क्रान्तिकारी आमाको निधन, परिवारले गरेनन् काजकिरिया

माल्टा । जीवनभर परिवर्तनका पक्षमा उभिएकी क्रान्तिकारी आमाको निधनमा ओलानी पूरैगाउँ शोकमा डुबेको छ । सामाजिक परिवर्तनका पक्षमा लाग्न हौसला दिने आमाको निधनले परिवर्तनकारी युवालाई ठूलो यतिबेला चोट परेको छ।शारीरिक रुपमा अशक्त आमाको मुहार सधैं हँसिलो देखिन्थ्यो । राम्रा काम गरेका युवालाई सकिनसकी भेटेरै काँधमा धाप मारेर बधाई तथा शुभकामना दिने आमालाई सबैले सम्झि रहेका थिए । सामाजिक विभेदका विरुद्ध युवाहरुले बोल्नुपर्ने भन्दै उर्जाथप्ने आमाको निधनमा दुःख प्रकट गर्न आएका सबैको आँखामा आँशु देखिन्थ्यो ।घरको आँगनमा राखिएको पार्थिव शरीर माथि श्रद्धापूर्वक खादा फूलमालाले सम्मान व्यक्त गरिरहेको दृश्य निकै घतलाग्दो थियो । घरको यत्रतत्र छरिएका जोकोही पनि आमाको मिजासिलो व्यवहार र क्रान्तिकारी छविको प्रशंसा गरी रहेका थिए । मत्युपछि पनि यतिधेरै प्रशंसा पाएको यस गोदावरी नगरपालिकाको ओलानीमा पहिलो व्यक्ति उहाँ नै भएको गोदावरी खानेपानीका अध्यक्ष कृष्ण पुनेबाटीले भावुक हुँदै बताए । उनले भने –“ आमाको मृत्युले समाजलाई ठूलो चोट परेको छ । उहाँको अभाव हामीलाई सधैं भईरहने छ ।”जीवनभर सामाजिक परिवर्तनका पक्षमा उनी निरन्तर लागि रहिन् । छाउपडी कुप्रथाले ग्रसित समाजमा उनले छाउपडी कुप्रथाको बारेमा बोल्ने हिम्मत गरिन् । गाउँघरमा जताततै छाउपडी गोठमा महिलालाई पशु सरह राखेको उनलाई पटक्कै मन परेको थिएन । २०५८ सालदेखि परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ भन्दै महिनावारी भएका आफ्ना छोरीलाई उनले घरमा राखिन् र आफूपनि घरभित्रै बस्न थालिन् । उनले घरमा बस्ने र बसाल्ने मात्र काम गरिनन् महिनावारी हँुदा खाना पकाउने, गाई दुहुने सम्मका सबै कामको थालनी गरिन् । परिवर्तनका पक्षमा उभिदा उनले सामाजिक चुनौतीको पनि सामना गर्नु प¥यो ।त्यसैगरी जातीय छुवाछूतको पनि उनले सधै विरोध गरी रहिन् । समाजमा जातीय छुवाछूत व्याप्त भइरहेको बेला दलित भित्रहुने छुवाछूतका विरुद्ध दरो रुपमा उभिईन् । दलित भित्रै अछूतमा रहेकालाई भान्सामा बोलाएर संगै खाना खाने र चाडपर्वमा टीका थाप्ने कामको पनि उनले सुरुवात गरिन् । चम्फादेवीले गाउँघर र समाजलाई सरसफाई राख्नुपर्छ भन्दै सचेतनाको आवाज पनि उठाई रहिन् ।यसरी आफ्नै घरबाट परिर्वतनको सुरुवात गरी समाज परिवर्तनमा लागेकी चम्फादेवी बिकको .२०१८ साल कार्तिक ३० गते जन्म भएको हो । अछाम जिल्लाको तत्कालीन साविक दुनि गाविस चौखुट्टे लिउसनमा बुवा काले लुहार र आमा पार्वती लुहारको तेस्रो सन्तानको रुपमा उनको जन्म भएको हो । २०८० साल कार्तिक १० गते शुक्रबारका दिन सेती प्रादेशिक अस्पताल धनगढीमा ६२ बर्षको उमेरमा उपचारकै क्रममा निधन भएको छोरा कृष्ण बिकले बताए । उनले भने –“ हाम्रो परिवारलाई परिवर्तनको बाटोमा आमालेनै हिडाउन सिकाउनु भएको हो । सामाजिक विभेदका विरुद्ध बोल्ने हिम्मत र साहास आमाबाटै मिलेको हो ।”