बिहिबार, मंसिर १४, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

अमेरिकन प्रहरीले लखेटेको आप्रावासी चढेको कार अर्को कारसँग ठोक्कियो, ८ को मृत्यु

टेक्सास। अमेरिकाको टेक्सासमा दुईवटा कार एक आपसमा ठोक्किँदा ८ जनाको मृत्यु भएको छ । सो क्रममा सेतो होन्डा कारमा सवार व्यक्तिहरु पक्राउबाट बचिरहेका तस्करहरुसमेत थिए । सोही क्रममा अर्को कारसँग ठोक्किएर उनीहरुको मृत्यु भयो भने अर्को कारमा रहेका दम्पतीको पनि मृत्यु भयो ।

 

टेक्सासका प्रहरी अधिकारीहरूले सेतो होन्डा कारका चालकले कागजपत्र विहीन आप्रवासीहरू बोकेर हिडेको जानकारी दिएको छ । उनीहरु मेक्सिकोको सीमाबाट करिब ६० माइल (१०० किलोमिटर) सडकमा प्रहरीबाट भाग्दै थिए। सोही क्रममा ट्रकबाट बच्न खोज्दा अर्को कारसँग ठोक्किएर दुवै कारमा रहेका व्यक्तिको मृत्यु भएको हो ।

 

टेक्सासको सार्वजनिक सुरक्षा विभागका प्रवक्ताले एएफपीलाई बताए कि सातजना पीडितको घटनास्थलमै मृत्यु भयो भने आठौंको अस्पतालमा मृत्यु भएको थियो । प्रहरीका अनुसार सेतो होन्डा कारमा सवार अधिकांश आप्रवासी होन्डुरसका थिए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!