बर ६ र ७...

कुम्भिया टोल विकास संस्थाद्वारा वृहत सरसफाई अभियान
किरणराज ढुङ्गाना र मिना जैशीद्वारा विवाहको अवसरमा १० लाखको बीमा योजना खरिद
शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन
द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस
नमुना ग्रामीण विद्युत सहकारीको २०औँ साधारण सभा सम्पन्न, २४ लाख लागतको नयाँ भवन उद्घाटन
बर्दगोरियामा ३ किलोमिटर कालोपत्रे सडकको शिलान्यास, स्थानीयवासीमा खुशीको लहर
थारु लेहेंगा–चोली तालिमले स्थानीय महिलामा उत्साह, आत्मनिर्भरताको आशा
छात्रवृत्ति वितरणमा न्यु स्टारको नयाँ कदम, अभिभावक र विद्यार्थी उत्साहित
  • विचार
  • ब्लग
  • सम्पादकीय
विचारः नेपाली राजनीति र महिला सहभागिताको सवाल
वैज्ञानिक मिडिया
आलेखः आँसु बोकेर परदेश, रोग र पीडा बोकेर स्वदेश फर्किएकी सीता
वैज्ञानिक मिडिया
विचारः चुनौती छिचोल्दै उपलब्धिको यात्रामा रासस
वैज्ञानिक मिडिया
कार्यकर्ता हुँ म
मिलन ओली
नेपालमा विद्यार्थी संगठन, स्ववियु र चेतनशील नेतृत्व
मिलन ओली
बालेनको कविता- सत्यको कुनै एउटा पहिचान हुदैन
वैज्ञानिक मिडिया
चैत १७ गते बृहत् ‘साङ्गीतिक गजल गुञ्जन’
वैज्ञानिक मिडिया
बाजुराकी साहित्यकार एवम् कांग्रेस नेतृ रीता शाहीको दोस्रो गजल संग्रह ‘चिनारी’ विमोचन
वैज्ञानिक मिडिया
शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा
वैज्ञानिक मिडिया
  • अन्तर्वार्ता
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • सेयर बजार
नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जेठ ३१ गते विहिवारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
जापानलाई उछिन्दै चीन बन्यो सबैभन्दा कार निर्यात गर्ने मुलुक
बर्दगोरियामा बालकन्या माध्यामीक विद्यालयको कार्यालय तोडफोड 
आज मध्यरातिबाट भारत र चीनसँगको सीमानाका बन्द हुने
विद्यालय बन्दका कारण विद्यार्थीहरू घर घरमा आज सरस्वती पूजा मनाउँदै  
बर्दगोरीया गाउँपालिका स्तरीय बाल क्लब गठन/अध्यक्षमा वसन्त राज जैशी
नेपाल शिक्षक महासंघ मोहन्यालको चेतावनी/तलब निकासा नदिए आन्दोलनमा जाने
कैलालीको बर्दगोरीया-३ लाई साक्षर वडा घोषणा शुक्रवार गरियो( भिडियो सहित)
शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन
द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस
न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको शानदार नतिजा : एसइई २०८३ मा ११ विद्यार्थीले ल्याए A+
एसइईको नतिजा सार्वजनिक गर्ने तयारी
विद्यालयमा आधुनिक ‘इलर्निङ सेन्टर’ स्थापना
छात्रवृत्ति वितरणमा न्यु स्टारको नयाँ कदम, अभिभावक र विद्यार्थी उत्साहित
कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल
घोडाघोडी नगरपालिकाद्वारा ३१ संस्थागत विद्यालयको वर्गीकरण सार्वजनिक, शुल्कसमेत निर्धारण
किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

बेनी (म्याग्दी),  यहाँको बेनी नगरपालिका–३ भकिम्लीमा पशुपालन गर्ने किसानका घरदैलोमा पुगेर पशुपन्छीको उपचार गरिएको छ । सदरमुकाम बेनीबाट भौगोलिक रूपमा टाढाको दूरीमा पर्ने भकिम्लीमा निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरेर नगरपालिकाले घरदैलोमै पशुपन्छीको उपचार गरेको हो ।     आइतबार आयोजित शिविरमा ७७ जना...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने
नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै
स्वास्थ्य चौकी निर्माण हुँदै
पाँच वर्षमा स्वास्थ्यमा आठ प्रतिशत बजेट पुर्याउने सरकारको प्रतिबद्धता
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’
प्रदेश आयुर्वेद चिकित्सालयबाट २२ हजार ८५६ जनाले लिए सेवा
आज दशौँ स्वास्थ्य बीमा दिवस
क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

अमेरिकाविरुद्ध भुर्तेलद्वारा शतक प्रहार
‘रन च्यालेन्ज’ शनिबार
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु
गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी
मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम
चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक
एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

सेयरः पि ओपन सेसन ४ अंकले बढयो
साताको पहिलो दिन नेप्से दोहोरो अंकले घटयो
नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी
आज सेयर बजार बन्द हुने
सेयर बजारमा उछाल, २ पटक लाग्यो सकारात्मक सर्किट
सेयर बजार दोहोरो अंकले ओरालो
आजको विदेशी मुद्राको विनिमय दर
संसद (दुमा)खसिको टाउको झुन्डाएर कुकुरको मासु बिक्री गर्ने पसल हो ?
मनाेरञ्जन
दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

भाइको बिहेको पार्टी नदिएको भन्दै कैलालीमा दाइको हत्या Kailali news Sher Bahadur Chaudhary
शिरमा नेपाली ढाका टोपी र अछामी भाषामा बोलेर भाइरल बनेका डम्मर सिंह साउद (अविनाश सिंह) Avinash Singh
कैलालीको भजनी डुबान क्षेत्र:वर्षेनी वर्षाको कारण धानबालीमा नोक्सानी, सरकार मौन—कन्टेन्ट क्रिएटर साउद
बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति
घोडाघोडीमा फागुन ९ देखि महोत्सव सञ्चालन हुने
प्रदर्शनरत चलचित्र ‘एक्टर: टेक वन’को गीत ‘जिन्दगी रेल’ सार्वजनिक
बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवको आज अन्तिम दिन दुर्गेश थापा र चेतन बोहरा आउने
बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा आज रामजी खाँड र सोनु कुस्मी आउने
  • राशिफल / सुनचादी / विनियम दर
  • मौसम / पंचांग / मिति परिवर्तन
  • पत्रपत्रिका

© आजको राशिफल

© विनियम दर

© सुनचादी
© Nepal Weather Today

© Nepal Panchanga

नेपाली मिति परिवर्तन
नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जेठ ३१ गते विहिवारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
जापानलाई उछिन्दै चीन बन्यो सबैभन्दा कार निर्यात गर्ने मुलुक
बर्दगोरियामा बालकन्या माध्यामीक विद्यालयको कार्यालय तोडफोड 
आज मध्यरातिबाट भारत र चीनसँगको सीमानाका बन्द हुने
विद्यालय बन्दका कारण विद्यार्थीहरू घर घरमा आज सरस्वती पूजा मनाउँदै  
बर्दगोरीया गाउँपालिका स्तरीय बाल क्लब गठन/अध्यक्षमा वसन्त राज जैशी
नेपाल शिक्षक महासंघ मोहन्यालको चेतावनी/तलब निकासा नदिए आन्दोलनमा जाने
कैलालीको बर्दगोरीया-३ लाई साक्षर वडा घोषणा शुक्रवार गरियो( भिडियो सहित)

© आजको राशिफल

© विनियम दर

© सुनचादी
वैज्ञानिक टिभी
© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • हाम्रो टिम