नियमन नहुँदा रौतहटको बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन भारतीय मिठाइ

रौतहट । तराई मधेशमा मिठाइ भनेपछि जुन प्रयोजनमा पनि प्रयोग हुने गर्दछ । कुनै विषयमा सफल हुँदा मिठाई खुवाउने चलन, पूजा, बिहे ब्रतबन्धमा भोजनपछि मिठाइ ख्वाइन्छ । कुनै आफन्तको घरमा जाँदा कोसेली स्वरूप मिठाइ लिएर जाने चलन रहिआएको छ । त्यतिमात्र नभई छोराछोरीको जन्मदेखि  मानिसको मृत्यु भएपछि १३औं पुण्यतिथिको अवसरमा हुने भोजभतेरमा पनि मिठाइ खुवाउने चलन  छ । त्यसमा पनि लालमोहन, बालुशाही र रसवरीको मिठाइमा आफ्नै स्थान छ ।

 

 

 

 

विगतमा सानो परिमाणमा मिठाइको आवश्यकता हुँदा स्थानीय होटलहरुबाट  खरिद गर्ने, ठूलो परिमाणमा आवश्यक पर्दा जानकार मिस्त्री ( कारिगर) बोलाई घरमै बनाउने चलन रहेको थियो । त्यसको अलावा केही मानिस सस्तोको लागि भारतीय ब्राण्डेड कम्पनीले बनाउने डब्बाको मिठाइ ल्याउने चलन थियो। जुन शुद्ध दूधले बनेको हुन्थ्यो। मिठाई (रसवरी, बालुशाही, लालमोहन) बनाउन मुख्य रूपमा दूधको आवश्यकता हुन्छ । शुद्ध गाईभैंसीको दूध चिनी प्रयोग गरेर बनाइने मिठाई कम्तीमा प्रतिकिलो ३५० देखि ४०० रुपैया पर्ने कटहरिया बजारका मिठाइ व्यवसायी सन्तोष कुशवाहाले बताए । मिठाइमा दूध र चिनीको प्रयोग गरेर बनाएमा त्यसभन्दा कमीमा बनाउनै नसकिने कुशवाहाको दाबी छ ।

 

कुशवाहाकै जस्तो अर्का मिठाइ व्यवसायी अनिल मिष्टान भंडार कटहरियाका सञ्चालक अनिल साहले जसरी बनाए पनि दूध र चिनी प्रयोग गरिएको मिठाइ ३५० भन्दा बढी प्रतिकिलो पर्ने दाबी गर्छन् । अहिले जिल्ला सदरमुकाम गौरदेखि गरुडा, चन्द्रनिगाहपुर, कटहरिया लगायतका मुख्य बजारका होटल तथा मिठाई पसलहरुमा रसवरी, लालमोहन, बालुशाही खुद्रामा प्रतिकिलो ५०० देखि ७०० रुपैयामा बिक्रि हुने गरेको उपभोक्ताहरुले बताएका छन। तर, भारतीयहरुले भारतबाट ल्याएको मिठाई बालुशाही प्रतिकिलो मात्र २०० रुपैयामा खुद्रा बिक्री गरिरहेको देखिएको छ।

 

 

 

हाल सदरमुकाम गौर, गरुडा, चन्द्रनिगाहपुर, कटहरियादेखि ग्रामीण बजारहरुमा प्रत्येक दिन बिहानैदेखि भारतीय नागरिकहरूले साइकल मोटरसाइकलमा ल्याएर मिठाई बिक्री गरिरहेको देख्न सकिन्छ। कटहरिया बजारमा मिठाई बिक्रीगरी बसेका भारत बिहार सितामढीका छोटेलाल महतोले आफूहरुले उतैबाट किनेर ल्याएर यता बेच्ने गरेको बताउँछन्।

 

 

उनले भारतीय सहर सीतामढी छेउ भूतही गाउँबाट थोक मूल्य प्रतिकिलो १०० भारु अर्थात १६० मा खरीद गरेर ल्याउने र २०० नेपाली रुपैयामा प्रतिकिलो बालुशाही बिक्री गर्नेगरेको बताउँछन्। सीतामढी क्षेत्रका झण्डै ५० जना भन्दा बढी मानिसको दैनिकी मिठाई बेच्ने रहेको बताएका छन् । भारतीय गाउँ भुतहीमा घर घरै मिठाई बनाइन्छ। त्यहीँबाट साइकल मोटरसाइकलमा ल्याएर रौतहट, बारा, सर्लाही लगायत जिल्लाको बजार बजारमा घुमाएर बिक्रि गरिन्छ।

 

 

भुतही गाउँबाट साना नाका हुँदै भित्र्याएको मिठाई जिल्लाको बजारहरुमा कोठा लिएर स्टक गरिन्छ, पछि सुबिधाअनुसार बिक्रि गरिने भारतीय नागरिक महतोले बताए । कटहरिया ५ का समाजसेवी दीनानाथ साह कलवारले भारतको भुतहीबाट ल्याइने उक्त मिठाई बालुशाहीमा शुद्धको सट्टा चिउराको धूलो र चिनीको सट्टा गुलियो बनाउने केमिकल सेक्रीन प्रयोग गरिने बताए । अत्यन्तै गुणस्तरहीन उक्त मिठाई नेपालीहरुले सस्तो पाउने भएको कारण किन्ने गरेको कलवार बताउँछन् ।

 

 

हजारौं नेपाली नागरिकको स्वास्थसँग प्रत्यक्ष जोडिएको मिठाइको गुणस्तरबारे जाँचबुझ गर्न जरुरी छ । तर, त्यसबारे कसैले चासो नलिएको कारण तराई मधेशका हजारौं मानिसले दैनिक गुणस्तरहीन मिठाइको प्रयोग गरिरहेका छन्। भारतबाट एकपटक भित्र्याएको मिठाइ बाटो छेउ खुला फोहर नालासँगै झिँगा लाग्ने स्थानमा राखेर एक हप्तासम्म बिक्रि गर्छन् । तर, स्थानीय तहदेखि स्थानीय प्रशासन, गुणस्तर विभाग सबै मूकदर्शक बनेका छन् ।नेपाली नागरिकको स्वास्थको रक्षाको निमित्त अवैध र गुणस्तरीयहीन आयातित  मिठाइको गुणस्तर जाँच गर्न तथा बिक्रीवितरणमाथि रोक लगाउन नियमनकारी निकायको ध्यानजानु जरुरी देखिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९