४४ लाख चन्दा संकलन योजनासहित मन्दिर पुनर्निर्माण सुरू

भक्तपुर । भक्तपुरवासीले ४४ लाख चन्दा रकम सहयोग संकलन गरी मन्दिर पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ एउटा मन्दिरको पुननिर्माण थालेका छन् । विशेष गरेर भक्तपुर नगरबासीले भक्तपुर नगरपालिका वडा नं ५ भीमसेनस्थानमा रहेको कुथु सुव्या दुगुद्य    (मन्दिर) पुनःनिर्माण लागि इष्टमेट भएको ४४ लाख रकम सहयोग चन्दा संकलन गरी मन्दिर पुननिर्माण सकाउने योजनाका साथ काम थालिएको हो । पहिलो चरणमा जीर्ण मन्दिरको छानामा रहेको पोल अपा (झिंगटी इटा) झिकेर मन्दिर भत्काउन सुरु भएको हो । साइट देखाएर सोअनुसार मन्दिर भत्काउने कामको औपचारिक सुरुवात गर्न भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी मन्दिरस्थल पुगेकी थिइन् । उपमेयरको उपस्थितिमा स्थानीयबासीहरु सहभागी भएर यहाँं मन्दिर भत्काउने काम सुरु भएको छ । मदिर एकतल्ले मात्रै छ । मन्दिर २०७२ सालको महाभूकम्पले जीर्ण बनेको थियो । मन्दिरको उतरक्षेत्रमा जग भासिन गई अहिले मन्दिर असन्तुलनमा छ । साथै माथि छानामा पनि सवै झिंगतीहरु झरेर विग्रिसकेको छ । साथसाथै पुरानो मन्दिर सवैतिर जीर्ण जस्तै भइसकेको छ । मन्दिर पूर्ण रुपमा ध्वस्त भने भएको छैन । मन्दिर पुनर्निर्माणका लागि भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीका विष्णु मारिखूको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । उपभोक्ता समितिका उपाध्यक्ष विश्वराम कवांका अनुसार मन्दिर पुनर्निर्माणको लागि करिब ४४ लाखको लागत इष्टमेट भएको छ । यो सवै रकम सहयोग जुटाई मन्दिर पुननिर्माण गर्ने योजना अनुसार काम अगाडि बढाइएको उनले बताए । यसकारण मन्दिर पुनर्निर्माणमा सक्नेहरुले सकेको आर्थिक, भौतिक, नैतिक सहयोग गर्न उनले सबैसँंग अनुरोध गरे । यसका लागि नगद तथा जिन्सी सहयोग गर्न सकिने उनले बताए । पहिलो चरणमा मन्दिर भत्काउने काम सुरु भएको उनले जनाए । त्यसपछि अपौचारिक रुपमा जग हालेर काम सुरु गर्ने योाजना रहेको उनले जनाए । मन्दिरको पुननिर्माण कार्य चैतभित्र सकाउने योजना राखिएको छ ।
यो मन्दिर भक्तपुरको विस्का जात्रामा लिंगो उठाउने भेलुखेल नजिकै छ । भक्तपुरको चुपिंघाटको पश्चित क्षेत्रमा पर्ने यो मन्दिर झण्डै १०/१५ रोपनीको सार्वजनिक जग्गाकोवीचमा रहेको छ । मन्दिरको वरिपरि भीमसेन देवता, ती मन्दिरहरुभित्र पस्ने आकर्षक दुईवटा कलात्मक शैलिका प्रवेशद्धार, सार्वजनिक पाटी, सामूहिक भवन, भोज खुवाउनका लागि बनाइएको वन्दोवस्तसहितको भवनलगायतका छन् । यो सार्वजनिक क्षेत्रमा भएका झण्डै एक दर्जन भौतिक संरचनाहरु पनि यसरी नै करोडौको आथिक सहयोग चन्दा संकलन गरी यसअघि नै बनेका थिए । युवा इतिहासविद् ओम धौभडेलका अनुसार भक्तपुरको यो मन्दिर प्रख्यात भएर पनि चर्चामा नआएको मन्दिर हो । यो मन्दिरमा पूजा गर्न देश विदेशका मानिसहरु आउने उनले सुनाए । मन्दिरमा विशेष गरेर नेवार समुदायको देवाली पूजाका महिनाहरुमा विशेष पूजा गर्न आउनेहरु हुन्छन् । यो भनेको प्रत्येक वर्ष चैतदेखि सिथिनखा पर्वसम्मको केही महिना हो । यी महिनाहरुको प्रत्येक आइतबार र विहीबार गरी हप्तामा दुईदिन यो मन्दिरमा आइ देवाली पूजा गर्न आउनेहरुको भीड लाग्ने गर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९