आइतवार, मंसिर २४, २०८०

राप्रपाका केन्द्रीय सदस्य पुन र महानगर अध्यक्ष आचार्य राप्रपा नेपालमा प्रवेश

पोखरा। राप्रपाका केन्द्रीय सदस्य जयलाल पुन र पोखरा महानगर अध्यक्ष महेश्वर आचार्य राप्रपा नेपालमा प्रवेश गरेका छन् । राप्रपा कास्कीका विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरु शुक्रबार आयाेजित कार्यक्रममा राप्रपा नेपाल प्रवेश गरेका हुन् ।

 

नवप्रवेशीहरुलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गर्दै राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनितिमा बैकल्पिक शक्तिको रुपमा  स्थापित गरेरै छाड्ने दृढता ब्यक्त गर्दै जनआन्दोलनको तयारीमा जुट्न सबैलाई आग्रह गरे । सो अवसरमा कांग्रेस कास्कका पूर्वकोषाध्यक्ष ऋषि सापकोटा, खेम बहादुर गुरुङ ,गुरुदत्त पहाडी , बिराज कार्की लगायत राप्रपा नेपाल प्रवेश गरेका थिए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!