रुपन्देही प्रहरीको एक वर्षमा उपलब्धि: तस्करी नियन्त्रणमा ६१ प्रतिशत राजश्व वृद्धि, ३९८ जना फरार प्रतिवादी पक्राउ

भैरहवा ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले असार १२ गते भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा ११ लाख ६१ हजार मूल्य बराबरको कपडा, हुक्काको फ्लेवर, जुत्ता, चकलेट लगायतका बस्तु सिद्धार्थनगर नगरपालिका वडा नं. १० भुजौली र मायादेवी गाउँपालिका वडा नं.७  बनगाइ बाट बरामद गर्‍याे ।

 

 

भारत महाराजगंजका ३४ वर्षीय भगवान दास मौर्य, सिद्धार्थनगर १ का २४ वर्षीय ईन्तियाज अहमद मुसलमान, मायादेवी गाउँपालिका ६ का १९ वर्षीय अजय कुमार चमार, मायादेवी ६ का १८ वर्षीय बिकास नाउँ, सोही ठाउँका १९ वर्षीय महेश बनियाँले मोटसाइकलबाट अवैध रुपमा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा ती बस्तु बरामद भयो ।

 

 

साउन तेस्रो साता रोहिणी ३ सेमरहवा चोकबाट साँझ ५ बजेको समयमा नवलपरासी सुनवल ८ का ३७ वर्षीय संगीत कुमार खरबिनले चलाएको लु १ च ५८३१ नं. पिकअपमा अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको माला, जेन्स रेडिमेड कपडा,  लेमिनेसन पेपर र क्लिप गरी पिकअप गाडीसहित १२ लाख ५० हजार बढीको र सोही क्रमामा बेथरीबाट स्याङ्जा पुतलीबजारका ४० वर्षीय लाल बहादुर बिकले  चलाएको ना ३ ख ४४१३ नं. को ट्रकलाई शंका लागि चेकजाँच गर्दा अवैध रुपमा भन्सार छलि चोरी गरी ल्याउँदै गरेको साडी, सुट, सल, रेडिमेड कपडा, थान कपडा गरी ट्रक सहित २७ लाख ४७ हजार बराबरको समान गरी कुल ४० लाख बढिको अवैध सामान कार्यालय र मातहतको टीमले बरामद गर्‍याे  ।

 

 

पुस २७ गते राति साढे १० बजेको समयमा सिद्धार्थनगर ८ सिटी अस्पताल चोकमा मकवानपुर थाहा ४ का ४२ वर्षिय रामचन्द्र खत्रीले  ना ३ ख ५१८९ नं. कन्टेनर (ट्रक) मा भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी लैजान लागेको अवस्थामा थान कपडा, लेडिज जुत्ता, नेट कपडा, दोसल्ला, साडी र कन्टेनर (ट्रक)सहित ३० लाख ६२ हजार बढिको र ओमसतिया ४ वसन्तपुरमा मोटरसाइकलबाट ओसरापसार गरी गोदाम बनाई डम्प गरेको अवस्थामा २ वटा मोटरसाइकलसहित ४ लाख ५२ हजार बढिको प्याज बरामद गर्‍याे  ।

 

 

यी ३ वटा घटना त केवल उदाहरण हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पछिल्लो एक वर्षमा ८ करोड ८० लाख १९ हजार ३ सय १५ रुपैया बराबरको भन्सार छलीको सामान नियन्त्रणमा लिई भैरहवा भन्सार कार्यालय पठाएको छ ।

 

 

जिल्ला प्रहरी कार्यालयको नेतृत्व प्रहरी उपरिक्षक भरत बहादुर विश्वकर्माले सम्हालेदेखि समग्र रुपन्देहीमा हुने गरेको अवैध कारोबार तथा तस्करी नियन्त्रणमा कठोर बनेका थिए । गत वर्ष माघ २६ गते रुपन्देही आएका विश्वकर्माले पहिलो चरणमा सिमाबाट हुने अवैध कारोबारलाई चुनौतीको रुपमा लिँदै कडा रुपमा प्रस्तुत भएका थिए जसको फलस्वरुप एक वर्षको अवधिमा गत वर्ष भन्दा ६१ प्रतिशत बढि रूपैयाँ बराबरको भन्सार छलीको मालसामान बरामद गरी भन्सार राजश्व दाखिला भएको छ ।

 

