अब मलेसियामा गैर-इस्लामिक पर्बको शुभकामना केकमा लेख्न पाइने

क्ववाललम्पुर। इस्लामिक राष्ट्र मलेसियाबाट ठूलो खबर आएको छ । यहाँको सरकारले आफ्नो २०२० को आदेशलाई उल्टाएको छ र अब हलाल प्रमाणपत्र भएका बेकरीहरूलाई उनीहरूको केक वा कन्फेक्शनरीहरूमा गैर–इस्लामिक चाडपर्वहरूको लागि शुभकामना लेख्न र प्रदर्शन गर्न अनुमति दिएको छ।

मलेसियाको इस्लामिक विकास विभाग (जाकिम) को यो नयाँ नियम अनुसार अब गैर–इस्लामिक चाडपर्वको अवसरमा केक वा अन्य खाद्य वस्तुमा उक्त पर्वको शुभकामना लेख्न र प्रदर्शन गर्न पाउने अधिकार खुल्ला गरेको हो ।

जाकिमले डिसेम्बर १९ मा हलाल सर्टिफिकेट भएका व्यवसायलाई केक वा यस्तै खाद्यवस्तुमा चाडपर्वको शुभकामना लेख्न प्रतिबन्ध नरहेको बताए । जाकिम हलाल म्यानेजमेन्ट डिभिजनको कर्पोरेट सञ्चार विभागले एक विज्ञप्तिमा भन्यो, “जाकिमले मलेसियाको हलाल प्रमाणीकरण प्रक्रियासँग सम्बन्धित विषयहरूको समीक्षा र पुनः मूल्याङ्कन गर्न जारी राख्नेछ। यो स्पष्टीकरण सँगै अब जाकिमको २०२० को अघिल्लो नियम अब लागू हुनेछैन।’

 

जाकिमले  यो नयाँ नियम घोषणा गर्नेबित्तिकै मलेसियाली बेकरीहरूमा ‘मेरी क्रिसमस’ लेखिएको केकका लागि धेरै अर्डरहरू प्राप्त गर्न थालेका छन । मलेसियाली वेबसाइट ‘द स्टार’का अनुसार दुई बेकरी आउटलेटहरूले उनीहरूलाई कलमा यस्ता धेरै अर्डरहरू प्राप्त भएको बताएको छ, जसमा उनीहरूमा ‘मेरी क्रिसमस’ लेखिएको केक डेलिभर गर्ने भनिएको छ।

 

स्मरण रहोस, डिसेम्बर २०२० मा जाकिमका पूर्व उपमहानिदेशक अब्दुल अजिज जुसोहले भनेका थिए कि हलाल–प्रमाणित पसलहरूले केवल केक वा बेकरी वस्तुहरूमा उत्सवको शुभकामनाहरू राख्न सक्छन्, जुन सार्वजनिक रूपमा प्रदर्शन गरिने छैन। जाकिमको यो निर्देशनपछि मलेसियाका बेकरीहरूले केकमा गैरइस्लामिक चाडपर्वसँग सम्बन्धित शुभकामना लेख्न बन्द गरेका थिए । त्यसको ठाउँमा ‘सिजन ग्रीटिंग’ मात्र लेख्न थालियो । यो आदेश पालना नगर्ने बेकरीको हलाल प्रमाणीकरण रद्द गरिने बताइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो...

कुवा संरक्षण चारकुनेवासी

तनहुँ,  व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण र जगेर्नामा लागेका छन् ।वर्षौंदेखि गाउँको मुख्य खानेपानी स्रोतका रूपमा रहेको पड्के पानी कुवा मर्मत एवं संरक्षण कार्यमा स्थानीयले सामूहिक श्रमदान गरेका हुन् ।कुवाको सरसफाइ, मर्मतसम्भार तथा वरपरको वातावरण संरक्षणका लागि स्थानीयले सामूहिक रुपमा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो

कञ्चनपुरमा बगर संरक्षण गर्न वृक्षारोपण गरियो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९