तिहारको मुखमा कृत्रिम फूलमा वन्देज लगाएपछि साना व्यापारी पीडित

काठमाडौं, २० कार्तिक । तिहारको  मुखमा कृत्रिम फूलमा वन्देज लगाएपछि साना व्यापारी पीडित भएका छन् ।दुईतीन दशक अगाडिदेखि चलिआएको यस्ता फूलको बिक्री बितरणमा रोक लगाएपछि साना व्यापारीहरुले हारगुहार गर्न थालेका छन् ।

 

आफ्नो चलअचल सम्पत्ति बैंकमा धितो राखी बैंकलाई चरम ब्याज तथा शुल्क तिरी लिएको ऋणबाट आयात गरेको यस्ता सामानहरु बिक्रीबितरण गर्न सरकारले रोक लगाएपछि त्यसबाट बैकको ऋण र त्यसको ब्याज कसरी भुक्तान गर्ने हो ? भनेर

 

उनीहरु प्रश्न गर्न थालेका छन् । तिहारलगायतका बेलामा त्यसको बिकल्प नभएको सम्बन्धित ब्यवसायीहरुको दुखेसो छ । अतः राज्यस्तरबाट आम ब्यवसायीप्रति समान ब्यवहार होस् भनी यस ब्यवसायसँग सम्बन्धित सबै ब्यवसायीकोतर्फबाट सरकारसँग हार्दिक अनुरोध गरेका छन् ।

‘फूल आफैमा एउटा सुन्दर शब्द हो र यसको सजावटबाट हने आर्कषणबारेमा जानकार नभएको भने सायद कोही नहोला,’ एकजना साना व्यापारी पुजन ट्रेड्सका प्रोपाइटर प्रकाश खड्काले भने, ‘बर्तमान समयमा त यसको प्रयोग बिश्वभरका अन्तराष्ट्रिय बिमानस्थल, होटल, रेष्टुरेन्टलगायत ठूलाठूला सहर बजारहरु यस्ता फूलहरुबाट सजावट गरी आकर्षित गर्न होडबाजी नै भएको छ । यो कुरा जो कोहीले जहाँपाई त्यही यस्तो दृश्य देख्न सकिन्छ ।’

 

प्लाष्टिकबाट नभई कपडा तथा अन्य पदार्थबाट मित्र राष्ट्र चीनमा उत्पादन हुने यस्ता फूलहरु बिश्वका सबै देशहरुमा निर्बाध रुपमा बिक्री बितरण भैरहेको र पटकपटक सफा गर्दै लामो समयसम्म प्रयोग गर्न मिल्ने यस्ता कृत्रिम फूलहरु प्राकृतिक फूल भन्दा सयौ

 

गुणा सस्तो पर्ने अर्का साना व्यापारी केदार श्रेष्ठले बताए । यस्ता कृत्रिम फूलहरु नेपालको होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा निजी घरमासमेत यस्ता फूलहरुले सजावट गरेको सर्वबिदित भएको उनको भनाई छ ।

नेपालमा पनि देशभर हजारौ ब्यवसायीहरुले यस्ता फूलहरु ब्यवसाय गरी आफ्नै देशमा रोजगाशरको श्रृजना गरेको बताइन्छ । देशको नीति नियमभित्र रही आयत गर्न ब्यावसायीहरुले राज्यको नीति अनुसार राजश्व र ब्यवसायीहरुले राज्यलाई कर तिरेकै अवस्थामा यस्तो निर्णय हुनु दुखद् भएको अर्का व्यापारी धिरन शाहले बताए ।

 

राज्यलाई कही कतैबाट पनि अहित नहुने र बिश्वको कुनै पनि देशमा प्रतिबन्ध नभएको यस्ता फूलहरुलाई नेपालमा भने अपव्याख्या गरी यस्ता बस्तुहरुमा राज्यले किन र कसका लागि प्रतिबन्ध भएको भनी उनको प्रश्न छ । नेपाल सरकारसँग सम्वन्धित सरोकारवालाहरुले अनुसन्धान गरी यसको यर्थात रुप जनतासमक्ष ल्याउन जरुरी भएको उनको माग छ ।

