महोत्तरीको रातु नदीको उत्त्खननलाई लिएर चुरे विज्ञहरुको चिन्ता, आईई रिपोर्टमाथी नै शंका

महोत्तरी । रातु नदीमा भएको उत्त्खननको बिषयमा चुरे बिज्ञहरुले चिन्ता ब्यक्त गरेका छन् । पछिल्लो समय उत्त्खननको वैधतामाथी प्रश्न उठीरहेको बेला उनीहरुले गम्भिर चिन्ता व्यक्त गरेका हुन् ।स्थानीय संचारकर्मीहरुले उत्त्खननस्थलमा पुगेर गरेको स्थलगत रिपोर्ट हेर्दा निक्कै भयाबह देखिएको बताउदै पर्यावरणविद डा. नागेन्द्र यादवले रातुको उत्त्खननको बिषयमा स्थानीय सरकार सचेत हुनुपर्ने वताए । केही दिन अघि भएकाे छलफलका विच अघिल्लो पटक उत्त्खननको क्रममा भएको क्षति हेर्दा अहिले भएको उत्त्खननको वैधतामाथी प्रश्न उठ्नु स्वाभाविक भएको उनको भनाई छ । ‘चुरेमा पछिल्लो समय देखिएको पानीको अभाव दोहन नै मुख्य कारक हो भन्न सकिन्छ,’ उनले भने ।बिज्ञहरुको अनुसार आईई रिपोर्टमा नै शंका रहेको छ । सैद्दान्तिक रुपमा आईईको प्रक्रिया भयो कि भएन ? भन्ने बिषय खोजीको बिषय बन्नुपर्ने उनीहरुको जिकिर छ । २०७८ जेठमा गरिएको आईई रिपोर्टले हरेक खण्डवाट १२१५०० घनमिटर मात्र उत्त्खनन गर्न सकिने बताएको थियाे तर ठेक्केदार कम्पनिले उक्त समयमा सम्झौता भन्दा ७ गुणा वढी उत्त्खनन गरेको नगरपालिकाले नै प्रतिवेदन बनाएको थियो । नगरले बनाएको प्रावधिक नापजाँच उपसमितिले गरेको छानविनले सम्झौता भन्दा बढी १२ करोड बराबरको नदिजन्य पदार्थ निकालेको निष्कर्ष निकालेसँगै अहिले उक्त मुद्दा जनकपुर उच्च अदालतमा विचाराधीन अवस्थामा छ ।

बिज्ञहरुले यसैको आधारमा पनि आईई रिपोर्टमाथी आशंका गरेका हुन् । अर्का चुरे बिज्ञ डा. बिजय सिंहका अनुसार आईई रिपोर्ट मात्र उत्त्खननमा प्रधान नभएको बताउछन । नेपालका धेरैजसो ठाउँमा आईई रिपोर्टलाई नै देखाएर उत्त्खनन हुने गरेको बताउदै कतिपय त नक्कल मात्र गरेर तयार गर्ने गरेको देखिएको उनकाे भनाई छ । विज्ञहरुको सुझाव र रातु नदी खण्डमा देखिएको अव्यवहारिक उत्त्खननले यतिवेला बर्दिवास आन्दोलित भएको छ ।

 

सामाजिक संजालवाट नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीका विरुद्ध बाक्लै टिपणी सुरु भएका छन भने स्थानीय राजनीति दलले त उत्त्खनन रोक्न सामुहिक बिज्ञप्ति नै जारी गरेका छन् । ८ राजनीति दलहरुले उत्त्खननको दिर्घकालिन समस्या सावधानको लागी सरोकारवालाहरुलाई ज्ञापनपत्र बुझाई सकेका छन् भने अन्य रणनीति समेत बनाउदै गरेको नेपाली कांग्रेसका नेता चिरिन्जीवी हमालले जानकारी दिए ।

 

माओवादी केन्द्रका नेता राजु खड्काले उत्त्खनन ब्यवस्थित र बैज्ञानिक नबनेसम्म यसलाई आन्दोलनकोरुपमा अगाडी बढाउने बताए । त्यस्तै पानीको बिकराल समस्या खडा भएको भन्दै नेकपा एमालेका नेता शंकर महतोले पर्यावरण जोगाउन जस्तोसुकै कदम चाल्न पनि पछी नपर्ने प्रतिबद्दता जनाए ।

यता नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने रातु नदी उत्त्खनन मापदण्डअनुसार नै गरेको दावी गरेका छन् । आफु जहिल्यै पर्यावरणको पक्षमा रहेको जिकिर गर्दै बहिर प्रचार गरेजस्तो नभएको उनको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९