२४ घण्टा नबित्दै कैलाली सिडियोको एक्सन : बौनियाँमा छापा, १ सय ६६ लिटर पेट्रोल जफत 

पेट्रोल पम्पमा तेल छैन बजारमा छ्याप छ्याप्ती : अवैध कारोबार भए कारबाही गर्छौं : सीडीयो कटेल

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीको टोलीले शनिबार बौनिया बजारको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलको निर्देशनमा बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमलराज उपाध्यायसहितको टोलीले बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा अवैध रूपले खुला रूपमा बिक्रीवितरण गर्न राखिएका पेट्रोल भेटिएपछि नियन्त्रणमा लिइएको छ ।

 

ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक पुष्करसिंह ऐरी र ईलाका प्रहरी कार्यालय प्रहरी वरिष्ठ नायब निरीक्षक राजु शाहसहितको टोलीले अनुगमन गरेको थियो । अनुगमनपछि बौनिया र मुडा बजारका विभिन्न पसलमा खुला रूपमा बिक्रीवितरण गर्न राखिएका १ सय ६६ लिटर पेट्रोलका बोतल र जर्किन नियन्त्रणमा लिएको छ । सोही क्रममा प्रहरीले स्थानीय व्यावसायीलाई बोलाएर ईलाका प्रहरी कार्यालय बौनियामा छलफलसमेत गरेको छ । छलफलपछि व्यापारीलाई खुला रूपले पेट्रोल बिक्रीवितरण नगर्न प्रहरीले सुझावसमेत दिएको हो । स्थानीय बजारमा व्यावसायीले पेट्रोल पम्पमा पेट्रोलको नियमित आपूर्ति नहुँदा स्थानीयको मागअनुसार पेट्रोल बिक्रीवितरण गर्न बाध्य भएको गुनासो गरेका थिए । उनीहरुले महिनौंसम्म पेट्रोल अभाव हुँदा सेवाग्राही मारमा परेको भन्दै महिनौंदिन सञ्चालन हुन नसकेका बन्द पेट्रोल पम्पमाथि पनि प्रशासनले निगरानी बढाउनुपर्ने बताए । उनीहरुले सुशासनका लागि सहयोग गर्न आफूहरु प्रतिबद्ध रहेकोे बताउँदै हरेक क्षेत्रमा भएका विकृति निरुत्साहित गर्न सबैले खबरदारी गर्न आवश्यक रहेकोे बताए ।

 

अवैध कारोबार भए कारबाही गर्छौं : सीडीयो कटेल

 

कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले कानुनको उलंघन गरि अवैध कारोबार गर्ने व्यापारीमाथि कारबाही गरिने बताए । राज्य तथा सरकारी निकायको ऐनकानुनको पालना गर्नु सबै नागरिकको दायित्व भएको बताउँदै उनले अटेरी गर्नेमाथि कारोबारको प्रकृतिअनुसार सजाय हुने बताए ।

 

हामीले पहिलोपटक सर्वसाधारण नागरिकलाई सूचना दिएका हुन्छौं । उहाँहरुलाई सचेत र सतर्कता अपनाउन आग्रह गर्छौं । सूचनाको पालना गर्नु सबैको दायित्व तथा कर्तव्य पनि हो तर, यसलाई उलंघन गर्ने गरि मनोमानी कारोबार गरेको आधार प्रमाण पुष्ठि हुन आएमा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढ्छ । हामीले स्थलगत रूपमा अनुसन्धान अधिकृतलाई अनुसन्धान गर्न खटाउँछौ । उहाँहरुले गरेको स्थलगत अध्ययन, अनुसन्धान, यस्तो कारोबारमा संलग्नको बयान, बकपत्र र प्रमाणका आधारमा उहाँलाई सचेत गराउने, दण्ड, सजाय गर्ने र गम्भीर प्रकारको त्रुटि देखिए प्रचलित ऐनकानुन नै आकर्षित हुने अवस्था रहन्छ उनले वैज्ञानिक मिडियासँग भने ।

 

 

आधिकारिक डिलरमा नै पेट्रोलको हाहाकार :

 

