गोदावरी कृषि विकास सहकारीको पहलमा सरसफाईमा जुर्रमुरायो ओलानी

धनगढी । गोदावरी नगरपालिकालाई नै चकित पार्नेगरी गोदावरी कृषि विकास सहकारी संस्थाले सडक सरसफाई गरेर आफ्नो १२ औं स्थापना दिवस भब्यरुपमा मनाएको छ । जनश्रमदान गरेर कैलालीको चौकिडाँडा–फल्टुडे जोड्ने सडकमा झाडी सरसफाई गरेर शनिबार सहकारीले आफ्नो १२ औं स्थापना दिवस मनाएको हो ।

 

शनिबार एकाबिहानै घरघरबाट सहकारीका सदस्यहरु चिटिक्क परेर हातमा हँसिया, कोदालो बोकेर सडक सरसफाईमा निस्कदाको दृश्य निकै रोचक र आकर्षक देखिन्थ्यो । सहकारीका सदस्य ठाउँठाउँबाट सरसफाईमा निस्कन थालेछि सहकारीमा आवद्ध नभएका गाउँलेहरु पनि उनीहरुसंगै मिसिएर सडक सरसफाईमा सहभागी भएका थिए । सरसफाई कार्यक्रममा करिब ७ सय जनाको सहभागिता रहेको थियो ।

 

चुरे पहाडको फेदमा रहेको ओलानी बस्तीले पहाडको झल्को दिनेगर्छ । पूर्वबाट सूर्यका किरणहरु बस्तीमा पर्दै गरेका बखत आफ्नो गाउँको सडक सफागर्न स्वतस्फूत घरबाट निस्कदाको परिवेशले थप सुन्दरता थपिएको थियो । सबैको अनुहारमा देखिएको चमकले गाउँको मुहार नै फेर्न अग्रसर भएको आभास सजिलै गर्न सकिन्थ्यो ।

 

रोचकत के थियो भने खुसीले गद्गद् भएर सडक सरफाईमा निस्केकाहरुले सहकारीका अध्यक्ष कृष्ण बिकको कामको एकआपसमा चर्चागर्दै आईरहका थिए । पूरै गाउँलाई एकठाउँमा संगठित गरेर गोदावरी नगरपालिकालाई नै अचम्म पार्नेगरी सहकारीको स्थापना दिवस मनाएकोमा सबैले अध्यक्ष बिकको दिल खोलेर प्रशंसा गरेका थिए ।

 

कैलालीको चौकिडाँडा–फल्टुडे जोड्ने सडकमा पहाडतिरबाट झाडी सफाइ गर्दै कोलमुडा र हलौडेको समुह कोलमुडाको बसपार्कबाट तल्लो पिपल चौतारासम्म पुगेको थियो । रेगुलेटरदेखि चाक्ले खोलासम्म तराईतिरको समुह सरसफाई गर्दै अगाडी बढेको थियो । सहकारीको २९ वटा समुह सरसफाईको नेतृत्व गर्दै सडक सरफाईमा जुटेका थिए ।

 

वर्षौदेखिको ओलानीका जनताको जीवनसंग जोडिएको सडक कालोपत्रे हुने आशा निराशामा परिणत भएको छ । सडक कालोपत्रे नहुँदा अहिलेपनि ओलानीवासीले निकै सास्ती भोग्नु परेको छ । बर्सातको समयमा सडक किनारामा उम्रिएको झाडीले सडक ढाकिएर सडक नराम्रो देखिएपछि गोदावरी नगरपालिका – ११ ओलानीमै रहेको गोदावरी कृषि विकास सहकारी संस्थाले सडक सरसफाई गरेको सहकारीका अध्यक्ष कृष्ण बिकले बताए ।

 

आर्थिक विकास संगै सामाजिक र मानविय विकासमा जोडदिदै आएका बिक समाज परिवर्तनका लागि सामाजिक र मानविय विकास अनिवार्य हुनुपर्ने बताउँछन् । सडक सरसफाईको काम सकिएपछि सबैजना गौडीमा भेला भएका थिए । अध्यक्ष बिकले सरसफाइमा साथदिने सबैलाई सम्बोधन गर्दै धन्यवाद व्यक्त गरेका थिए । उनले भने –“आजको जनश्रमदानले हामी हाम्रो गाउँको मुहार फेर्न सक्छौ र परिवर्तनका पक्षमा अभिन सक्छौ भन्ने प्रमाणित गरेको छ ।” सरसफाईमा देखिएको जनसहभागिताले थप सामाजिक काम गर्ने उत्साह जागेको भन्दै ओलानीले एकता र सामाजिक सद्भावको सन्देश दिएको बिकले बताए ।

 

