श्रीराम सुगर मिल रौतहट बिरूद्द कर्मचारी पुगे श्रम अदालत

रौतहट । कुनै समयमा जिल्लाकै सबभन्दा ठूलो उद्योगको रूपमा परिचित गरुडा स्थित  श्रीराम सुगर मिल्स लिमिटेडका सञ्चालकले तलब सुबिधा नदिँदा पीडित मजदुर कर्मचारी श्रम अदालत काठमाण्डौ पुगेका छन्।प्राविधिक कारण देखाउँदै मिलमा कार्यरत मजदुर कर्मचारीको तलब सुबिधा नदिएर मिल बन्द गरेका सञ्चालक बिरुद्द श्रमिक मजदुर तथा कर्मचारीहरू काठमाडौं अनामनगर स्थित श्रम अदालत पुगेका हुन्।

 

मिल बन्द भएको तीनवर्ष बित्दा पनि पाउनुपर्ने तलब सुबिधा १३ करोड भन्दा बढी रुपैया हालसम्म पाउन नसकेको कारण कैयौं परिवारको बिच्चली भएको छ। वर्षौं बित्दासम्म बक्यौता रकम तिर्न  कारखाना उद्योग व्यवस्थापन पक्षबाट पटकपटक आश्वासन मात्र पाउने तर भुक्तानी भने हालसम्म पाउन नसकेको मजदुर तथा कर्मचारीले गुनासो गरेका छन।

 

२०४९ सालमा सिलान्यास भई २०५१ साल पुस २४ गतेदेखि उँखु क्रसिङ संगै सञ्चालनमा आएको गरुडा स्थित श्रीराम सुगर मिल्स २६ वर्षसम्म लगातार सञ्चालनमा रहेको थियो।मिलका संस्थापक दिवाकर गोल्छा निधन पछि उनको छोरा हृतेस गोल्छाले मिल व्यवस्थापन गर्न नसकेर २०७४/०७५ मा अर्का एकजना ब्यापारी विशाल अग्रवाललाई मिलमा साझेदार बनाएको थियो।

 

प्रत्येक बर्ष घाटा देखाउँदै २०७७ साउन ११ गते एक्कासी मिल प्रशासनले एउटा सूचना जारिगर्दै सदाका लागि बन्द गरेको थियो।मिल बन्द गर्नु अघि कुनै कर्मचारी अथवा मजदुर संगठन लाई कुनै जानकारी नभएको बताउँछन्।सञ्चालनमा रहेको कुनै पनि मिल अथवा कुनै उद्योग बन्द भएको १५ दिनभित्र सञ्चालक पक्षले त्यहाँ कार्यरत मजदुर तथा कर्मचारीको पारिश्रमिक उपलब्ध गराउनुपर्ने श्रम नियमावलीमा उल्लेख गरिएको छ।

 

तर जिल्लाकै ठुलो उद्योग श्रीराम सुगर मिल्समा तत्कालीन कार्यरत ३०३ जना मजदुर कर्मचारीको बक्यौता पारिश्रमिक भुक्तानी गर्न महिनौसम्म मिल प्रशासनले कुनै वास्ता नगरेको मजदुर कर्मचारी बताउँछन्। यसरी उनीहरू बाध्य भएर २०७८ सालमा पहिलो पटक श्रम कार्यालय बिरगंजमा मुद्दा गरेको समाजबादी ट्रेड यूनियन ईकाई सचिव राजदेव सहनीले बताएका छन।

 

श्रम कार्यालय वीरगंजले २०७९ सालमा मजदुरको पक्षमा फैसला गरेको थियो। फैसला अनुसार उद्योगीले मजदुर कर्मचारीको बक्यौता तलब सुविधा बापत कुल १३ करोड १९ लाख७६ हजार ३१६ रुपैया ३६ पैसाले उद्योगीले तिर्नुपर्ने हुन्छ।

 

 

उक्त फैसला पछि उद्योगी हृतेश गोल्छा र बिशाल अग्रवाल, उनको कानुनी सल्लाहकार नवलकिशोर झाले श्रम अदालत काठमाण्डौमा लिखित निबेदन दिएर भुक्तानीको लागि समयको माग गरेका थिए।

 

सो पछि श्रम अदालतको पहलमा उद्योगी र मजदुर कर्मचारी बिच भएको छलफलमा आउने फागुन २ गते भुक्तानी गर्ने उद्योगीले लिखित सहमती गरेको छलफलमा सहभागी समाजबादी ट्रेड यूनियन ईकाई सचिव राजदेव सहनीले बताएका छन।

 

 

सहमती अनुसार भुक्तानी गर्न मात्र ४ दिन बाँकी रहेको छ तर अहिले सम्म उद्योगी पक्षबाट कुनै पहल नदेखिएकाले आफूहरु खबरदारीको लागि श्रम अदालतमा शुक्रवार मौखिक तागेदा गरेको सचिव सहनीले जानकारी दिएका छन।

 

तत्कालीन प्रधानमन्त्री स्व: गिरिजा प्रसादको निर्देशनमा २०५१ सालमा गरुडा स्थित स्थापना भएको जिल्लाकै सबभन्दा ठूलो उद्योग श्रीराम सुगर मिल्स सञ्चालन रहँदा मजदूर कर्मचारी गरी ६०० जना मानिसले प्रत्यक्ष रोजगारी २० हजार किसान र हजारौं मानिस लाभान्वित रहेका थिए।

 

स्थापनाकाल देखिनै वर्षेनी नाफामा रहेको श्रीराम सुगर मिल्सका तत्कालीन सञ्चालक हृतेस गोल्छा माओबादी द्वन्दकालमा मिलको वास्ता नगरेको कारण व्यवस्थापनको कमजोरीले मिल घाटामा गएको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन्।

 

उद्योगी द्धय बिभिन्न बैंकको कर्जा देखाएर उक्त चिनिमिल विक्री गरिसकेका छन। तर, मिल सञ्चालनको लागि भनेर कौडीको भाउमा ८० विगहा जग्गा दिने किसान र उंखु उत्पादक किसान संघ रौतहटले रोक्का गरेका छन। अथवा मिलको सामान खोल्न दिएका छैनन साथै जग्गा बिक्रीमा समेत रोक लगाएका छन।

 

यसैबीच बिहीवार मिलकै प्राङ्गणमा आयोजित नेकपा एमालेको १० औं जिल्ला अधिवेशनका प्रमुख अतिथि पार्टी अध्यक्ष एवं पूर्वप्रधनमन्त्री केपी शर्मा ओलीले बन्द रहेको उक्त मिल पुनः सञ्चालनको लागि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउने बताएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९