राजमार्गका ठुला होटल पनि मौलाउँदै यौन धन्दा

 

रौतहट। पूर्वपश्चिम राजमार्गमा पर्ने मधेस प्रदेशका होटलहरूमा अवैध क्रियाकलाप मौलाउँदै जान थालेको गुनासो बढ्दै जान थालेको छ ।राजमार्गका होटलहरूमा व्यवसायिक रूपमा यौन व्यवसाय सुरु भएको भन्दै स्थानीय स्तरमा त्यसको चर्को आलोचना हुन थालेको छ । बारा जिल्लाको पथलैयादेखि ढल्केबरसम्मका होटलहरूमा यौन व्यवसाय हुने गरेको गुनासो स्थानीय रूपमा बढ्दै गएको छ । भारतको बिहार राज्यमा मजिरा बन्द भएसँगै पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा खुलेका साना तथा ठूला होटलहरूमा मदिरा सेवन गर्न तथा यौन क्रियाकलाप गर्न भारतीयहरूको आवागमन बढ्न थालेको हो ।

 

 

 

भारतीय ग्राहकलाई लक्षित गरी राजमार्गमा साना तथा ठूला होटलहरूले यौन क्रियाकलाप गराउने गरेको भन्दै स्थानीय स्तरमा त्यसको चर्को आलोचना हुन थालेको छ । प्रहरी प्रशासनको मिलो महत्वमै राजमार्गका होटलहरूमा अवैध रूपमा यौन क्रियाकलाप हुने गरेको गुनासो बढ्दै गएको छ ।देशका विभिन्न स्थानबाट युवतीहरू मगाएर भारतीय ग्राहक तथा स्थानीय ग्राहकलाई लक्षित गरी होटल खोल्नेहरूको संख्या समेत बढ्दै जान थालेको छ ।पछिल्लो समय देशमा बढेको आर्थिक मन्दीसँगै राजमार्गमा रहेका ठूलो लगानीका होटलहरूले समेत यौन व्यवसाय गर्न थालेको समाचार स्रोतले जनाएको छ । साना होटलहरूमा प्रहरीको आँखा सहजै पुग्ने र ठूलो लगानीका होटलमा प्रहरीले खासै वास्ता नगर्ने भएपछि ठूलो लगानीमा खुलेका होटलहरुले समेत पछिल्लो समय युवतीहरू राखेर भारतीय ग्राहक लक्षित गरेर यौन व्यवसाय गर्ने गरेको स्थानीयहरूको भनाइ रहेको छ ।

 

 

 

सर्लाहीको बागमती, हरिओन, नयाँ रोड, लालबन्दी लगायतका राजमार्गमा रहेका होटलहरूले खुलेआम रुपमा यौनधन्दा गराउने गरेको भन्दै स्थानीयले प्रहरी समक्ष गुनासो समेत गरेका छन् । सर्लाहीको हरियोनमा रहेको शिखर होटल र सैनिक होटलमा खुलेआम यौन व्यवसाय हुने गरेको भन्दै स्थानीयले गुनासो गरेपछि इलाका प्रहरी कार्यालय हरिओनले ती स्थानमा कडाई गरेको छ ।हरिओमा हुने यौन व्यवसायमा प्रहरीले आँखा लगाएपछि सोही स्थानमा यौन व्यवसाय गरेर कुष्ट पैसा कमाउँदै आएकाहरू यतिबेला अन्यत्र होटल खोज्दै हिँडेको जानकारहरूको भनाइ रहेको छ । हरिओन बजारमा प्रहरीले यौन व्यवसायी विरुद्ध कडा कदम चालेपछि हरियोनमा लामो समयदेखि होटल सञ्चालन गर्दै आएकाहरु रौतहटको चन्द्रनिगापुरमा होटल खोज्न थालेको जानकारहरूको भनाइ रहेको छ । हरिओनमा रहेको शिखर होटलकी सञ्चालिका हरिओनमा होटल व्यवसाय गर्न समस्या भएको भन्दै अन्यत्र घरभाडा खोज्दै हिँड्न थालेको जानकारी प्राप्त भएको छ ।

 

 

 

 

बाराको पथलैया र निजगढ बजारका होटलहरूले समेत स्थानीय प्रहरी प्रशासनको मिलोमतोमा अवैध रुपमा एवं व्यवसाय सञ्चालन गर्दै आएका छन् ।प्रहरीलाई मासिक रूपमा पैसा बुझाएर होटलमा खुलेआम यौन व्यवसाय गराउनेहरूका कारण समस्या उत्पन्न हुँदै आएको निजगढका एक जानकारको भनाइ रहेको छ ।पछिल्लो समय बाराको पथलैयादेखि ढल्केबरसम्मको राजमार्ग क्षेत्रमा बढ्दो सहरीकरण सँगै यौन व्यवसाय समेत मौलाउँदै जान थालेको छ ।राजमार्गका साना चिया पसलदेखि ठूला लगानीका होटलसम्म पछिल्लो समय एवं व्यवसाय गर्न तत्पर रहेको बुझिएको छ। होटल तथा पर्यटन व्यवसायका नाममा केही ठूला होटलवालाहरूले पछिल्लो समय भारतीय ग्राहकलाई लक्षित गरेर राजमार्गमा यौन व्यवसाय गर्ने गरेको आरोप लाग्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९