बाँचुन्जेल क्रान्ति गरेकी चम्फादेवीले यो संसारबाट बिदा भएर पनि क्रान्तिकै उद्घोष गरेर गइन् । उनले घरपरिवार र समाजका व्यक्तिलाई भनेकी रहिछन् “म मरेपछि मेरो किरियाँ नगरिदिनु । मेरो घरपरिवारले मेरालागि बाँचुन्जेल केहीपनि बाँकी नराखेर मेरो सेवा गरेकाछन् ।” बाचुन्जेल वास्ता नगर्ने मरेपछि समाजलाई देखाउनकै लागि गरिने कर्मकाण्ड वाह्यिात हो । मरेका मान्छेले पाउछन् भनेर पिण्ड बगाउने, बाहुनलाई दान दक्षिणा दिने, सुत्ने खाटदिने,लुगाकपडा दिने, खानेकुरा दिने,किरियाँ बसेकाले कसैलाई नछुने यस्तो ढोंगी नाटक आफू मरेपछि नगर्नु भनेर घरपरिवार र समाजलाई आमाले सधैं भन्ने गरेको समाजसेवी एवम् बुद्धिजिवी टेक बिकले बताए । ओलानीले आज परिवर्तनकारी आमा गुमाएको छ । क्रान्तिकारी आमाको निधनले पूरै गाउँ शोकमा डुबेको गोदावरी नगरपालिका वडा नम्बर ११ का निवर्तमान वडा अध्यक्ष शिव बिकले बताए । उनले सम्झिए म वडा अध्यक्षतामा निवार्चित हुँदा समयले परिवर्तन खाजेको थियो आज सफल भएको भन्दै खुसीले गद्गद् हुनु भएको थियो । विकले भने –“ आमा हामी सबैको साझा क्रान्तिकारी आमा बन्नु भएको थियो । हामीलाई परिवर्तनको बाटो देखाउँदै निरन्तर अगाडी बढ्न हौसला दिनु हुन्थ्यो ।कार्तिक ११ गते शनिबारका दिन अन्तिम दाहसंस्कारको लागि पार्थिव शरीर शव बाहनमा राखेर गोदावरीमा लगियो । बाटोमा जाँदैगर्दा बोराडाँडीमा नेपाली सेनाले आमालाई सम्मान गर्दै सलामी दियो । क्रान्तिकारी आमाले मृत्युपछि पनि राष्ट्रसेवकबाट सम्मान पाएकोले निकै खुसी लागेको छोरी कविता बिकले बताईन् । नेपाली सेनाको श्रद्धाको कामलाई मलाम गएका सबैले मुक्तकन्ठले प्रशंसा गरेको उनी बताउँछन् ।दिउँसोको ३ बजेको समयमा गोदावरी खोलाको किनारमा आमाको पार्थिव शरीर जलिरहेको थियो । सुनसान जंगलको बीचमा रहेको खोलामा चराहरुको चिरबिर आवाज आईरहेको थियो । खोलाको पश्चिमतर्फ आमाको हार्दिक श्रद्धान्जली लेखिएको ब्यानरको तस्बीरले जरिहेको शव हेरी रहेको र्झै देखिन्थ्यो । यो सबै दृश्य देखेर मलामी सबै स्तब्ध बनेका थिए भने कोही भावुक बनेर रोहीरहेका थिए ।क्रान्तिकारी आमाको छवीले शव जलेर खरानी भईरहेको घाटमा पनि परिवर्तनको कुरागर्न प्रेरित गरी रह्यो । घरका परिवार र मलाम गएका सबै खोलाको किनारमा एकठाउँमा जम्मा भएर किरिया ँगर्ने नगर्ने बारेमा छलफल भयो । समाज परिवर्तनमा लागेका गोदावरी कृषि विकास सहकारीका अध्यक्ष एवम् श्री सरस्वती माध्यामिक विद्यालय ओलानीका शिक्षक समेत रहेका छोरा कृष्ण बिक आमाले भने बमोजिम नै किरियाँ नगर्ने पक्षमा उभिए । उनको निर्णयलाई बृद्धबुवा, दिदीबहिनी भाई र परिवारका अन्य सदस्यले पनि साथ दिए । घाटमा पनि परिवर्तनकारी निर्णय गरेकोमा मलामी सबैले कृष्ण बिकको परिवारको तारिफ गरेको लम्कीचुहाबाट शोकप्रकट गर्न घाटमै पुगेकी नेकपा माओवादी केन्द्रकी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् जनकलाकार बिष्ना बिसी सपनाले बताईन् ।क्रान्तिकारी आमाको परिवर्तनकारी विचारको प्रभाव पूरै ओलानीमा परेको मैले पाए । सामाजिक विभदेका विरुद्ध आमाले एक्लै गरेको क्रान्ति कूनै युद्धभन्दा कम लागेन मलाई । परिवर्तनको ठूलो सामाजिक क्रान्ति हो यो । आमाको योगदानको समयले मूल्यांकन जरुर गर्नेछ र गर्नैपर्छ । परिवर्तनका पक्षमा लागेका जोकोहीले आमाको सामाजिक योगदानको उच्च सम्मान र कदर गर्दै मृत्युपरोणान्त सम्मान गर्नुपर्ने बिसीले बताईन् । क्रान्तिकारी आमाको प्रशंसा गरेका ओलानीका परिवर्तनकारी युवाहरुहरुले आमाको योगदानको सम्मान गर्न नचुक्ने विश्वास आफूले गरेको बिसी बताउछन् ।