सिरहामा वनकर्मीको सेटिङमा चुरे क्षेत्रमा व्यापक काठ तस्करी, काठसहित सःमिल सञ्चालक पक्राउ

 

सिरहा । चुरे क्षेत्रमा वन फडानी तथा तस्करीमा सिरहाका वनकर्मीको मिलोमतो रहेको पाइएको छ । यहाँको वन कर्मचारीसँग सेटिङ मिलाएर सःमिल संचालकहरू काठ तस्करी गरिरहेको पाइएको हो । सिरहा र उदयपुरको चुरे तथा समुदायिक वनबाट रुख फडानी गरी वनकर्मीको सेटिङमा चुरे फेदका सहर बन्दिपुर, उतरवाहिनी, बस्तिपुर, मिर्चैया, घुर्मिघाट, गोलबजार, कसहा, जिरोमाइल, धनगढी र लहानका सःमिलहरूमा पुर्‍याउने गरेको स्थानीय बताउँछन् ।

 

प्रहरी र वन कर्मचारीले ठूलो परीमाणमा काठसहित एक व्यवसायीलाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका ४ मा रहेको गौरव सःमिलबाट प्रतिबन्धित करम जातको तीन सय भन्दाबढी क्यूविक फिट गोलिया र चिरान काठसहित मिलका सञ्चालक श्याम साहलाई वन कर्मचारीले नियन्त्रणमा लिएको हो ।

 

मिलदेखि करिव ४ सय मिटर उत्तरबाट ईलाका प्रहरी कार्यालय गोलबजारको गस्ती टोलीले सानो ठूलोगरी १५ थान करिव एक सय क्यूविक फिट बराबर करम जातको काठ गोलिया लोड भएको ना. ३ त ९६१५ नम्बरको ट्याक्टर र चालक  गोलबजार २ का २५ वर्षिय दिपेन्द्र महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

विशेष सूचनाको आधारमा प्रहरीले काठ लोड गरिएको ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको काठसहितको ट्याक्टर र चालक डिभिज वन कार्यालय सिरहा लहानलाई बुझाइएको छ।सो काठ पनि गौरव सःमिलमै लैजान लागिएको बताइएको छ । प्रहरीले काठ नियन्त्रणमा लिएलगतै त्यहाँ पनि सञ्चलक साह पुगेका थिए ।

 

यता सव डिभिजन वन कार्यालयका चोहर्वाका प्रमुख सतनारायण यादवले सःमिल सञ्चालकसँग ४० हजार रकम लिएर काठ छोडेको सूचना बाहिरिएपछि डिभिजन वन कार्यालय लहानबाट आएको टोलीले चिरान र गोलियासहित २१० क्यूविक फिट काठ बरामद गरेको छ । वन कर्मचारीले सःमिलका सञ्चालक साहलाई पनि नियन्त्रणमा लिएको छ । साहलाई बुधबार नै जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको डिभिज वन कार्यालय सिरहा लहानका निमित्त प्रमुख सुजित कुमार मिश्रले जानकारी दिए ।

 

गए राती काठ सःमिलमा लगेको सूचना पाएपछि सञ्चारकर्मीले यसबारे वन कार्यालयमा सम्पर्क गरेसँगै यादवले रकम लिएर मिलाउने प्रयास गरेको कुरा सार्वजनिक भएको हो । वनकै एक कर्मचारीले खोजतलासको  क्रममा केही कर्मचारीको मिलेमत्तोमा काठ छोडेको सूचना दिएका थिए । काठ लालपुरको सामुदायिक वन र व्यक्तिको जमिनबाट कटान गरी ल्याएको बताइएको छ । करम जातको काठ मधेश प्रदेशमा कटान गर्न प्रतिबन्ध लगाइएको सब डिभिजन वन कार्यालयका कर्मचारी कासिन्द्र यादवले बताएको छ।

सिरहाका विभिन्न सःमिलहरूमा वन कर्मचारी र प्रहरीकै मिलेमत्तोमा अवैध रुपमा विभिन्न जातका काठहरू आउने गरेको बताइन्छ । डिभिजन वन कार्यालयको मौन समर्थनका कारण चुरे क्षेत्रमा खैर, कर्मा, साल लगायत काँचो रुखको फडानी व्यापक छ । यहाँ काठ तस्करी संगठित बन्नुमा वन कार्यालयको मौन समर्थन रहेको स्थानीय बताउँछन् । काठ तस्करहरूले अहिले पनि  सिरहाको सामुदायिक वन र चुरेक्षेत्रबाट काठ तस्करीलाई दिनानुदिन व्यापक बनाउँदै लगेका छन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९