
कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लबले भोलि शनिबारको दिन पालिका वडा नम्बर २ स्थित बर्दगोरिया धार्मिक स्थलमा सरसफाई गर्ने भएको छ।
यस वर्ष २०८० को पहिलो पटक बर्दगोरिया गाउँपालिका वडा नम्बर २ स्थित बर्दगोरीया धार्मिक स्थलबाट सुरु गरेको छ। यस वर्ष भन्दा अघि पनि यस क्लबले आफ्नो वडाका थुप्रै टोलहरूमा सरसफाई गरेको क्लबका अध्यक्ष महेश रावलले जानकारी दिएका छन् ।
पुस महिनाको २७ गतेदेखि माघ २ गतेसम्म बर्दगोरिया धार्मिक तथा पर्यटक मेला २०८० लाई सहज होस् भनेर यस क्लबले सरसफाई गर्न लागेको हो। हाम्रो पहिचान राष्ट्रको सान धार्मिक स्थल हो त्यसैले हामी सबै मिलेर सरसफाई गर्दा सबैभन्दा पुण्य काम त्यही नै समेत क्लवका अध्यक्ष रावलले बताए।
क्लबका अध्यक्ष रावलका अनुसार भोलि पुस महिना २१ गते शनिबारका दिन बिहान ठिक ९ बजे बर्दगोरिया धार्मिक स्थलमा उपस्थिति भइदिनुहुन हार्दिक अनुरोध समेत गरेका छन्।