मानविय विकासका कामलाई निरन्तरता दिन आवश्यक रहेको भन्दै सरसफाई अभियानलाई निरन्तरता दिदै सामाजिक विकासका कामपनि सहकारीले गर्ने उनले बताए । “सहकारीको वार्षिक कार्यविधिमा स्थापना दिवस सामाजिक विकासका काम गरेर मनाउने घोषणा गरेका थियौ” बिकले भने ‘अझै पनि धेरै ठाउँमा सरसफाइ गर्न बाँकी रहेकोले नियमित रुपमा सरसफाइ गरिने छ ।’

 

 

उनले सहकारीको स्थापना दिवस ४ दिनसम्म विभिन्न सामाजिक काम गरेर मनाउने बताए । ‘स्थापना दिवसको पहिलो दिन हामीले सरसफाइ गरेका छौ । दोस्रो दिन घरघरमा वृक्षारोपण गर्ने छौ’ उनले भने ‘तेस्रो दिन सहकारीमा आवद्ध सेयर सदस्यका परिवारमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई सम्मान गरी चौथो दिन सहकारीको साधारणसभा गरी अभियान समापन गरिने छ ।’

 

सरसफाई गर्न समुहको नेतृत्व गरेर आएकी शान्ती समुहकी अध्यक्ष मिना बिकले परक विचार राख्दै समाज र जनताका पीरमर्का बुझेकाहरुले स्थानीय सरकारको नेतृत्व गर्नुपर्ने धारणा राखन् ि। गैरसरकारी संस्थामा लामो समय काम गरी हाल शिक्षक समेत रहेका सहकारीका अध्यक्ष कृष्ण बिकको अगुवाईमा सरसफाईमा उर्लिएको जनलहर देख्दा आफू अचम्ममा परेको बताईन् । सबैको मन जितेका बिक वडा सरकारको नेतृत्व गर्न अगाडी सरे पूरै वडानै उनको पक्षमा एकढिक्का भएर उभिने अवस्था रहेको उनले दाबी गरिन् । जनतालाई गाउँको विकास गर्ने योग्य र क्षमतावान व्यक्ति चाहिएको छ । सबैले स्वीकार्ने व्यक्तिका रुपमा यतिबेला कृष्ण बिक अगाडी देखिएकाछन् । राष्ट्रिय डोजो कराते खेलाडी आनन्द बिकपनि सरसफाई कार्यक्रममा सहभागी भएका थिए । ओलानी डोजो कराते खेलाडीको नेतृत्व गरेर सरसफाईमा सहभागी भएका सन्तोष बिकले आफ्नो गाउँको सरसफाई गर्न पाउँदा खुसी लागेको बताए । सहकारीका सदस्य डिल्ली बिकले गोदावरीमै अहिले सम्मकै ऐतिहासिक सरसफाई अभियान संचालन भएको बताए । सहकारीका सक्षम नेतृत्व गरेका अध्यक्ष कृष्ण बिकले बिल्कुलै फरक तरिकाले समाज र सहकारीको हितहुने गरी कामगर्दै आएको भन्दै अध्यक्ष बिकको कामको उनले प्रशंसा गरे ।सहकारीका व्यवस्थापक गणेश बिकले सहकारीमा आवद्ध सदस्यहरु जिविकोपार्जनको लागि आयआर्जनका काममा अग्रसर हुँदै आएको बताए । जमिन बाँझो नराख्ने गरी सहकारीले कृषितर्फ आकर्षण हुने कार्यक्रम समेत संचालन गरेको छ । प्रतिव्यक्तिलाई १४ सय रुपैयाको ९ प्रकारको बेमौसमी तरकारीको बिउँ वितरण गरिएको छ । उनले भने –“ सहकारीका सदस्यको आर्थिक अवस्थामा सुधार ल्याउनकै लागि गतसाल २० वटा उन्नत जातको बाख्रा वितरण गरेका थियौ । साथै प्लाष्टिक टर्नेल तथा थोपा सिचाई कार्यक्रम संचालन गरी मौसमी तथा बेमौसी तरकारी खेती गर्नमा सहकारीले सहयोग गरेको थियो ।” मुर्राजातका ५ वटा दुधदिने ९ वटा ब्याउने र एउटा राँगो समेत वितरण गरिएको बिकले बताए । ४ वर्षदेखि सहकारीमा आवद्ध दुर्गा देवी बिकले सहकारीबाट बीउ खरिद गरेर गोलभेडा खेती गरेको बताइन् । उनले खेती गर्न सिकाउन सहकारीबाट कृषि प्राविधिक पनि घरमै आउने भएकाले तरकारी खेती गर्न सहज भएको बताइन् । मासिक २ सय सहकारीमा बचत गर्दै आएकी बिकले आवश्यक परेका बेला सहकारीबाट ऋण पनि लिने गरेको बताइन् । सहकारीकी सदस्य सुनीता देवी कोलीले सहकारीबाट अनुदानमा पाएको मुर्रा भैँसीको दैनिक डेरीमा दूध बिक्री गर्ने गरेको बताइन् । सहकारीले गर्दै आएको राम्रा कामको उनले प्रशंसा पनि गरेकीछन् । २०६७ सालमा ७ सय ४१ जना दलित समुदायबाट १५ रुपैयाबाट बचत सुरु गरिएको संस्थापक अध्यक्ष टेक बिकले बताए । । दलित विकास सेवा केन्द्र नामको संस्था स्थापना गरी सामाजिक कामको सुरुवात गरेपनि २०६९ सालमा गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेड दर्ता गरी निरन्तर सहकारीले सामाजिक विकासका काम गर्दै आएको निवर्तमान वडा अध्यक्ष शिव बिकले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रचार ठूलो, प्रमाण कमजोर? दीपक भट्ट प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागमै अन्योल

