
कैलाली। तिहार सकिए लगत्तै नेपाल भरका सरकारी कार्यालयहरू खुलेका छन्। आज शुक्रबार कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं १ वडा कार्यालयले आर्थिक बर्ष २०८०/०८१ को पहिलो चौमासिक अथवा १२३ दिनमा भएका सेवा प्रवाहका बारेमा सार्वजनिककिकरण गरेको छ । शुक्रबार वडा अध्यक्ष मिथुन गौतमले आर्थिक बर्ष २०८०र०८१ को पहिलो चौमासिकमा वडा बाट भएका सेवा प्रबाहका बारेमा पत्रकार समक्ष सार्बजनिक गर्नुभएको हो ।
वडा अध्यक्ष गौतमले वडा बाट भएका विभिन्न काम ,सेवाका बारेमा जनताले पनि थाहा पाउन भन्ने उद्देश्यले पहिलो चौमासिक (साउन १ गते देखि कार्तिक ३० गते सम्म) मा गरेका सेवा प्रबाहका बारेमा शुक्रबार जानकारी गराउनु भएको हो ।
वडा नम्बर १ ले पहिलो चौमासिकमा नागरिता सिफारिस ६८, घरबाटो सिफारिस ४३, चार किल्ला प्रमाणित ५४, नाता प्रमाणित ३८, संगोलर अंशियार प्रमाणित १६ , नागरिता प्रतिलिपी सिफारिस ५२, विद्युत जडान सिफारिस ८ घर परिवार , अङ्ग्रेजीमा सिफारिस १२७ र अन्य साधारण सिफारिस २६५ रहेको वडा अध्यक्ष गौतमले जानकारी गराएका थिए ।
यसै गरि वडा नम्बर १ ले एकीकृत सम्पत्ति कर तथा विविध नगदी तर्फ ५ लाख, ७९ ह्जार, १ सय ,५६ रुपैयाँ संकलन गरेको छ भने रोयल्टी तर्फ बैंकमा दाखिला गरेको रकम २ लाख, २१ ह्जार ५ सय रहेको छ ।
यसै गरि वडा नम्बर १ बाट सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ७ सय ८० जना रहेका छन । जसमा ५ सय ४ जना महिला र २ सय ७६ जना पुरुष छन ।
यसै गरि वडा बाट व्यक्तिगत घटना दर्ता गराउन आउनेको संख्या १ सय २६ रहेको छ । जसमा सम्बन्ध बिच्छेद ,जन्मदर्ता, ,बसाई सरि आउने र बसाई सरि जानेको संख्या समाबेश गरिएको छ ।