बिहिबार, मंसिर १४, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

माफियाले नदी अधिकारको हनन गरेको भन्दै चुरे विज्ञहरुको चिन्ता

 

महाेतरी ।  नदीको अधिकारलाई माफियाहरुले उल्लंघन गरेको भन्दै चुरे विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन ।नदी तथा चुरे संरक्षण अभियन्ताहरुसगँ छलफलकाे क्रममा अवैध उत्तखनन मुख्य समस्याको रुपमा रहेको बिज्ञहरुले बताएका हुन । मधेशमा नदी उत्तखनन गर्ने संगठित गिरोहहरुको कारण अभियन्ताहरुले ज्यान समेत गुमाउनु परेको बताउदै भावी सन्ततिको रक्षाको लागी यस्ता विकृतिका विरुद्ध सवैजना एकजुट हुनुपर्ने उनीहरुको सुझाव रहेकाे छ । नेपाल पानी सदुपयोग फाउन्डेसनले महोत्तरीको बर्दिवासमा आयोजना गरेको उक्त कार्यक्रममा डा. बिष्णुमाया केसीले माफियाहरु कै कारण मधेशमा पानीको चरम समस्या सिर्जना हुँदै गएको धारणा राखेकी छिन् । उनका अनुसार पानीको भण्डार रहेको चुरेमा नै यसका स्रोतहरु दिनानुदिन सुक्दै गएको प्रती चिन्ता ब्यक्त गर्दै सरोकारवाला निकाय गम्भीर नबने थप बिकराल समस्याहरु सिर्जना हुनसक्नेतर्फ पनि विज्ञहरुले सचेत गराएका छन् ।बिज्ञहरुले महोत्तरीको रातु नदिको बिषयमा समेत चासो देखाएका थिए । सिंचाई र खानेपानीको लागी महत्वपूर्ण मानिएको रातु नदिमा पानी सुकेसगैँ समस्या सिर्जना बन्दै गएको उनीहरुले बताएका हुन् । लामो समय देखि चुरे तथा जलाधार संरक्षण क्षेत्रमा काम गर्दै आएका इन्जिनियर गणेश साहले नदि सभ्यताको क्षेत्रमा नया ढंगले काम गर्नु पर्ने बताएका छन् ।नदिका किनारहरुलाई बासका बिरुवा हुर्काएर उधम र आयआर्जनसगँ जोडन सकिने बताउदै नदी संरक्षणको लागी वृक्षारोपण महत्त्वपूर्ण भएको उनकाे भनाई छ । नदी बच्दा प्राणीहरु पनि बच्ने र मानव जीवनसगँ पानी महत्वपूर्ण रहेको उल्लेख गर्दै विज्ञहरुले सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने धारणा राखेका छन् ।कार्यक्रममा डा. चिरञ्जीवी भट्टराई, डा. जनार्दन लामिछाने, डा. धुर्ब प्रसाद गौचन, डा. सुबोध उपाध्याय, डा. बिष्णुमाया केसी लगायतका चुरे विज्ञहरुको उपस्थिति रहेको थियो ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!