‘लैंगिक समानता नीति बनाउनुपर्नेमा जोड’

धनगढी । लैंगिक समानता प्रदेश नीति बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएकाछन् । सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहिबार धनगढीमा भएको प्रदेश स्तरीय लैंगिक समानता, महिला सशक्तिकरण, लैंगिक हिंसा रोकथाम तथा सम्बोधन नीति सम्बन्धी भएको कार्यशाला गोष्ठीका सरोकारवालाले सुदूरपश्चिम प्रदेशमा लैंगिक समानता प्रदेश नीति बनाउनुपर्नेमा जोड दिएकाहुन् ।

 

लैंगिक हिंसाको समस्या बढ्दै गएकोबेला लैंगिक हिंसा न्यूनीकरण गर्न नीतिको आवश्यक्ता जरुरी देखिन्छ । जबसम्म स्पष्ट नीति बन्दैन तबसम्म लैंगिक हिंसालाई सम्बोध गर्न नसकिने गोष्ठीका सहभागीहरुले बताएका थिए । लैंगिक हिंसालाई सम्बोधन गर्न तत्काल प्रदेश सरकारले लैंगिक समानता नीति बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

 

सामाजिक विकास मन्त्रालयका सहसचिव गणेशबहादुर सिंहको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीको सुदूरपश्चिम प्रदेश उपसभामुख कोइलीदेवी चौधरी प्रमुख अतिथि रहेकी थिईन । गोष्ठीलाई सम्बोधन गर्दैै चौधरीले छाउपडी देउताले नमान्ने होइन मान्छेले नमान्ने हो भन्दै लैंगिक हिंसाको बाधकतत्व छाउपडीका विरुद्ध सबैले बोल्नुपर्ने बताइन् ।

 

 

सुदूरपश्चिम प्रदेशसभा सदस्य एवम् विशिष्ट अतिथि लक्ष्मी बिकले महिला भएकै कारण यो समाजले महिलामाथि लैंगिक हिंसा गर्दै आएको बताइन् । सुदूरपश्चिम क्याबिनेटमा एकजना महिलापनि मन्त्री नहुनु दुखत भएको बताउदै सोच चिन्तनर र मानसिकतामा परिवर्तन नआएसम्म समाज परिवर्तन नहुने बिकले बताइन् । बालविवाह, लैंगिक तथा घरेलुहिंसा र जातीय छुवाछुतका कारण सुदूरपश्चिम पछाडी परेको उनले बताइन् ।

 

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपिएका काठमाडौं प्रतिनिधि कमला बिष्टले अनुगमन र मूल्यांकनको आधारमा लैंगिक हिंसा सम्बन्धी प्रभावकारी कार्यक्रम संतालन गर्न सकिने बताईन् । महिलाहरको आर्थिक सशक्तिकरण नभएसम्म लैंगिक हिंसाको अन्त्य नहुने बताउदै आर्थिक सशक्तिकरणमा जोडदिने कार्यक्रम संचालन गर्न लागेको उनले बताइन् । भिएसओका कार्यक्रम प्रमुख शीखा श्रेष्ठले लक्षित समुदायलाई नै जोडदिएर लैंगिक हिंसा रोकथामको लागि लैंगिक रुपान्तरण सम्बन्धी कार्यक्रम संचालन गर्दै आएको बताइन् ।

 

गोष्ठीका सहभागी समता मिडियाका अध्यक्ष मिलन परियारले विचार र कार्यक्रम परानै बोकेर समाज बदल्न नसकिने बताए । पुरानै मोडेलको कार्यक्रमले व्यक्तिको जीवन र समाज परिवर्तन नहुने भएकोले नयाँ सोचका साथ कार्यक्रम संचालन गर्नुपर्ने परियारले बताए । पीसविन नेपालका लालबहादुर ओलीले प्रदेश सरकारले लैंगिक समानता सम्बन्धी निती ल्याएर गौरवको योजनना कार्यक्रम संचालन गर्नुपर्ने बताए । राजनीतिक दबाबले लैंगिक हिंसा पीडितले न्याय नपाएकोले अनाआवश्यक राजनीतिक दबाब रोक्नुपर्ने उनले बताए । प्रदेश किशोरी संजाल संयोजक लक्ष्मी जोशीले लैंगिक व्यवहार परिवर्तन गर्न लैंगिक समानता प्रदेश नीति बनाएर कामगर्नु पर्ने बताईन् ।

 

गोष्ठीमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्र्तगत लैंगिक हिंसा निवारण शाखा प्रमुख ममता बिष्टले लैंगिक हिंसा अन्त्यका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिवद्धताहरु, नीति तथा कानुनी व्यवस्थाको बारेमा प्रस्तुती मार्फत सहजीकरण गरेकी थिईन् । सदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका जयन्ती गिरीले लैंगिक हिंसा र प्रतिकारको सम्बन्धमा सहजीकरण गरेकी थिइन् । बालविवाह अन्त्यको लागि कार्यनीति बनाई काम गर्नुपर्ने, दृर्घकालीन पर्नस्थापना केन्द्र निमार्ण र संचालन गर्नुपर्ने भन्दै बनेका कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने गिरीले बताएकी थिईन् ।

 

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपिएका सुदूरपश्मि प्रदेश पमुख कृष्ण भट्टराईले लैंगिक हिंसाको प्रादेशिक अवस्था तथा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको कामको बारेमा जानकारी गराएका थिए भने रोकथामतर्फ भएको कामको बारेमा भिएसओका रचना श्रेष्ठले जानकारी गरेकी थिइन् ।

 

मूख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका कानुन सचिव गंगाबहादुर खरेलले लैंगिक समानता र महिला सशक्तिकरण, लैंगिक हिंसा रोकथाम तथा सम्बोधन सबन्धमा नीतिगत तथा कानुनी अवस्था र आगामी कार्यदिशाको बारेमा सहजीकरण गरेका थिए । प्रादेशिक संरचनालाई लैंगिकमैत्री तथा समावेशी र लैंगिक तथा सामाजिक समावेशीकरण नीतिलाई अवलम्बन गरी काम गर्नुपर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९