 

अघिल्लो वर्षमा ५ करोड ४५ लाख ३५ हजार २७ रुपैया बराबरको समान बरामद भएको थियो । बरामद सामग्रीलाई भन्सार चलान गरी उक्त राजस्व संकलन गरिएको कार्यालयले जानकारी दिएको छ ।  नियमित कामसँगै जिल्लामा शान्ति  सुरक्षा तथा अमनचयन कायम राख्न सुरक्षा योजना बनाई प्रभावकारी ढंगबाट प्रहरी परिचालन गरिएकोमा केही छिटफुट घटनाहरु बाहेक अन्य ठुला तथा जघन्य प्रकृतिका घटना तथा प्राकृतिक विपत्तिका घटनाहरु नघटेको र केही अप्रिय घटनाहरुको सफल अनुसन्धान भएको, वर्तमान शान्ति सुरक्षाको अवस्था सामान्य रहेको एसपी विश्वकर्माले भने ।

 

 

 

भारतबाट नेपालतर्फ चोरी पैठारी गर्न लागिएको कपडा, चिनी, कपडा, खाद्यन्न, हार्डवेयर, मोटर पार्टस, उपभोग्य सामान तथा ओसारपसारमा प्रयोग भएका साधन रहेको थियो । यस वर्ष चोरी तस्करीमा कठोर बनेको प्रहरीले अवैध ओसारपसारमा संलग्न रहेको आरोपमा ४७ जना व्यक्तिलाई पनि नियन्त्रणमा लिई उनीहरुमाथि आवश्यक कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक विश्वकर्माले भने ।  खुला सीमा नाकाको फाइदा उठाएर हुने गरेको अवैध भन्सार चोरी पैठारीमा कडाई गर्न कुनै कसर बाँकी नराखेको उनले भने ।

 

 

 

मुख्य नाका तथा अन्य खुला सीमा नाकाहरूमा प्रहरीको बाक्लो उपस्थितिले गर्दा चोरी निकासीमा कडाइ हुने गरेको छ । तर, छेउ छाउबाट लुकी चोरी हुने गरेको भन्सार चोरी निकासी नियन्त्रण गर्न पनि प्रयासरत रहेको दाबी गरे । यस्तै देवदह–२ ढेकावार,  सियारी–४ छपिया र सैनामैना–६ रामापुर कलौनीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरीएको छ । नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन  पुलिस व्याटन २०८० मा ईलाका प्रहरी कार्यालय/वडा प्रहरी कार्यालयहरु मध्ये ईलाका प्रहरी कार्यालय बुटवल, रुपन्देही सर्वोत्कृष्ट हुन सफल भएको छ ।

 

 

 

अदालतको फैसला कार्यान्वयन तर्फ प्रहरीले पछिल्लो एक वर्षमा ३ सय ९८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरीएको छ भने आर्थिक वर्ष २०७९–८० मा ६१ लाख ६९ हजार  र यस आर्थिक वर्षमा १३ लाख २४ हजार बराबर जरिवाना यस्तै आर्थिक वर्ष २०७९–८०मा १७६ वर्ष २८ दिन र यस आर्थिक वर्षमा ३१ वर्ष ७ महिना ९ दिन बराबर कैद असुल गराएको छ ।

 

 

 

सम्मानित जिल्ला अदालत बाट मुद्दा फैसला भई फरार रहदै आएका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत रहेको प्रहरी युनिटहरुको सहयोगमा रुपन्देहीको विभिन्न ठाउँहरुबाट पक्राउ गरेर कार्यवाही प्रक्रिया अगाडि बढाइएको कार्यालयले जानकारी दिएको छ । जसमध्ये जघन्य तथा गम्भीर प्रकृतिका अपराध मुद्दा, किर्ते, जालसाजी, लागु औषध, कुटपिट, जुवा, सार्वजनिक अपराध लगायतका रहेका छन् ।

 

 

आर्थिक वर्ष २०७९÷८० मा ९ हजार ७ सय ३८ वटा कुखुरा ३ हजार २ सय वटा चल्ला अवैध कुखुरा बरामदमा गरिएको छ भने यस वर्ष २ हजार ९ सय ७६ वटा कुखुरा ४ हजार ५ सय चल्ला गरी पछिल्लो एक वर्षमा १ करोड १८ लाख बढि मुल्य बराबरको अवैध कुखुरा तथा चल्ला नियन्त्रणमा लिएको छ । यसमा संलग्न ३२ वटा मोटरसाइकल पनि यस आर्थिक वर्षमा नियन्त्रणमा लिइएको कार्यालयले जानकारी दिएको छ । अवैध माछा नियन्त्रणमा पनि कार्यालय मातहतबाट भारि मात्रामा माछा तथा सिद्रा नियन्त्रणमा लिइएको छ ।

