पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड

काठमाडौँ,  राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले पूर्वाधार विकास तथा बजेट कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले पूर्वाधार योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयो । उहाँले योजनाको कार्यान्वयनमा परिणाममुखी दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिनुभयो । सांसद घनश्याम रिजालले विगतदेखि नै बजेट कार्यान्वयन, पुँजीगत खर्च तथा आयोजना व्यवस्थापनमा विभिन्न कमजोरी देखिँदै आएको उल्लेख गर्दै विशेषगरी पुँजीगत खर्च वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।

 

 

सांसद सम्झना देवकोटाले गाउँगाउँमा बस्ती एकीकृत गर्ने योजना ल्याउनुपर्ने धारणा राख्दै सडक सुरक्षासँगै निर्माणको गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सांसद कमला पन्तले निर्माण व्यवसायीले समयमा भुक्तानी नपाउँदा पूर्वाधार विकासका काम समयमै सम्पन्न गर्न चुनौती भइरहेको बताउनुभयो ।

 

सांसद भुवनबहादुर सुनुवारले सांसदहरूले माग गरेका योजनाप्राप्त गर्न कठिनाइ हुने गरेको गुनासो गर्दै बूढीगण्डकी जलविद्युत् आयोजना समयमै कार्यान्वयन सुरु गर्नुपर्ने बताउनुभयो । त्यसैगरी, सांसद सावित्री मल्लले कर्णाली राजमार्गको स्तरोन्नतिका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग माग गर्नुभयो ।

 

 

 

पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आर्थिक गतिविधि विस्तार हुने सम्भावना रहेका सहर तथा बस्ती केन्द्रमा एकीकृत सहरी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८३÷८४ का कार्यक्रम अघि बढाइएको बताउनुभएको छ ।

 

 

सचिव सिग्देलले स्थानीय तहका सडक तथा सामुदायिक पहुँच सुधार, झोलुङ्गेपुल क्षेत्रगत कार्यक्रम, वैकल्पिक सहायक राजमार्ग विकास, स्थानीय तहका केन्द्र जोड्ने सडक विकास तथा सडक सुरक्षा एवं मर्मतसम्भार कार्यक्रमलाई आगामी वर्षका प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

 

 

 

उहाँका अनुसार स्थानीयस्तरका सडक तथा सामुदायिक पहुँच सुधार कार्यक्रमका लागि १४ दशमलव सात अर्ब, झोलुङ्गेपुल क्षेत्रगत कार्यक्रमका लागि चार दशमलव ०६ अर्ब तथा वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि २१ दशमलव ३५ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

 

 

 

सचिव सिग्देलले पाँच वर्षभित्र ४६० गाउँपालिकाका मुख्य बजार तथा बस्ती केन्द्रको सुधार गर्ने लक्ष्यका साथ ‘बस्ती विकास कार्यक्रम’ अघि सारिएको जानकारी दिनुभयो । आगामी आवमा कम्तीमा ५८ गाउँपालिकाका विभिन्न बस्तीमा स्रोत व्यवस्थापन गरिने उहाँको भनाइ थियो ।

 

 

 

त्यस्तै, २९३ नगरपालिकामध्ये हालसम्म ठूलो लगानी नभएका नगरपालिकामा मुख्य पूर्वाधारको एकीकृत विकास गर्न ‘मध्यम सहरी विकास कार्यक्रम’ सञ्चालन गरिने जनाइएको छ । क्त कार्यक्रमका लागि करिब रु १०० अर्ब अतिरिक्त स्रोत आवश्यक पर्ने तथा पहिलो वर्षका लागि रु ११ अर्ब ८१ करोड आवश्यक पर्ने मन्त्रालयले जनाएको छ ।

 

 

कार्यक्रममा बागमती सभ्यता एकीकृत विकास समितिमार्फत बागमती र सहायक नदी किनारको भौतिक तथा प्राकृतिक वातावरण सुधार गर्ने योजना रहेको जानकारी दिइयो । काठमाडौँ उपत्यका विकास प्राधिकरणमार्फत सार्वजनिक जग्गा संरक्षण, सडक सुधार तथा धुलोमुक्त सहर निर्माणमा योगदान पु¥याउने कार्यक्रमसमेत अघि बढाइएको सचिव सिग्देलले बताउनुभयो ।

 

 

त्यसैगरी, सहरी विकास तथा भवन निर्माण विभाग मातहतका कार्यालय र सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत सञ्चालन भइरहेका पुनर्निर्माण कार्यक्रम आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।

