आर्थिक मन्दीको मारमा रौतहटका राजमिस्त्री

राैतहट । पछिल्लो समय देशमा परेको आर्थिक मन्दीको मारमा राजमिस्त्रीहरू परेका छन्। घर जग्गा व्यवसायमा मन्दी आएसँगै नयाँ नयाँ घर निर्माणका काम एकाएक ठप्प भएपछि रौतहटका राजमिस्त्रीहरू यतिबेला बेरोजगार भएका छन्। रौतहटको चन्द्रपुर नगरपालिकामा नयाँ घर तथा भवनहरू निर्माण हुन छाडेपछि चन्द्रपुर नगरपालिका वडा नम्बर ७ मा रहेको नयाँ बस्तीका राजमिस्त्रीहरू यतिबेला रोजगारीका लागि भारततिर जान थालेका छन् ।

 

चन्द्रपुर नगर क्षेत्र तथा रौतहट जिल्लामै भवन निर्माण तथा घर निर्माणका काम हुन छाडेपछि मिस्त्रीहरू बाध्य भएर भारत जानुपरेको उनीहरूको भनाइ रहेको छ। पछिल्लो एक वर्ष यता रौतहट जिल्लाका सहरी क्षेत्रमा घर तथा भवन निर्माणको काम ठप्प भएको घर निर्माणको ठेक्का लिँदै आएका ठेकेदार प्रयाग शाहको भनाइ रहेको छ। घर निर्माणको काम एकाएक रोकिएपछि चन्द्रपुर नगरपालिका वडा नम्बर ७ नयाँ बस्तीमा रहेका दर्जनौं राज मिस्त्रीहरू यतिबेला रोजगारीका लागि भारत जान बाध्य भएको उनले बताए । भवन निर्माणको काम एकाएक ठप्प भएपछि आफू समेत बेरोजगार भएको शाहको भनाइ रहेको छ।

 

एक वर्ष पहिला समेत पहिलासम्म आफूले ४ देखि पाँचवटा नयाँ घर बनाउने ठेक्का लिने गरेकोमा पछिल्लो समय आएर घर निर्माणको काम बन्द भएपछि आफू सहित लेबर तथा मिस्त्रीहरु बेरोजगार भएको उनको भनाइ छ । नयाँ घर तथा भवन निर्माणको काम एक वर्षदेखि एकाएक नभएपछि आफूसँग काम गर्दै आएका लेबर तथा राज मिस्त्रीहरू रोजगारीका लागि भारतको पन्जाब तथा अन्य प्रान्तमा काम गर्न भएको अर्का ठेकेदार राम सोनर शाहको भनाइ छ । पछिल्लो समय देशमा बढ्दो आर्थिक मन्दीका कारण रौतहट जिल्लामा नयाँ घर तथा भवन निर्माणका कार्य लगभग बन्द हुँदा यहाँका हार्डवेयर व्यवसायी समेत मारमा परेका छन् ।

 

भवन तथा घर निर्माणको काम एकाएक बन्द भएपछि दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक छाक टार्ने मजदुरहरू समेत मारमा परेको अर्का ठेकेदार विक्रम बहादुर विकले बताए । भवन निर्माणको काममा सक्रिय रहने लेबर तथा मिस्त्रीहरू पछिल्लो समय घर तथा भवन निर्माणका काम हुन छाडेपछि बाध्य भएर भारत लगायत देशकै अन्य स्थानमा मजदुरी गर्न जान बाध्य भएको ठेकेदार बिकको भनाइ रहेको छ ।

 

एक वर्ष पहिलासम्म आधा दर्जन घर बनाउने ठेकेदारका रुपमा चिनिएका बिक यतिबेला काम नभएका कारण आफै बेरोजगार भएको गुनासो गर्दछन्। रौतहटको चन्द्रपुर नगरपालिका लगायतका बजार एरियामा पछिल्लो समय घर तथा भवन निर्माणको काम एकाएक बन्द भएपछि त्यसको मारमा मजदुर तथा मिस्त्री परेका हुन् । रौतहट जिल्लामा पछिल्लो समय आएर घरजग्गाको कारोबार समेत ठप्प भएसँगै नयाँ भवन तथा घर निर्माणको काम समेत बन्द भएको छ। आर्थिक मन्दीका कारण रौतहटमा घरजग्गा कारोबार तथा भवन निर्माणको काम हुन नसकेपछि त्यसमा काम गर्ने मजदुरका साथै स्थानीय हार्डवेयर पसलमा काम गर्ने मजदुरहरू समेत बेरोजगार बनेका छन ।

 

पहिलाको तुलनामा अहिले आएर रड सिमेन्टको व्यापारमा समेत कमी आएको चन्द्रनिगापुरका हार्डवेयर व्यवसायी शिवप्रसाद पराजुलीको भनाइ रहेको छ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका गौर नगरपालिका गरुडा नगरपालिका कटहरिया नगरपालिका गढीमाई नगरपालिका लगायतका पालिकाहरूमा घर तथा नयाँ भवन निर्माणको काम ९० प्रतिशतले कमी आएको घर तथा भवन निर्माण कार्यमा संलग्न ठेकेदारहरूको भनाइ रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९