कैलालीका विभिन्न पेट्रोल पम्पमा पछिल्लो समययता पटकपटक पेट्रोलको अभाव देखिन थालेको छ । इन्धनको माग तथा खपतअनुसार पर्याप्त मात्रामा ढुवानी नहुँदा बिक्रीवितरणका लागि खोलिएका आधिकारिक डिलरहरुले महिनौंदिनसम्म पेट्रोल पम्पमा पेट्रोल पाइदैन । यी पेट्रोल पम्पमा नियमित पेट्रोल आपूर्ति नगर्दा हाहाकार देखिएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बौनिया, चुहा, लम्की, सुखडका आधिकारिक पेट्रोल डिलरमा महिनौंदिनसम्म पेट्रोल पम्प बन्द छन् ।

 

तर, उनीहरुको खुला रूपमा जर्किन र बोतल डिजेल र पेट्रोल बिक्रीवितरण गर्दा सर्वसाधारण नागरिक समस्यामा छन् भने अवैध कालोबजार बढ्दै जाँदा प्रशासन समेत मुखदर्शक बनेको छन् ।

 

जिल्ला प्रशासन कार्यालय कैलालीले यसअघि अवैध रूपमा अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थको खुला बिक्रीवितरण नगर्न अनुरोध गरेको थियो । खुला रूपले पेट्रोलको बिक्रीवितरण, असुरक्षित ओसारपसार, घर तथा पसलमा भण्डार गर्दा आगलागी हुने र मानवीय तथा भौतिक क्षतिका अप्रत्याशित घटनाहरु बढ्दै जाने भन्दै सुरक्षा सतर्कता अपनाउन अवैध पेट्रोलियम पदार्थको बिक्रीवितरण रोक लगाएको थियो ।

 

तरपनि, नियन्त्रण हुन नसकेपछि शनिबार छड्के बजार अनुगमन गरेको छ ।

यता, बौनिया बजारमा पेट्रोल बिक्रीवितरण गर्दै आएको रोयल पेट्रोलियम प्रालिका धनबहादुर मल्लले रुपैयाँको अभावले बजार मागअनुसार नियमित पेट्रोल खरिदबिक्रीमा समस्या भइरहेकोे बताए । उनले विगत ४-५ महिनायता इन्धनको सहज आपूर्ति गर्न नसकिएको स्वीकार गरे । यहाँका पेट्रोल पम्पमा ८ हजारदेखि १२ हजार लिटरसम्मको पेट्रोल भण्डारण क्षमता भएको उनको भनाइ छ ।

 

यस्तै, लम्कीचुहा नगरपालिकाको पिपरौवास्थित जय बागेश्वरी आयल स्टोर पेट्रोल पम्पमा पनि नियमित पेट्रोलियम पदार्थको आपूर्ति हुन सकेको छैन । यसबारे शुक्रबार स्थलगत रिपोर्ट प्रशारण गरिएको थियो ।

 

केही दिनदेखि जिल्लाका मुख्य बजार तथा ग्रामीण क्षेत्रका विभिन्न पसलमा पेट्रोलियम पदार्थको अभाव भएको परिस्थितिमा व्यवसायीहरुले पेट्रोलसमेत राखी बढी मूल्यमा प्रतिलिटर एक सय ८० देखि २ सय २० रुपैयाँ सम्म बिक्रीवितरण गरिरहेको जनगुनासो आएको थियो ।

 

पेट्रोल पम्पमा तेल छैन बजारमा छ्याप छ्याप्ती

 

पछिल्लो समयमा कैलालीका पेट्रोल पम्पमा पेट्रोल पाइदैन तर, स्थानीय बजारमा भने छ्याप-छ्याप्ती पाइन्छ। बढी मूल्य लिएर अवैध रुपमा पेट्रोल तथा डिजेल बिक्री हुँदै आएको छ। पेट्रोल पम्प बाहेक पसलहरुमा ड्रम तथा बोतलमा राखेर पेट्रोल र डिजेल बिक्री हुँदै आएको हो ।

 

