रूपेन्देहीकाे सियारी गापमा २५० जना सुकुम्बासीलाइ बाँडियाे लालपुर्जा

भैरहवा। रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ र ७ का अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ ।सियारी–७ स्थित अमवामा राष्ट्रिय भूमि आयोग जिल्ला समिति कार्यालयको आयोजना एवं सियारी गाउँपालिका रुपन्देहीको समन्वय तथा सहजीकरणमा भएको कार्यक्रममा लालपूर्जा वितरण गरिएको हो ।रुपन्देहीमा ३५ हजार लालपूर्जा तयार रहेको राष्ट्रिय भूमि आयोग रुपन्देही जिल्ला अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले बताए । उनले भने, ‘रुपन्देहीमा अव्यवस्थित र सुकुम्बासी गरी १ लाखको हाराहारीमा हुनुहुन्छ । ’जग्गा प्राप्तीका लागि तिर्नुपर्ने राजस्व धेरै भएको भन्ने नागरिकबाट गुनासो आएको उनले बताए । यसबारे प्रधानमन्त्रीसँग पनि आफूले कुराकानी गरेको उनको भनाइ छ । अब शुद्धोधन र कञ्चन गाउँपालिकामा पनि लालपूर्जा वितरणको तयारी रहेको बताए । ‘अब क्रमशः लालपूर्जा वितरण गर्दै जान्छौं । छिटो भन्दा छिटो घरदैलोमा पुर्याउने प्रयासमा छौं, ’ उनले भने ।त्यस्तै सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्षसहित टीमको प्रयत्नबाट सियारीमा जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न सफल भएको बताए । उनले यो कार्यमा खटिने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिए ।उनले भने, ‘सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि लालपूर्जा वितरण गर्ने कार्यलाई प्राथमिकतामा राखेका छौं । निर्वाचित भएको ६ महिना बितिसकेपछि भूमि आयोगसँग समन्वय गरेर सियारी गाउँपालिका वडा नम्बर १ देखि ७ सम्म आयोगले तोकेको सीमाभित्र रहेर जग्गा नाप्ने काम भएको उनको भनाइ छ ।अध्यक्ष घिमिरेले आफूहरु निर्वाचित भएको ६ महिनामा २५० वटा लालपूर्जा वितरण गरेको बताए । उनले फागुन मसान्तसम्म सियारीमा ४५० वटा लालपूर्जा वितरण गरिने बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कुनै पनि राजनीतिक गन्ध नआउने गरी काम गर्न आग्रह गरे । उनले भने, ‘कुनै पनि अनियमितता, गुनासा र उजुरी नआउने गरी काम गर्न म आग्रह गर्दछु । ’लालपूर्जा पाएको भन्दा पनि नपाएको व्यक्तिले मैले यसकारणले पाएन भनेर बताउन सक्ने अवस्थाको सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य गोविन्द के.सी.ले सियारी गाउँपालिकाले राम्रो काम गरेको भन्दै धन्यवाद दिए । नेपाली कांग्रेसका नेता गोपाल पाण्डेले लालपूर्जा दिलाउन अथक प्रयास गरेको सबैलाई धन्यवाद दिए ।नेकपा (एमाले)का नेता विनोद सहानीले लालपूर्जा वितरण कार्यलाई व्यवस्थित गरेको भन्दै सियारी गाउँपालिकालाई धन्यवाद दिए । सियारी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दीपक बहादुर शाहीले जनताको सेवा र गाउँपालिकाको विकासमा लागि परेको बताए ।लालपूर्जा प्राप्त गर्ने नीम बहादुर नेपालीले सियारी अध्यक्ष थानेश्वर घिमिरेले नागरिकको घरदैलोमा पुगे समस्या बुझेर समाधान गर्नुभएको बताए । राष्ट्रिय भूमि आयोग रुपन्देही जिल्ला सदस्य यमलाल तिवारीको स्वागत तथा बद्रे आलमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९