अनुदानको गहुँमा अनियमितताको आशंका, नउम्रिएपछि किसान मर्कामा 

 

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाले मेयर शिव शंकर महतोको ठाडो आदेशमा बिउ खरिद गरी ५० प्रतिशत अनुदानमा बाँडेको गहुँको बिउ नउम्रिँदा किसान मर्कामा परेका छन् । नगरपालिकाले दोस्रो चरणको गहुँको बिउ मेयरको ठाडो आदेशमा उनकै नातामा पर्ने एक निजी व्यवसायीमार्फत् करिव ११ लाखमा ११० क्विन्टल बिउ खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरे पनि खेतमा गहुँको बिउ नउमिँ्रदा किसान मर्कामा परेका हुन् ।

 

नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा प्राप्त गहुँको बिउ ८ कठ्ठा जमिनमा छरेको भए पनि एउटै नउमे्रको धनगढीमाई ४ फूलकाहाकट्टीका किसान जय प्रकाश महतोले बताए । उनले भने, ‘नगरपालिकाबाट प्राप्त बिउ नै छरेका थिए । एउटै बिउ नमे्रकाले पनि खेत बाँझै छ । नगपालिकाले उपलब्ध गराएको बिउ नमुम्रेकाले आफूहरूले क्षतिपूर्ति पाउनुपर्छ ।’

महतोले वडाको सिफारिस लिएर दुई दाजुभाइले नगरपालिकाको कृषि शाखाबाट ४० किलो गहँुको बिउ ल्याएका थिए । उनीहरूले ८ कट्ठा खेतमा गहुँ छरेका थिए ।

 

धनगढीमाई नगरपालिका ४ जयपुरका किसान किशोरी यादवले भने, ‘नगरपालिकाबाट अनुदानमा ४५ रुपैयाँको दरले ४० केजी गहुँ छरेको १० दिन बितिसक्दा पनि गहँु उम्रेन । सँगै छरेको जौ उमे्रे पनि गहुँ नउमे्रपछि गाउँमै पुनः ६० रुपैयाँ किलोका दरले बिउ किनेर छरेँ ।’

 

यसबारे थप बताउँदै उनले प्रश्न गरे, ‘६ दिनमा उम्रिएर ९ दिनमा दुई पात हुनुपर्ने गहुँ यत्रो दिन बित्दा पनि उम्रिएन । खाद, मल, ट्याक्टरको जोताई सबै खेर गयो । हामी किसानको जहाजै डुब्यो। कसरी बालबच्चा पाल्ने ? यही उब्जाले जसोतसो परिवार चलिरहेको थियो । योपटक लगानी धेरै लागिसक्यो, पस्तिया भएको गहुँ पनि कति फल्ने पत्तो छैन ।’

 

यस्तै व्यथा छ धनगढीमाई ४ जयपुरका रासोभित यादवको पनि । उनले पनि बुबा र आफ्नो नाममा ४० केजी बिउ ल्याएर १० कठ्ठामा छरेका थिए । अहिले खेत बाँझै छ । छरेको बिउ नमुम्रेपछि उनी नयाँ बिउ किनेर पुनः छर्ने तरखरमा छन् ।

 

यी ४ चार त प्रतिनिधि किसान मात्र हुन् । नगरपालिकाबाट अनुदानको गहुँको बिउ लैजाने ५५० जना किसानको अवस्था  यस्तै छ । धनगढीमाई नगरपालिकाले किसानलाई अनुदानमा बाँडेको गहुँको बिउ  नउम्रिएपछि ५५० जना किसानको करिब १३५ बिघा खेत बाँझै हुने भएको छ ।

 

कतिपय किसान दोहोर्‍याएर नयाँ बिउ खरिद गर्दै छर्ने तयारीमा छन् भने धेरैको खेत बाँझै हुने भएको छ । अघिल्लो चरणमा ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड लहानबाट बिउ खरिद गरेका थिए । बिउको माग बढेपछि नगर प्रमुखको ठाडो आदेशमा सुनसरीको देवानगञ्जस्थित कुशवाहा बिज भण्डारबाट उक्त बिउ ल्याएका थिए । सुनसरीबाट ल्याएको आदित्य जातको ११० क्विन्टल गहुँको प्रति किलो ४५ मा किसानलाई वितरण गरेको थियो । उक्त बिउ लैजाने ५५० जना किसान ठगिएका हुन् ।

 

