काठमाडौं। नेकपा एमाले निकट युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समुह बिचमा बल्खुमा भएको झडप सामान्य अवस्थातर्फ बढेको छ ।कालिमाटीवाट बल्खु पुगेका युवा संघको रयाली माथी प्रसाईं समुहले ढुंगामुढा गरे पछि स्थीति केहीबेर तनाबग्रस्त भएको थियो ।सो क्रममा केहीबेर दुबैतर्फबाट ढुंगामुढा भएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास जारी छ ।
घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...





















































































































