बिसीले भनिन् –“ शवसंगै यस ठाउँका महिलाहरु मलामी भएर अहिलेसम्म घाटसम्म कोही पुगेका रहेनछन् । पहिलो पटक मलामी भएर घाटमै पुगेको कृष्ण सरका दिदि र बहिनी रहेछन् ।” फेरीपनि अर्को नयाँ सामाजिक क्रान्तिको आजबाट सुरु गरेकाछन् । आमाले परिवर्तनको बाटो देखाएकोले हामी छोरा र छोरी सबै परिवर्तनकै पक्षमा रहेको छोरी रेखा सुनारले बताईन् ।सरस्वती माध्यामिक विद्यालय ओलानीका शिक्षक गणेश बिकले क्रान्तिकारी आमाको निधनले आफू निकै दुःखी भएको बताए । केही समय पहिले मेरो बुवा बितेको बेला मैलेपनि किरियाँ गरिन् । मेरो निर्णयमा मेरा परिवारले साथ दिएनन् । गाउँसमाज मिलेर सबैले मलाई एक्लो बनाए । आमा चम्फादेवी बिकले मात्र मलाई साथ दिईन् । छोराले धेरै राम्रो काम गरेको भन्दै मेरो हिम्मत बढाउने काम गरिन् । जिउँदोछँदा वास्ता नगर्ने मरेपछि बाहुनलाई दानदक्षिणा दिने यो संस्कार गलत हो,म मरेपछि मेरो किरियाँ नर्गनु भनेर समाजलाई सुनाउँदै आफूले गरेको निर्णयको पक्षमा उभिएको उनले घरीघरी सम्झिए । युरोपमा बस्दै आएका कैलाली अत्तरिया घर भएका दिनेश नगरीले परिवर्तनकारी आमा उदाहरणीय आमा भएको बताए । विभेदपूर्ण समाजमा आमाको घरमा आफू घरपरिवारका सदस्यझैं सम्मानपूर्वक मिलेर बसेको र आमाको व्यवहारले कहिल्यै पनि जातीय छुवाछूतको महसुुस गर्नु नपरेको नगरीले बताए । तत्कलीन समयका वडा अध्यक्ष एवम् नेकपा एमालेका नेता भानसिंह बिकले अलग्गै बसेर हिन्दु संस्कार अनुसार किरियाँ नगरेको र सबैसंग बसेर परिवारका सदस्यले शोकमात्र मनाएको बताए । १३ दिनको दिन शोक श्रद्धाञ्जलीसभा आयोजना गरेर आमाको सामाजिक योगदानको बारे चर्चा गरिएको छोरा कृष्ण बिकले बताए । शोकको समयमा साथदिने समाजलाई धन्यवाद् दिदै उनले मृतक आमाको संघर्षको जीवनगाथा सुनाएका थिए ।चम्फादेवीले ६ वर्षको बाल्यावस्थामै ममतामयी आमा गुमाइन् । चार दिदिबहिनि एक भाईको हेरचाह गर्ने जिम्मेवारी पनि उनीमाथि थपियो । आमा गुमाएको केहि वर्षमै एकमात्र कान्छो भाईपनि चम्फाले गुमाउनु प¥यो । पहाडमा निकै कष्टपूर्ण जीवन जीउनु परेपछि कान्छा बुवाका छोराले तराईमा आफु संगै लिएर आएका थिए । तराई आएकै वर्ष चम्फाले अछाममा रहेका बुवालाई पनि गुमाईन् । सानै उमेरमा एकपछि अर्को परिवारका सदस्य गुमाउँदाको पीडा कलिलो उमेरमा सहनु प¥यो ।१४ बर्षको कलिलो उमेरमा डोटि जिल्ला, सानागाउँ बस्ने गगन सिंह विक संग २०३२ सालमा विवाह भयो । उनले ५ वटा छोरी २ वटा छोरा गरी ७ वटा सन्तानलाई जन्म दिईन् । २ वटा सन्तान भएकी जेठानीको निधन भएपछि तीदुई सन्तानको संरक्षण गर्ने कामपनि चम्फादेवी आफैले गरिन् । दुःखीलाई दुःखमाथि दुःख भनेजस्तै घरको कामगर्ने बेला कम्मरमा लागेको चोटले उनी थला परिन् । उपचारको लागि उनका श्रीमान् गगनसिंह विकले नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराए पनी चम्फादेवी पहिलेको जस्तै अवस्थामा फर्कन सकिनन् । श्रीमतीले सामाजिक परिवर्तनका पक्षमा उभिदै आफ्ना मनका रहहरु मारेर परिवारको लागि ठूलो त्याग गरेको कहिल्यै बिर्सन नसिकने गगनसिंहले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९