 

 

 

आगामी आव २०८३÷८४ को बजेटमा राष्ट्रिय राजमार्गमा सुरक्षित यातायात सुनिश्चित गर्न सडक सुरक्षा तथा पहिरो नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ । सचिव सिग्देलले सडक सुरक्षाको दृष्टिकोणले राजमार्ग चौडाइ विस्तार कार्यक्रम प्रस्ताव गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सडक मर्मतसम्भारका लागि आवश्यक बजेट विनियोजन गरिएको छ भने राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने गरी बजेट प्रस्ताव गरिएको छ ।
सचिव सिग्देलले सडक विभागमार्फत राष्ट्रिय राजमार्ग तथा पुल निर्माणलाई प्राथमिकता दिइने बताउनुभयो । अन्य स्थानीय सडक तथा पुल निर्माणको कार्य भने स्थानीय पूर्वाधार विकास विभागमार्फत सञ्चालन गरिने प्रस्ताव गरिएको उहाँले उल्लेख गर्नुभयो ।

 

 

यसैगरी सचिव विश्वबाबु पुडासैनीले खानेपानी तथा सरसफाइ क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँका अनुसार विसं २०८७ सम्म सबै नागरिकलाई स्वच्छ खानेपानी तथा आधारभूत सरसफाइ सुविधा सुनिश्चित गर्ने लक्ष्यसहित सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी एकीकृत कार्यक्रम कार्यान्वयन गरिने तयारी छ । ठूला तथा अधुरा खानेपानी आयोजनालाई शीघ्र सम्पन्न गरिने, तराई–मधेश क्षेत्रमा आर्सेनिकमुक्त खानेपानी उपलब्ध गराउन डिप बोरिङ तथा सतही जल प्रणाली विकास गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

 

 

ढल व्यवस्थापन प्रणाली सुधार गरी नदी तथा नालाको स्वच्छता कायम गरिने तथा खानेपानीको गुणस्तरप्रति सार्वजनिक विश्वास बढाउन पानी परीक्षण प्रयोगशाला स्थापना र नियमित परीक्षण प्रणाली विकास गरिने जनाइएको छ ।त्यसैगरी, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका लागि भूमिगत जल पुनर्भरण, वर्षाको पानी सङ्कलन, जलाशयमा आधारित आयोजना तथा पानीका मुहान संरक्षणलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ । ‘हिमालयन ओरिजिन सर्टिफाइड वाटर’ अवधारणामार्फत नेपाली पानीको ब्रान्डिङ गरिने सरकारको योजना छ ।

 

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव (जलस्रोत) सरिता दवाडीले नेपाललाई ऊर्जा निर्यात केन्द्रका रूपमा विकास गर्ने वर्तमान सरकारको लक्ष्य रहेको बताउनुभएको छ । उहाँले ऊर्जा विकास मार्गचित्र, २०८१ अनुसार आगामी १० वर्षभित्र ३५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको जानकारी दिनुभयो । उक्त लक्ष्य हासिल गर्न प्रसारण लाइन निर्माण तथा विस्तारमा विशेष जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

 

 

सचिव दवाडीले नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचनासम्बन्धी स्पष्ट रोडम्याप तयार गर्नुपर्ने आवश्यकता औँल्याउँदै विद्युत् विधेयक तर्जुमा गरिनुपर्ने बताउनुभयो । उहाँले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकसमेत शीघ्र स्वीकृत गरिनुपर्नेमा जोड दिनुभयो ।

 

 

उहाँका अनुसार २०० मेगावाटभन्दा माथिका ठूला आयोजनामा लगानी बोर्ड, विद्युत् नियमन आयोग र विद्युत् उत्पादन कम्पनी लिमिटेडबीच कार्यक्षेत्र तथा अधिकारको स्पष्ट विभाजन आवश्यक रहेको छ । हाल ती निकायबीचको भूमिका र स्वायत्ततासम्बन्धी विषय स्पष्ट नभएको उहाँले उल्लेख गर्नुभयो ।

 

 

सचिव दवाडीले मध्यमकालीन खर्च संरचना (एमटीईएफ) को अधीनमा रही रु २० करोडभन्दा कम लागत अनुमान भएका परामर्श सेवाको बहुवर्षीय खरिद स्वीकृति लेखा उत्तरदायी अधिकृतबाट स्वीकृत हुने व्यवस्था मिलाइनुपर्ने सुझावसमेत दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९