गहुँ नउमे्रपछि किसानको ट्याक्टर जोताई खर्च, डिएपी मल र पोटास छरेको खर्च, कियाली बनाउन लागेको मजदुर खर्च  र बिउ किनेको खर्च पनि डुबेको छ । यस विषयमा धनगढीमाई नगरपालिकाका कृषि शाखा प्रमुख अशोक पासवानसँग जिज्ञाशा राख्दा उनले भने, ‘पहिलो चरणमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडबाट ल्याएको १० लाख बराबरको गौतम जातको गहुँको बिउ राम्रो

 

थियो । उक्त बिउ प्रतिकिलो ८० रुपैयाँमा उपलब्ध भएको र  ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको थियो। साल्ट ट्रेडिङ्गको बिउ लैजाने सबै किसानको गहुँ राम्रो उम्रिएको छ । गहुँको बिउ माग्ने किसानको चाप बढेपछि पुनः ११ लाख बराबरको  ११० क्विन्टल गहुँको बिउ मगाइयो ।  तर, पछिल्लो लटमा आएको बिउमा धेरै सिकायत आयो। दैनिक दर्जनाँै किसान कृषि शाखा घेराउ गर्न आउँछन्। गहुँको बिउ उम्रिएन, क्षतिपूर्ति देउ भन्छन् । हामीले के गर्नु के गर्नु? अप्ठ्यारोमा परेका छौँ ।’

 

मयेर शिव शंकर महतोकै आदेशमा विउ ल्याएर वितरण भएको पासवानले बताए। उनले भने, ‘आफूहरुले रोजेको पनि होइन, निर्णय गरेको पनि होइन। पालिकाबाट जुन बिउ उपलब्ध गराइयो त्यही बिउ वितरण गरिदिएका हौं । ल्याबबाट ल्याएर हामीसमक्ष पेस गरिएको  जर्मिनेशन र मर्सराइजर प्रमाण पत्र  हामीले हेरेका हौं। प्रमाण पत्र ठिकै थियो। कुन बिउ कति दर रेटमा कहाँबाट खरिद गर्ने भन्ने सबै निर्णय मेयर साहबको हो।’

 

नगरपालिकाको कृषि संयोजकसमेत रहेका १ नम्बर वडाका वडाध्यक्ष सूर्य नारायण यादवलाई पनि यसको जिम्मेवारी र जवाफदेही मेयर महतोले लिनुपर्ने बताए। किनकी बिउ उनकै निर्देशनमा कुशवाहा बिज भण्डार सुनसरीबाट खरिद गरिएको उनले बताए । उनका अनुसार आदित्य जातको बिउ किसानले मागेकै थिएनन्।

 

सुनसरीबाट किन बिउ खरिद गरियो होला ? भन्ने प्रश्नमा वडाध्यक्ष यादवले भने, ‘नाता, कुटुम्बले पनि काम गरेको होला। अब किसानको मर्का त नगरपालिकाले बुझ्नु पर्छ। अनर्थ भएको छ।’ धनगढीमाई नगरपालिका ४ का वडाध्यक्ष ओम यादवले दर्जनौँ किसान गुनासो गर्न आएको बताए। उनले आफै किसानको खेत–खेत घुमेर हेरेको भन्दै पछिल्लो लटमा बाँडिएको बिउ नउम्रिएको बताए। उनले बिउका कारण सयौं किसान मर्कामा परेको बताए।

 

यस सम्बन्धमा आवश्यक जानकारी लिन हामीले धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकुमार महतोसँग बारम्बार फोन सम्पर्क गर्ने प्रयास ग¥यौं तर उनले फोन  सम्पर्कमा आउन चाहेनन्।   यस सम्बन्धमा धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतोसँग बुझ्दा उनले बाहिर हल्ला चलेजस्तो केही भएको नभएको भन्ने जवाफ दिए । दुई चारजना किसानको खेतमा चिस्यान नभएर गहुँ नउम्रिएको हुनसक्ने उनले बताए । ‘धेरै किसानको खेत बाँझै छ, हामी आफैँ किसानको खेतमा पुग्यौ भनेपछि मेयर महतोले आफू काठमाडौंमा भएको भन्दै १० गते बिउ बिक्रेता पनि मगाउँछु  के  भएको हो?  म फर्केपछि हेर्छु,’ मेयर महतोले भने।

 

किसान क्षतिपूर्ति माग्दैछन् नि भन्ने प्रश्नको जवाफ दिँदै मेयर महतोले भने, ‘नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेर खरिद गरिएको हो। क्षतिपूर्ति दिनै परे बिउको पैसा मिनाहा गरिदिउँला ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९