रौतहटमा ऐतिहासिक गोल्मा राजारानीको दरबारका लागि थाइ राजाले पठाएका २.५ करोडको बुद्दको मुर्ति

मंसिर  । चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित ऐतिहासिक गोल्मा राजारानीको दरबार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ ।थाई सरकारले  सहयोमा गरेको दुई करोड रुपैयाँ को लागतमा यही मंसिर १६ गते वुद्व भगवानको मुर्ति राख्न लागिएको समजसेवी वीर बहादुर रखालले बताए ।

 

ऐतिहासिक गोल्मा राजारानीको दरबार क्षेत्रमा मुर्ति स्थापना हुन लागेकोमा स्थानीय जनता निकै उत्तसाहित भएको समाजसेवी रखालले बताए । पाँच सय बर्ष अघिको शेनबंशिय राजा गोल्मा राजा रानीको दरबार क्षेत्रमा रहेको टुँडिखेलमा थाई सरकारको सहयोगमा दुई करोड रुपैयाँ पर्ने साँढे ९ फिटको बैरी बिनाश भगवान् बुद्धको मूर्ति स्थापना गरिने भएको खबरले आफु निकै हर्षित भएको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय कुमार काप्लेले बताए ।

 

सो क्षेत्रलाई ध्यानकेन्द्रको रुपमा विकास गरिने भएको छ । पुरातात्त्विक महत्त्व बोकेको सो क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयको सहयोगमा गोल्माराजा बौद्ध बिहार जुटेको छ । सो क्षेत्रको विकासमा स्थानीयले श्रमदान गरी बाटो निर्माण गरिसकेका छन् भने जङ्गलको संरक्षण गर्दै विदेशमा रहेका नेपालीहरुले कुटीको निर्माण गरिदिएका छन् । सो क्षेत्रमा बेल र पारिजातका फूलहरु समेत रहेका छन्।

 

यहि मंसिर १६  गते बैरीबिनाश भगवान् बुद्धको मूर्ति स्थापना हुने भिक्षु मेधंकर स्थबिरले बताए । उनका अनुसार ऐतिहासिक, पुरातात्वीक र किम्बदन्ति महत्त्व रहेको सो क्षेत्रको पहिचान गर्ने मात्र हैन पर्यटकीय  धरोहरको रुपमा रहेको क्षेत्रको संरक्षणमा सबैको एकताको खाचो रहेको बताए । ऐतिहासिक रहेको गोल्माराजाको दरबारको इट्टा लगेर पौराई स्थित ब्रम्हस्थानमा रहेको इनारमा प्रयोग गरिएको छ भने ०११ सालतिर मानव बस्तिको बिस्तार सँगै अलपत्र रहेको सो दरबारको इट्टाको प्रयोग गरी स्थानीयले घर समेत निर्माण गरेको स्थानीयले बताएका छन् ।

 

भग्नावशेष रहेको दरबारको जीर्णोद्धारमा स्थानीयले जोड दिएका छ । तीनै तहको सरकारबाट ओझेलमा परेको सो क्षेत्रको संरक्षणमा भिक्षु मेधंकर स्थबिरले देखाएको चासोमा स्थानीयको भने सहयोग रहेको स्थानीय गोपाल घिमिरेले बताए । चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित गैरीगाँउबाट आधा घण्टाको उकालोमा दरबारको टुँडिखेल पुगिन्छ भने टुँडिखेलबाट १५ मिनेट ओरालो र उकालो चढेपछि गोल्मा राजारानीको दरबार रहेको स्थानमा पुगिने स्थानीय समीरबाबु कार्कीले बताए ।

 

दरबार क्षेत्रमा रहेको टुँडिखेलमा गोल्मा राजाको शैनिकले परेड खेल्ने स्थानीय बृढापाकाहरु बताउँछन्  । चन्द्रपुर वडा नम्बर १ का पुर्व अध्यक्ष बिरु रखाल मगरले दरवारको जीर्णोद्धार गरेर सङ्गग्राहलयको रुपमा विकास गर्न सकिने बताए । उनका अनुसार दरबारबाट स्थानीयले पुरानो गोल्कि पैसा, जाँतो, तरवार लगाएतका सामान स्थानीयसँग अझै सुरक्षित रहेको बताए । दरबार रहेको स्थानमा अझै त्यस बेलाको इट्टा, काटिएका ढुङ्गा रहेको छ ।

 

शेनबंशिय राजा गोल्मा राजा रानीको दरबारको जीर्णोद्धार र टुँडिखेल लाई समेत उपयोग गरेर पर्यटकीय क्षेत्र बनाउन सकिने नगरप्रमुख  काफ्लेले   बताए । प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमलसिनाले गोल्मराजाको दरवारको संरक्षणमा सबै जुटनु पर्ने बताए । दरबारको विषयमा पुरातत्व विभागलाई जानकारी भैसकेको बताउँदै  उनले यसको संरक्षण र प्रबद्धनमा सबैपक्ष जुट्ने हो भने मधेश प्रदेशकै पर्यटकीय गन्तव्य बन्ने सांसद तिमिल्सिनाले  दाबी गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९