बिश्वको कूनै पनि जनप्रेमी सरकारले प्रचलनमा आइरहेको कुनै पनि आयतित सामानहरु आफ्नो मुलु्कको लागि अहित हुने देखेमा त्यस्ता बस्तुको आयात तथा बिक्रीमा सम्बन्धित ब्यवसायीहरुलाई एउटा समय सिमा दिएर मात्र रोक लगाउने एउटा सम्मानित नियम नै हुन्छ, अर्का व्यापारी देभिद श्रेष्ठले भने, तर हाम्रो देशमा देशको नीतिनियमभित्र रही एल.सि.÷टि.टि. को

 

माध्यमबाट आयत भई राज्यलाई भंसार महसुल तिरी ल्याएको सामानहरु पूर्ण रुपमा बिक्रीबितरण र भण्डारणसम्म गर्न नपाउने यस्तो पासविक निर्णय किन र कसको लागि गरेको छ ? यसको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने यी बस्तुसँग सम्बधित ब्यवसायको माग रहेको उनी बताउँंछन् ।

सामान्य रुपमा प्लाष्टिको प्रयोग बिश्वको जुनसुकै मूलुकमा पनि हुन्छ । मानिसले खाने पानीका बोटल वा भान्छामा प्रयोग हुने प्लाष्टिक चम्चा होस, बच्चाहरुलाई दिइने खेलैना किन नहोस् वा हाम्रै दैनिक जीवनमा प्रयोग हुने अधिकांश बस्तुहरुमा प्लाष्टिको प्रयोग हुन्छ नै । यस्ता बस्तुहरु हाम्रो देशमा पनि निर्वाध रुपमा आयत भएकै छ्न । पूmल पनि त्यस्तो एउटा बस्तु हो, जुन

 

कपडाबाट बनेको हुन्छ र त्यसलाई बिभिन्न रुपमा आकार प्रकार दिन अन्य साहायक पर्दाथको प्रयोग गरिन्छ । तर नेपाल सरकारको केही बिभाग तथा मन्त्रालयले बास्तबिक कपडाले बनेको पूmललाई छाँयामा पारी त्यसलाई आकार प्रकार दिनको लागि प्रयोग हुने केही सामान्य पदार्थलाई चाहि बास्तविक बस्तु हो भनी अत्यन्त लज्जास्पद अपव्यख्या गरेको उनीहरुको आरोप छ ।

 

त्यस्ता बस्तुको ब्यवसाय बन्द गर्दा एकातिर राज्यलाई आउने राजश्व प्रभावित भएकै छ भने अर्काेतिर यस्ता ब्यवसायी रोजगारको लागि बिदेश पलायनको स्थीतिमा पुरयाइदिएको उनीहरुको भनाई छ । राज्य र ब्यवसायीे दुबैको लागि अहित हुने र

 

राज्यस्तरबाट यस्ता ब्यवसायप्रति कारवाही हुने भनी कार्तिक २ मा गृह मन्त्रालयको सहसचिवको सयोजकत्वमा गरेको बैठकको सूचना राज्यस्तरबाट नभई कसैको दवाबमा भएको उनीहरुको ठहर छ ।

चाडपर्वको मुखमा हुने अनुगमनको नाममा बजार आतंक गरी जरिवाना गर्ने, फलोरिकल्चर ब्यवसायसँग सम्वन्धित सबै ब्यवसायीहरुको मोबाइलमा सरकारी अनुगमन कहाँ र कहिले हुदै छ भन्ने फलोरिकल्चर एसोसिएसन नेपालले आफ्ना

 

ब्यवसायीहरुलाई म्यसेज गरी सर्तक गराउनु यो एउटा संयोग हो या त्यस्ता ब्यवसायी र बिभागको अप्रबृत्र गठबन्धन हो ? उनीहरुको सामूहिक भाबना छ, यसमा छानबिन हुन आवश्यक भएको महसुस गरेको छौ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९