लम्की सांगितिक महोत्सव तथा व्यापार मेला २०८० को आयब्याय सार्बजनिक  

कैलाली । लम्की सांगितिक महोत्सव तथा व्यापार मेला ­२०८० को पत्रकार सम्मेलन गरी आयव्याय सार्बजनिक गरीएको छ । शनीबार सामुदायिक रेडियो पश्चिम आवाजको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आयव्याय सार्बजनिक गरीएको हो । “ शिक्षा, सुचना विकासको अभियान, कृर्षि, ब्यापार, संस्कृति र पर्यटन हाम्रो पहिचान” भन्ने मुल नाराका साथ सामुदायिक रेडियो पश्चिम आवाजको आयोजनामा पुस ५ गते देखि पुस १६ गते सम्म लम्कीमा सञ्चालित महोत्सव अवधिभर कुल ५५ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको कारोबार भएको र करीब १ लाख ५० हजार बढीले महोत्सवको अवलोकन गरेको आयोजकले पत्रकार सम्मेलन मार्फत जनाकारी दिएको छ । महोत्सव बाट १६ लाख ३० हजार ८ सय ३८ रुपैयाँ बराबर बचत भएको महोत्सव मुल आयोजक समितिका उपसंयोजक तथा आर्थिक संयोजक दिपक कुमार तिमिल्सैनाले जानकारी गराउनु भएको छ । महोत्सवबाट आम्दानी भएको रकमले रेडियोको स्तरउन्नती, उपकरण खरीद् र भवन निमार्णमा खर्च गरीने समेत बताउनु भयो ।१२ दिन सम्म सञ्चालन भएको महोत्सवले यस क्षेत्रको कृर्षि, पर्यटन र व्यापारको क्षेत्रमा समेत प्रर्बद्धन गर्ने कार्य गरेको, सुस्त रहेको व्यापार व्यावसायलाई चलायमान बनाएको महोत्सव मुल आयोजक समितिका संयोजक खडानन्द सापकोटाले बताउनु भयो । उहाँले भन्नु भयो सामुदायिक रेडियो सबैको साझाँ सम्पती हो । समुदायको रेडियो हो । यस रेडियोले सार्बजनिकहित बाहेक अन्यकुरा सोच्न नसक्ने समेत बताउनु भयो । महोत्सव सफलपार्न सहयोग गर्ने सबै प्रति संयोजक सापकोटाले धन्यबाद समेत ब्यक्त गर्नु भएको छ ।“देशकै अर्थतन्त्र सिथील रहेको अवस्थामा थोरै भएपनी महोत्वले अर्थतन्त्र चलायमान बनाएको छ । सबैको सहयोगले सफल पार्न समेत सफल भएका छौं । यस क्षेत्रको सार्बजनिक सम्पतिको रुपमा रहेको सामुदायिक रेडियो संरक्षणको भुमिका सबैको उतिकै हुने लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगर प्रवक्त समेत रहनु भएका महोत्सव व्यावस्थापन सल्लाहार समिति संयोजक लबबहादुर शाहीले बताउनु भयो ।”

 

 

 

पत्रकार सम्मलनमा रेडियोका संस्थापक अध्यक्ष समेत रहनु भएका रेडियोका सल्लाहाकार संयोजक बुद्धिप्रसाद खनालले महोत्सवलाई आम्दानी र खर्च तथा फाईदाको रुपमा हेर्नु भन्दा पनी यसलाई मनोरञ्जन र व्यापारका साथै पर्यटन प्रर्बद्धन संग दाज्नुपर्नेमा जोड दिनु भयो ।

 

 

रेडियोका लेखा समिति संयोजक मोतिप्रसाद उपाध्यायले अरु संस्था र रडियोले आयोजना गर्ने हरेक कार्यक्रम छुट्टै भिन्नता छ र हुनुपनी पर्ने बताउनु भयो । सामुदायिक रेडियोले आयोजना गरेका हरेक कार्यक्रममा आर्थिक पारदर्शिकता हुनुपर्ने बताउदै मुल आयोजक समितिले समयमै आयब्याय सार्बजनिक गरी आम नागरिकहरुलाई जानकारी पाउने हक सुनिश्चीत गरेकोमा धन्यबाद समेत दिनु भयो ।

 

 

 

महोत्व सान्तीपुर्ण रुपले सभ्य र भब्य तरीकाबाट सम्पन्नं भएको बताउदै महोत्सव मुल आयोजक समितिका सदस्य गणेशराज ओलीले महोत्सव सफलपार्न सहयोग गर्ने सबैलाई धन्यबाद दिनु भएको छ ।

 

 

 

कार्यक्रममा रेडियोका प्रबन्ध निर्देशक युवराज न्यौपानेले महोत्सव सफलपार्न सहयोग गर्ने सबै प्रति हाद्धिक आभार ब्यक्त गदै रेडियोले सञ्चालन गर्ने हरेक गतिविधिमा सबैको साथ र सहयोग रहनेमा विश्वास ब्यक्त गर्नु भएको छ ।

 

 

 

महोत्सवमा आम्दानी भएको कुल रकम मध्य बाट १० लाख रुपैयाँ बढी उठ्न बाँकी रहेको रेडियोले जनाएको छ । आजै बसेको रेडियो सञ्चालक समितिको बैठकले लम्की सञ्चार समुहको स्थापना दिवसको अवसरपारी यहीँ चैत्र १७ गते रेडियोको ९ औं बार्षिक साधारण सभा गर्ने समेत निर्णय गरेको छ । साथै महोत्सवमा कृर्षि पर्दशनी गर्ने उत्कृष्ट कृषकलाई समेत रेडियोको साधारण सभामा नगद सहित सम्मान गर्ने निर्णए भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९