शुभेच्छा बचत तथा ऋण सहकारीको ११ औँ साधारणसभा सम्पन्न

नवलपरासी ।  शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लि.को ११ औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । प्रतापपुर गाउँपालिका वडा नं ७ गुठी सुर्यपुराको भलिबल खेल मैदानमा सहकारीको साधारणसभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि जनता प्रगतिशील पार्टीका राष्ट्रिय अध्यक्ष एवं पुर्व मन्त्री हृदयेश त्रिपाठीले संस्थाको उन्नति र प्रगतिको कामना गर्दै देशमा असंख्य सहकारी अहिले धारासाही भएको अवस्थामा छ भने धेरै बचत कर्ताहरूको बचत जोखिममा परेको देखिन्छ तर यो सहकारी नेतृत्वको कारण र सेयर धनीको धैर्यता र ईमान्दारिताको कारण यो शुभेच्छा बचत तथा ऋण सहकारी अगाडि बढी राखेको छ जुन हाम्रो गर्भको विषय हो । उहाँले व्यक्तिको प्रवृत्ति र गलत कामले केही संस्था बद्नाम हुनेतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो र वहाले सहकारीको उचित मुल्यांकन अनुसार आफु सदैव सहयोग गरिरहने बताए । साथै यो देश र यो क्षेत्रको स्वाभिमानको लागि यो क्षेत्रको उन्नति र विकासको लागि आफु सदैव लागि रहने छु बताउनुभयो । संस्थाका अध्यक्ष एवं सभाका सभापति भगवन्त प्रसाद धवलले प्रगति प्रतिवेदन पेस गर्दै शुभेच्छा बचत तथा ऋण सहकारी संस्थालाई सबल र सक्षम संस्थाको रूपमा निर्माण गरि सेयर सदस्यहरूलाई प्रदान गरिने सेवा सुविधा गुणात्मक तथा परिमाणात्मक रूपमा वृद्धि गरि यसलाई आधुनिक प्रविधिबाट सम्पन्न बनाई व्यवसायिकरण गर्ने उद्देश्यका साथ संस्थालाई अगाडि बढाएको बताए । संस्थाले युवा स्वरोजगार, कृषि, व्यापार, वैदेशिक रोजगार र पशुपालन,बाख्रा पालन,ब्युटी पार्लर र साना उद्योग जस्ता उत्पादन तथा सेवामूलक क्षेत्रमा लगानीलाई निरन्तरता दिदै जानेमा जोड दिए । उक्त सहकारी संस्थामा आबद्ध शेयर सदस्यहरूलाई दिदै आएको क्रिया खर्च पाँच हजार र सुत्केरी स्याहार खर्च पच्चीस सय यो वर्ष पनि निरन्तरता दिइने बताए । त्यस्तै सहकारी संस्थाको आर्थिक प्रतिवेदन पेस गर्दै कोषाध्यक्ष बलवन्त कुर्मीले सहकारी अझै पनि आर्थिक रूपले अगाडि बढ्न सक्ने र सदस्यहरूको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने प्रशस्त स्थान रहेको बताए साथै संस्थाले सामाजिक दायित्व पूरा गर्दै गत वर्ष जस्तै यसवर्ष पनि नि:शुल्क अाँखा शिविर सञ्चालन गर्ने र प्रतापपुर गाँउपालिकाको विभिन्न ४ ठाँउमा बस्ने बेञ्च राखेको कुरा जानकारी दिए । सभामा कोषाध्यक्ष कुर्मीले आ.व. ०७९/८० को आर्थिक प्रतिवेदन र ०८०/८१ को कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।  शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाले हाल सम्ममा २७ करोड ७३ लाख २५ हजार ७ सय १० रूपैयाँ ५० पैसाको कुल कारोबार गरेर ९५ लाख ४६ हजार ५ सय १८ रूपैयाँ शुद्ध नाफा कमाएको छ । हालसम्म उक्त सहकारीमा ४ हजार ७ सय ९ जना शेयर सदस्य रहेको व्यवस्थापक दिनेश कुमार कुर्मीले जानकारी दिए । सो कार्यक्रममा प्रदेश सभा सदस्य देवकरण कलवार , प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव , वडा नं. ७ का वडाध्यक्ष हरेन्द्र यादव , गण्डक नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ, राष्ट्रिय सहकारी बैंकका संस्थापक सञ्चालक मुक्तिनाथ पाण्डे, कृषि विज्ञ देवेश कुमार मिश्र, नेफ्स्कुन शाखा कार्यालय भूमहीका शाखा प्रमुख नेत्र प्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य तथा संस्थाको उपाध्यक्ष अभिनन्दन सिंहले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव भोला प्रसाद कुर्मीले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९