अनुहार रंगाउदै कमर्शीयल आर्टिष्ट संघका चित्रकार

भैरहवा । भैरहवामा जारी छैठौं लुम्बिनी प्रादेशिक महोत्सवको स्टल नं. आइटी १ र २ मा एक हुल झुम्मिएको थियो ।कोही कुर्सीमा बसेर सेल्फी क्यामेरामा अनुहार हेर्दै थिए भने कोही स्टलमा सजाइएको फ्रेम हेर्दै मुस्कुराइरहेका थिए । भिड देखेर चित्रकारहरुको ब्रस चलाउने रफ्तार पनि तिव्र थियो । एकै साथ ५–६ जना कलाकारलाई भ्याइ नभ्याई थियो । कोही हेर्नलाई बसेका थिए भने कोही पालो कुरेर । यो दृश्य भैरहवा महोत्सवमा फेस पेन्ट गर्ने जमातको थियो ।

 

हातमा ब्रस र रङ लिएर मेला अवलोकनको अनुहारमा नेपालको झण्डा लगायत विभिन्न आकृतिहरु बनाउने काम चित्रकारहरुले गरिरहेका थिए । ग्राहकको इच्छा अनुसार भनेकै आकृति उनीहरुले दर्शकको अनुहारमा उतार्ने काम गरिरहेका थिए ।
यी सबै दृश्य नेपाल कमर्शीयल आर्टिष्ट संघ जिल्ला कार्य समिति रुपन्देहीको स्टलमा हो । मेलामा सबैको अगाडि अनुहारमा चित्रकला देखाउने अवसर पाएको संघका अध्यक्ष उज्जवल कुमार दे कास्तले भने । यो हाम्रो लागि ठूूलो अवसर हो यस्तो ठाँउ हामीले पाएका छौ जहाँ आफ्नो कला देखाइरहेका छौ ।

 

पहिलो दिन केही बच्चाहरुको अनुुहारमा राष्ट्रियता झल्किने नेपालको राष्ट्र झण्डो फेस पेन्ट गरेका थियोँ त्यसैबाटै राम्रा सन्देश गएर अहिले भिडभाड हुने गरेको उनले भने । आफूहरु मेला, महोत्सवमा यसरी समूहमा कलाकार जुटेर फेसपेन्ट गरेको पहिलो अनुभव रहेको कोषाध्यक्ष बिसन गुरुङले भने । मुहारमा पेन्ट गर्ने सौख बढ्दै गएको छ । आफूलाई अरूभन्दा पृथक् देखाउन पनि रहरको लागि फेस पेन्ट गर्ने गर्दछन  । महोत्सवमा अनुहारमा यो कलालाई अवलम्बन गर्ने लाइनमा नै बस्ने गर्छन । फेस पेन्ट पछिल्लो क्रममा फेसन स्टाइलकै रूपमा लोकप्रिय बनिरहेको कोषाध्यक्ष तथा चित्रकार गुरुङले भने ।

 

बच्चा युवा मात्रै होइन, व्यस्कहरु पनि यो स्टाइलमा झुमिएका छन् । गालामा विभिन्न आकृति बनाउदा  फेसनेबल त देखाउँछ, अरु भन्दा पृथक् पनि देखाउँछ फेस पेन्ट गराइरहेकी प्रिती क्षेत्रीले भनिन । आफूलाई लागेको सौख पूरा गरेको उनले भनिन ।
फेसनमा केही अगाडि बढ्दै गएको महोलमा भैरहवामा पनि फेस पेन्टको क्रेज बढ्न लागेको छ । ठूला ठूला कार्यक्रम वा मेला महोत्सव, म्युजिकल कन्सर्टदेखि खेल प्रतियोगितामा मुहारमा विभिन्न आकृति सहितको फेस पेन्ट गर्न धेरैले रुचाउँछन । मुहार रंग्याउनेले सानो÷ठूलो आकृति बनाएर केही शुल्क भने लिने गरेको संघले जानकारी दिएको छ ।

 

अहिले मेलामा पनि फेस पेन्ट बनाउन आउने युवाको डिमान्डले कलाकारलाई पनि भ्याइनभ्याई छ । आफूलाई मन परेका विभिन्न आकृति, नेपालको झण्डा, पुतली, फुल, एङ्ग्री बर्ड, हेल्लो किट्टी, फुटवल, आगोको भिल्का, नाम लगायत विभिन्न आकृतिमा फेस पेन्ट गराएको छन्, बच्चादेखि तन्नेरीको रोजाइ नै भिन्नभिन्न आकृतिको फेस पेन्ट भएको छ ।

 

नेपाल कमर्शीयल आर्टिष्ट संघ जिल्ला कार्य समिति रुपन्देहीले महोत्सवमा सहयोगार्थ स्टल राखेको छ । आर्टिष्टहरुलाई राज्यले उपेक्षित गरेको भन्दै कला व्यवसायीहरुले हकहीत, पहिचान, संरक्षण र सम्मानका लागि एकताबद्ध भएका छन । कलासँग सम्बन्धित व्यवसायी स्वरोजगार कलाकारहरूको पेशागत हकहितको रक्षाका लागि हामी एकजुट भएका छौ । फरक फरक व्यापारिक प्रतिष्ठानका संचालकहरु पालै पालो आफ्नो कलालाई मेला अवलोकन कर्ता सामु पु¥याउनका लागि मेला एक थलो बनेको छ ।

 

कला व्यवसाय गरेर हजारौ परिवारको जीविकोपार्जन चलेपनि पछिल्लो समय यो पेशामा संकुचन आई पेशा नै संकटमा पर्न लागेको कलाकारहरु बताउछन । पहिलो पटक मेलामा संघले स्टल राखेको छ । कलाकारले कला अनुसारको मुल्य नपाएको, राज्यको हामी प्रति हेर्ने दृष्टिकोण र पहिचानलाई संकुचित गर्दै गरेकोले रोजगारी खोसिने अवस्था आएको डिजाइनर आकाश चौधरीले भने ।

 

उनीहरुले कला शीप र क्षमताको मूल्याङ्कन नहुने, जो वास्तविक कलाकार वा श्रमिक छ उसको श्रम शोषण हुने, ठूला पूँजी र गैरआर्टिस्ट वर्गको अधीनभित्र रहेर काम गर्नुपर्दा वास्तविक कलाकार श्रमिकहरूको श्रम शोषण हुने तथा राज्यबाट समेत कलाजिवीहरूको दायरालाई संकुचित पार्ने काम भएको बताए ।

 

संघ अन्तर्गत पेन्टिङ, बोर्ड, ब्यानर लेख्ने, डिजाइन गर्ने, थान्का पेन्टिङ, मिथिला आर्ट ग्लो साईनबोर्ड मूर्तिकला, चित्रकला, रबर–सेल्फ छाप, फ्लेक्स प्रिन्ट, मेटल इचिङ, मार्वल इचिङ (शिलालेख), डिजिटल बोर्ड, मेटल लेटर वक्र्स, स्टेज, स्टल डेकोरेशन ललितकला, ग्लास इचिङ, वाल पेन्टिङ, होर्डिङ बोर्ड, चित्राङ्कन, कार्टुन चित्र, छपाईसम्बन्धी कार्य गर्ने श्रमिक, टू–डी÷थ्री–डी बोर्ड, सिल्क आर्ट, काष्ठकला र हस्तकलालगायत व्यवसायीहरू छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९