काठमाडौं — उच्च राजनीतिक पहुँच, शेयर बजारमा प्रभाव तथा बैंकिङ–बीमा क्षेत्रसँगको सम्बन्धका कारण चर्चामा रहेका व्यवसायी दीपक भट्टविरुद्ध अघि बढाइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान अहिले नै प्रश्नको घेरामा पर्न थालेको छ। प्रारम्भिक चरणमा व्यापक प्रचारसहित अघि बढाइएको अनुसन्धान प्रमाण संकलनकै चरणमा कमजोर देखिन थालेपछि विभागभित्रै...

प्रचार ठूलो, प्रमाण कमजोर? दीपक भट्ट प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागमै अन्योल

काठमाडौं — उच्च राजनीतिक पहुँच, शेयर बजारमा प्रभाव तथा बैंकिङ–बीमा क्षेत्रसँगको सम्बन्धका कारण चर्चामा रहेका व्यवसायी दीपक भट्टविरुद्ध अघि बढाइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान अहिले नै प्रश्नको घेरामा पर्न थालेको छ। प्रारम्भिक चरणमा व्यापक प्रचारसहित अघि बढाइएको अनुसन्धान प्रमाण संकलनकै चरणमा कमजोर देखिन थालेपछि विभागभित्रै...

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ,   स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु चार हजार ५०० र चाँदी रु ३३० ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

प्रचार ठूलो, प्रमाण कमजोर? दीपक भट्ट प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागमै अन्योल

काठमाडौं — उच्च राजनीतिक पहुँच, शेयर बजारमा प्रभाव तथा बैंकिङ–बीमा क्षेत्रसँगको सम्बन्धका कारण चर्चामा रहेका व्यवसायी दीपक भट्टविरुद्ध अघि बढाइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान अहिले नै प्रश्नको घेरामा पर्न थालेको छ। प्रारम्भिक चरणमा व्यापक प्रचारसहित अघि बढाइएको अनुसन्धान प्रमाण संकलनकै चरणमा कमजोर देखिन थालेपछि विभागभित्रै...

किरणराज ढुङ्गाना र मिना जैशीद्वारा विवाहको अवसरमा १० लाखको बीमा योजना खरिद

कैलाली । पछिल्लो समय जन्मोत्सव, विवाह, वर्षगाँठ तथा अन्नप्राशनजस्ता विशेष अवसरहरूमा तडकभडकपूर्ण खर्च गर्ने प्रवृत्तिभन्दा भविष्य सुरक्षित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने संस्कार समाजमा विस्तारै बढ्दै गएको छ। यसले बचत गर्ने बानी, आर्थिक अनुशासन तथा सकारात्मक सोचको विकासमा महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरू बताउँछन्।     यसैक्रममा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

युवा समाजसेवी खेम जोशी लागू औषध दुर्व्यसन रोक्न मैदानमा, युवालाई ४३ हजार बराबरको खेल सामग्री वितरण

कैलाली — पछिल्लो समय ग्रामीण क्षेत्रमा युवा तथा बालबालिका लागू औषध दुर्व्यसन, कुलत तथा मोबाइलको अत्यधिक प्रयोगतर्फ आकर्षित भइरहेका बेला कैलालीका युवा समाजसेवी खेम जोशीले खेलकुदमार्फत समाज परिवर्तनको अभियान सुरु गरेका छन्।   बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ तथा जोशीपुर गाउँपालिका वडा नम्बर ६ र ७...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

अमेरिकाविरुद्ध भुर्तेलद्वारा शतक प्रहार

कीर्तिपुर (काठमाडौँ),  नेपाली ओपनिङ ब्याटर कुशल भुर्तेलले शतकीय पारि खेलेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज भइरहेको आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु शृङ्खलामा उनले अमेरिकाविरुद्ध शतक प्रहार गरेका हुन । उनले अमेरिकी बलर मोहम्मद मोहशिनको बलमा एक रन लिँदै शतक पूरा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९