 

 

 

सडक दुर्घटना न्युनीकरण तथा सडकहरुमा चेकजाच गर्न सजिलोको लागी बिभिन्न सघं सस्थासगंको समन्वयमा १८ वटा आधुनिक  ब्यारिकेड निर्माण गरेको छ । त्यस्तै पछिल्लो एक वर्षमा महिला हिसां, आत्महत्या न्युनिकरण, बोक्सा प्रथा,लागु औषध नियन्त्रण लगायतका ५ सय ४ वटा बिभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गरीएको छ । समाजलाई सुरक्षित तुल्याउन, अपराध अनुसन्धानमा सहयोग पुर्‍याउन १२७ वटा सिसिटिभी जडान गरि निगरानी बढाइएको छ ।

 

 

 

सैनामैना न.पा. वडा नं.२ उछिटिहवा स्थित प्लटिङ गरेको खेतमा नामथर वतन नखुलेको अन्दाजी बर्ष ४० को एक जना पुरुष ब्यक्तिलाई कर्तव्य गरी मारेको घटना सम्बन्धमा अनुसन्धानका क्रममा संलग्न ३ जना मानिसहरुलाई पक्राउ गरी कानुनि दायरामा ल्याइएको छ  । यस्तै बिभिन्न मिति र समयमा भएका विष्फोटक पदार्थ विष्फोट भएको घटना सम्बन्धमा अनुसन्धानका क्रममा मधेश पिपुल्स पार्टीको नामबाट फोन मार्फत फिरौती रकम माग गरी धम्की दिएका घटनामा संलग्न ३ जनालाई पक्राउ कानुनि दायरामा ल्याइएको, चोरीका घटनामा भारत गोरखपुरकी गीता तिवारी (लेडी डन) र भारत नौतनवाका ओसमा अली सहित अन्य ३ जनालाई हतियार, गोली तथा चोरी कार्यमा प्रयोग गर्ने औजार सहित पक्राउ गरी कानुनि दायरामा ल्याइएको, यस्तै हुन सक्ने चोरी, डकैती, लुटपाटका घटना, लागुऔषध दुर्व्यसन नियन्त्रण, अपराध नियन्त्रण रोकथाम गर्दै शान्त पुर्ण बातावरण निर्माण गर्ने उद्देश्य अनुरुप जिल्ला भरी नै संचालन हुने गरी पौष देखी लागु हुने गरी क्लीन स्वीप अप्रेश्न अभियान सुरु गरीएको छ जसमा २४ सै घण्टा परिचालन हुने गरी प्रहरी परिचालन छन । यसबाट एक महिनामा चोरीका २३ वटा मोटरसाइकल, २ वटा कार तथा लागुऔषध कारोवारमा संलग्न ८ जनालाई पक्राउ गरीएको र ४ वटा मोटरसाइकल सम्बन्धित धनिलाई बुझाइएको छ ।

 

 

प्रहरीमा गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गरिने गरिएको छ । संगठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने प्रहरीलाई कारवाही गर्ने गरिन्छ । रुपन्देहीमा चालु आर्थिक वर्षको हाल सम्म २० जना प्रहरी कारवाहीमा परेका छन ।  कारबाही हुनेमा ९ जनाले नसिहत, ४ जनाले सख्त चेतावनी, १ जनालाई सेवाबाट हटाइएको, १ जना निलम्बनमा परेको, २ जनाको पदोन्नती रोक्का, ३ जनाको तलब बृद्धि रोक्का गरिएको छ  भने ७५ जनालाई पुरस्कृत गरिएको छ । गत आर्थिक वर्षमा ३३ जनालाई कारवाही भएको थियो भने १ सय १८ जना पुरस्कृत भएका थिए । भ्रष्टाचार, संगठनको आचारसंहिता उल्लंघन, कामकारबाहीमा लापरबाही, गैर व्यावसायिक कार्य र अनुसाशनहिन लगायतका काम गरेका प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९