हिमाली बस्ती नै हिउँको प्रतीक्षामा

मुगु।  मुगुको छायाँनाथ रारा नगरपालिका-४ भामवाडा गाउँका ६० वर्षिया काँसिराम परियार अहिलेदेखि नै अनिकाल हुने पीर लाग्न थालेको छ । विगतका वर्षहरुमा मंसिरको पहिलो साता तिरै घरआँगनमै १ फिटभन्दा बढी हिमपात हुनुका साथै डाँडाकाँडा सेताम्ये भएको देख्दाको सम्झना अहिले ताजै छ ।

 

 

तर, पछिल्लो समय माघ महिना लाग्दा पनि हिमपात नहुँदा उनी चिन्तित् छन् । कर्णाली प्रदेशका उपल्लो हिमाली जिल्लाहरुमा यस वर्ष  समयमै हिउँ, पानी नपर्दा किसान चिन्तित् बनेका छन् ।  मुगुमा मंसिरको तेस्रो साता उपल्लो क्षेत्र तिर हल्का हिमपात र थोरै पानी परे पनि बेंसीमा गत असोजदेखि पानी परेको छैन ।  लामो खडेरीले जौं, गहुँ बाली देखि बारीको तरकारी समेत सुक्न थालेपछि मुगुका नागरिक चिन्तित बन्न थालेका छन् ।

 

माघ महिनाको दाेस्राे साता लागिसक्दा पनि मुगुमा हिउँ नपर्दा खेतिबारीमा लगाइएका बालीनाली, जौ , गहुँ र तरकारी खेती सुक्न थालेपछि यहाँका किसान निरास भएका छन् । हिउँदे वर्षा र हिमपातको पर्खाइमा रहेका मुगुका नागरिक अझै हिमपात नभए बालीनाली उत्पादनमा प्रभावित हुनुका साथै जलवायु परिवर्तन र मौसम परिवर्तनले स्वास्थ्यमा पनि समस्या हुन थालेको छायाँनाथ रारा नगरपालिका-४ का मैनासिंह नेपालीले बताए ।

 

लामो खडेरीले जौं, गहुँ बालीदेखि बारीको तरकारी समेत सुक्न थाले पछि स्थानीय चिन्तित हुन थालेका छन् । वर्षा र हिउँ नपर्दा बारीको तरकारी सुक्न थालेको छ । पुस महिना हिउँको महिना हो बेलामा पानी पनि पर्दैन, हिउँ पनि परेको छैन । दुई/चार वर्ष अगाडी पुस नलाग्दै हिउँले धारा पँधेरा ढाक्ने गरेको थियो  । अहिले माघ महिना आईपुग्दा पनि हिउँ न पानी परेको छैन  ।

 

प्राय:जसाे पुस महिनामा सेताम्य देखिने पर्यटकीय क्षेत्र रारामा पनि यो पटक हिउँ परेको छैन । गत मंसिरमा हल्का हिउँ परे पनि बाक्लो हिमपात नहुँदा रारा सुक्खा र उराठ देखिएको छ ।    रारा पुगेका पर्यटकले यसपालि अघिल्ला वर्ष जस्तो हिउँ खेल्न पाएका छैनन् । हिउँ नपर्दा रारामा आन्तरिक तथा बाह्य पर्यटकहरुले रमाउन पाएका छैनन् । स्वर्गकि उपमा पाएको रारामा हिउँ नपर्दा काला राता पहाडमा परिणत भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर तथा सूचना अधिकारी जयहरि धितालले जानकारी दिए  ।

 

हिउँ नपर्दासम्म फलफूलदेखि अन्नबालीसम्म नसप्रिने संकते देखिएको छ । मुगुमा १३ हजार १ सय ३८ हेक्टर खेतियोग्य जमिन रहेको छ । जसमा १० हजार ४ सय ६१ हेक्टरमा खेती गरिएको जमिन छ । त्यस्तै २ हजार ६ सय ७७ हेक्टर बाँकि जमिन छ भने २ हजार ८ सय ९० हेक्टर सिञ्चित जमिन रहेको कृषि तथ्यांकले देखाएको छ ।

 

मुगुमा आकाशे पानीको भरमा खेतिपाती गरिन्छ । हाकाशे पानीको भरमा खेतिपाती गरेका किसानहरु लाई सरकारी कार्यालयहरुले कृषि सिंचाई का कार्यक्रमहरु प्रभावकारी नदेखिएका कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख चन्द्र बहादुर शाहीको भनाइ छ  ।

 

उच्च हिमाली बस्ती जडिबुटीमा आत्मनिर्भर स्थानीय पनि हिमपातको प्रतीक्षामा छन् । बाक्लो हिउँ नपरेको वर्ष जडीबुटी उत्पादन पनि घट्ने स्थानीयको अनुभव छ । धेरै हिउँ परेको वर्ष यार्सा, कटुकी भोल्ते, चिराइतो, गुच्ची च्याउ राम्रो फल्ने किसानको भनाइ छ । हिमपातको डरले बेंसी झरेका मुगु गाउँका बासिन्दा हिउँ नपर्दा चिन्तित बनेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९