बर्दगोरिया ६ मा हुने मेलाको उद्घाटन पालिका अध्यक्ष कुँवरले गर्ने

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा संचालन हुने माघी मिलन तथा धार्मिक पर्यटकीय तिर्थ मेलाको तयारी पूरा भएको छ । मेलाको दिउँसो १ बजे बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक कमिटीले जानकारी दिएको छ । मेला संचालनका लागी सरसफाई लगाएत थारु गाउँ बनाउने घरहरु तयार भइ सकेका छन । साथै ताल नजिक रहेका जंगल सरसफाई गरिएका छ्न् भने व्यवसायीहरुले आ आफ्ना व्यवसायी पसलहरु स्थापना गरिसकेका वडा अध्यक्ष राम कृष्ण डगौरा थारुले जानकारी दिए ।पहिलो पटक भव्य रुपमा संचालन हुन लागेको मेलामा बोटिङ्ग गर्न पाइने भएको छ । मेलालाई थप आकर्षक बनाउन तथा मेलामा आउने दर्शनार्थी तथा अवलोकनकर्ताहरुको मागलाई मध्यनजर गरि बोटिङ्गको व्यवस्थापन गरिएको वडा अध्यक्ष डगौराले बताए । मेलालाई थप आकर्षक बनाउन र आन्तरिक पर्यटन प्रवर्द्धनलाई माथि उकास्न स्थानीय तालमा बोटिङ्ग संगै बच्चाहरुका लागि झुला चर्के पिङ लगाएतको  व्यवस्था गरिएको आयोजकले जनाएको छ ।साथै मेलामा चर्चित कलाकारहरुको पनि बेजोड प्रस्तुतिहरु रहने आयोजकले जानकारी दिएको छ । मेलामा करिब एक दर्जन बढी कलाकारहरुले आ आफ्नो साङ्गितिक प्रस्तुतिहरु प्रस्तुत गर्ने छन । मेलाम  चर्चित थारु महालोक गायक मनिराम करिया मघरिया, चर्चित मोडेल तथा डान्सर रितु चौधरी, टिकटक स्टार दिपिका जि एच, गायिका संगीता चौधरी , मोडेल तथा डान्सर सुनित्रा चौधरी गायक तथा उद्घोषक खुशी रत्गैया लागाएत एक दर्जन बढी कलाकारहरुले प्रस्तुती दिने छन । मेलामा ५० रुपैयाँमै बोटिङ्ग गर्न पाइनेछ । वडा नम्बर ६ को आर्थिक सहयोगमा, राम जानकी सेवा समाज भक्तिनिया अस्थान तिर्थ मेला व्यवस्थापन समितिले यहि माघ १ गतेदेखि ६ गतेसम्म वडा नम्बर ६ को सुगरखाल स्थित भक्तिनिया स्थानमा मेलाको आयोजना गरेको छ ।बर्दगोरिया ६ मा रहेको राम जानकी धार्मिक क्षेत्रको प्रचारप्रसार गर्ने र आन्तरिक पर्यटनको प्रवर्द्धनका साथै आपसी सद्भभावका लागि माघी मिलन सास्कृतिक कार्यक्रम तथा तिर्थ मेलाको आयोजना गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष राज कठरियाले बताउनुभयो ।स्थानीय रामजानकी मन्दिरको प्राङ्गणमा हुने कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथै विभिन्न झाकी तथा नृत्यहरु समेत प्रस्तुत गरिने छ । मेलामा थारु समुदायका परिकार र कला संस्कृति र मौलिकता झल्काउने भेषभुषा,नृत्य र पंचे बाजासहितको, झाँकीहरु, थारु पौराणिक लोक सास्कृतिक कार्यक्रमका साथै देउडा र दोहोरी गीतको समेत प्रस्तुति राखिने सास्कृतिक व्यवस्थापन समितिले जनाएको छ ।मेलामा हनुमान मम्दिर,कैलेस्वर बाबा मन्दिर, राम जानकी मन्दिर, नवनिर्मित झोलुंगे पुल तथा बोटिङ्ग मुख्य आकर्षक हुनेछ्न ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९