किशोरलक्षित मानसिक स्वास्थ्य एकाई सञ्चालनमा

ललितपुर । लगनखेलस्थित मानसिक अस्पतालमा किशोरकिशोरीको मानसिक स्वास्थ्य एकाई औपचारिकरुपमा सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले औपचारिक कार्यक्रमबीच एकाई उद्घाटन गरेका हुन् । सिविन-नेपाल र फोरुट-नर्वेसँगको साझेदारीमा सञ्चालनमा आएको एकाईमा किशोरकिशोरीको मानसिक स्वास्थ्य उपचारका लागि वहिरंग र अन्तरंग दुवै सेवा सञ्चालनमा आएको बाल हेल्पलाइन मकवानपुर संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले मानसिक अस्पतालमा सञ्चालनमा आएको मानसिक स्वास्थ्य एकाईं नेपालको मानसिक स्वास्थ्य उपचारको क्षेत्रमा महत्वपूणर् उपलब्धि भएको टिप्पणी गरे । एकाईं स्थापनामा सिविन-नेपालको योगदानको प्रशंसा गर्दै मन्त्री बस्नेतले बालबालिकाको स्वास्थ्य क्षेत्रमा नेपाल सरकारको प्राथमिकतालाई सिविनले सघाइरहेको बताए ।

 

 

बालबलिकाको मानसिक स्वास्थ्यको कुरा गर्दा उपचारात्मकमात्र नभइ रोकथाममा पनि ध्यान दिनुपर्ने भन्दै मन्त्री बस्नेतले बालबालिकाको शिक्षा, पारिवारिक अवस्था, वातावरणमा समेत काम गर्नुपर्ने धारणा राखे । सरकारीस्तरबाट सञ्चालित अस्पतालमा किशोरकिशोरीका लागि नेपालकै पहिलो अन्तरंग सेवा सञ्चालनमा आउनुले गौरवबोध गराएको उनले बताए ।

 

समारोहमा ललितपुर क्षेत्र नम्बर-२ का संघीय सांसद् प्रेमबहादुर महर्जनले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि आफूले संसद्‌मा पनि कुरा उठाउने बताएका छन् । नेपालका लागि नर्वेली राजदूत तोरुन ड्रमडालले नेपाली बालबालिका तथा किशोरकिशोरीको मनोस्वास्थ्य प्रवद्र्धनका लागि फोरुट-नर्वेमार्फत् सहयोगी हुन पाएकोमा नर्वेली सरकार तथा जनताका तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दै नर्वेको सहयोग यस क्षेत्रमा निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।

 

 

नेपाली किशोरकिशोरीका तर्फबाट राष्ट्रिय किशोरी सञ्जाल मधेश प्रदेश सदस्य खुशी चौरसियाले मानसिक अस्पतालपरिसरमा किशोरकिशोरी मानसिक स्वास्थ्य एकाईं स्थापनाबाट समस्यामा परेका किशोरकिशोरी लाभान्वित हुने बताउ“दै उक्त सेवालाई देशव्यापी बनाउनुपर्ने धारणा राखिन् ।

 

सिविन-नेपाल कार्यकारी निर्देशक सुम्निमा तुलाधरले संस्थाले बालबालिकाका तथा किशोरकिशोरीको मनोस्वास्थ्य अधिकारका क्षेत्रमा गरेका काम उल्लेख गर्दै मानसिक अस्पतालभित्र किशोरकिशोरी मानसिक स्वास्थ्य एकाईं स्थापनामा सहयोगी हुन पाएकोमा खुशी व्यक्त गरिन् । सरकारले आउने बजेटमा बालबालिका तथा

 

 

किशोरकिशोरीको मानसिक स्वास्थ्य उपचारका लागि आवश्यक दक्ष जनशक्तिको दरबन्दीको व्यवस्था गर्न उनले आग्रह गरिन् ।मानसिक अस्पताल विकास समिति अध्यक्ष मधुकर तुलाधरको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मानसिक अस्पतालका निर्देशक डा. अनन्त अधिकारी, कान्ति बाल अस्पताल बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य विभागका टिमलिडर डा. अरुण कु“वरले पनि आआफ्ना विचार राखेका थिए ।

 

 

सिविन-नेपालले सन् २०१५ को ठूलो भुइँचालोलगत्तै कान्ति बाल अस्पतालस“गको सहकार्यमा अस्पताल प्रांगणमा नेपालको पहिलो बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको थियो । बहिरंग सेवा उपलब्ध भए पनि किशोरकिशोरीको मानसिक स्वास्थ्य उपचारका लागि भने मानसिक अस्पतालमा थालिएको अन्तरंग सेवा नेपालको पहिलो हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९