तराईका विभिन्न स्थानबाट ड्रममा डिजेल तथा पेट्रोल ल्याएर खुला रुपमा बढी मूल्यमा बिक्री हुँदै आएको स्थानीयको जनगुनासो छ । पेट्रोलियम पदार्थको खुला रुपमा बिक्रीवितरण भइरहेको भए पनि नियमन गर्ने निकायले ध्यान नदिएको गुनासो बढ्दै गएको छ। जिल्लामा नियम विपरीत व्यापारीले अवैध रुपमा डिजेल र पेट्रोलको कारोबार गर्दै आइरहेका छन् ।

 

कैलालीको लम्कीचुहास्थित जय बागेश्वरी आयल स्टोरमा खुल्यमखुला बोतल र जर्किनमा बिक्रीवितरण हुँदै गरेको भिडियो सामाग्री वैज्ञानिक मिडियाले प्रत्यक्ष प्रशारण गरेको थियो । जय बागेश्वरीले यसअघि पटकपटक अवैध रूपमा डिजेलपेट्रोलको पदार्थको कारोबार गर्दै आएको छ । जिल्लास्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत बौनिया, सुखड, लम्कीलगायतका बजार तथा पेट्रोल पम्पमा व्यापारीले खुला रूपमा पेट्रोलियम पदार्थको बिक्रीवितरण गर्दै आएको स्थानीयलेसमेत बताएका छन् ।

 

पेट्रोल पम्प बाहिर पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्दै आएका व्यापारीहरुले फरकफरक मूल्यमा मनोमानी बिक्री गर्दा कतिपय यातायात व्यवसायीले गाडी भाडा समेत मनोमानी हिसाबले लिने गरेका छन् । पेट्रोल पम्पमा कहिले पनि पेट्रोल नपाउँदा बाहिरबाट किनेर हाल्नुपर्ने बाध्यता रहेको यहाँका धेरै स्थानीयको जनगुनासो छ ।

 

सुरक्षा संवेदनशीलतामा चुनौती :

 

अवैध पेट्रोलियम पदार्थको बिक्रीवितरणले सुरक्षा संवेदनशीलतामा चुनौती थपिएको छ । पछिल्लो समय देशका विभिन्न क्षेत्रमा अप्रत्याशित घटनाले नियन्त्रणमा प्रशासनिक चुनौतीसमेत बढेको हो । गत २०७९ माघ ११ गते संघीय संसद् भवनअगाडि दिउँसो आफैंलाई आगो लगाएर गम्भीर घाइते भएका प्रेमप्रसाद आचार्यको मृत्यु भएको थियो । यस्तै, २०७९ मंसिर १८ मा बुद्धनगरकी पुष्पा न्यौपानेले पनि आफैंलाई पेट्रोल छर्किएर आत्मदाह गरेकी थिइन् ।

 

गत जेठ ५ गते रामेछापको मन्थलीमा आफ्नै शरीरमा पेट्रोल छर्केर एक महिलाले आत्मादाहको प्रयास गरिन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका-९ स्थित मच्छेगाउँमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते भएकी ३६ वर्षीय शान्ति श्रेष्ठको उपचारका क्रममा मृत्यु भयो ।

यस्तै, गत २०७९ माघ १८ गते बागलुङ नगरपालिका-८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले आफैलाई जलाउने प्रयास गरेका थिए । उनलाई घाइते अवस्थामा नै उद्दार गरि धौलागिरी अस्पतालपछि सामान्य उपचारपछि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाईएको थियो ।

मोरङको विराटनगरमा गत २०८० बैशाख १४ गते ६५ वर्षीय एक वृद्धले पेट्रोल छर्केर आत्मादाहको प्रयास गरे । लेटाङ-७ का गोविन्दप्रसाद नेपालले आफ्नै शरीर जलाएका हुन् । उनले घरायसी सामान्य मनमुटावले विवाद हुँदा शरीरमा आगो लगाएको प्रहरी अनुसन्धानबाट खुलेको हो । यी हुन् केही प्रतिनिधिमूलक घटना । पछिल्लो समयमा विभिन्न विवाद, मनमुटाव तथा मानसिक तनावले अप्रत्याशित घटना बढ्दै गएका छन् । यस्ता घटना बढिरहेका बेला प्रहरी र जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किनलगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण गराएको थियो । तरपनि यसको अवैध कारोबार पूर्णरूपले नियन्त्रणमा आउन सकेको छैन ।

Exif_JPEG_420

Exif_JPEG_420

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९