देशकै ठूलो फर्निचर मेला रौतहटको जयनगरमा सुरू

रौतहट । देशकै सबभन्दा ठूलो फर्नीचर मेला राैतहटकाे जयनगर चौकमा सुरु भएको छ। श्रीपञ्चमी अवसर पारेर जयनगरमा प्रत्येक बर्ष लाग्दैआएको फर्नीचर मेला यस पटक पनि बुधबारदेखि सुरुभ एको हो।

 

गौर चन्द्रनिाहपुर सडकखण्डअन्तर्गत गरुडा बजारभन्दा तीन किलोमिटर दक्षिण जयनगर चौकमा सुरु भएको फर्निचर मेला देशकै सबभन्दा ठूलो काठको फर्निचर मेला भएको आयोजकले दाबी गर्दै आएको छ। नेपाल विश्वकर्मा बजार समितिको आयोजनामा जिल्लाको मध्य भाग गरुडा नगरपालिका १ जयनगरमा पछिल्लो डेढदशक  देखि फर्निचर मेला लाग्दै आएको छ।

 

 

मेलामा घरायसी प्रयोजनका साथै कृषिमा प्रयोग गरिने घरेलु यन्त्र काठको फर्निचर र फलामका विभिन्न सामग्री खरीद बिक्री हुनेगर्दछ। रौतहट जिल्लाको धार्मिक स्थल शिवनगरमा श्रीपञ्चमी अवसरमा लाग्ने मेलामा  रौतहट, सर्लाही, महोतरी, बारा, पर्सा लगायत सीमावर्ती भारतका हजारौं भक्तजनहरू मेलाभर्न आउने गर्दछन्।

 

मेला भर्न आउने यात्रु तथा भक्तजन जयनगर स्थित फर्निचर मेलामा समेत अवलोकन गर्न जाने गर्दछन्। उक्त मेलामा साल, सिसम, टिक, आँप लगायत जातको काठ प्रयोग गरी बनाईएको बक्स पलङ सेट ,डाइनिङ टेबल सेट, कुर्सी, खाट, ब्रेन्च, ढोका, ड्रेसिङ टेबल, झ्याल, दराज, सस्तो मूल्यमा खरिद बिक्री हुने गरेको गरुडा ६ का वडा अध्यक्ष रामबाबु चौधरीले बताएका छन। मेलामा  फलामको कोदालो, हँसिया, कुटो, बञ्चरो, खुकुरी लगातका सामग्री टाढा टाढा बाट आएका मिस्त्रीले त्यहीं बनाएर बिक्रि गर्ने गर्दछन्।

 

आफैले खरीद गरी ल्याएको काठ र आफै मिस्त्री भएर  फर्निचर बनाउने हुनाले तुलनात्मकरूपमा अन्य स्थान भन्दा उक्त मेलामा ल्याईने फर्निचर सस्तो मूल्यमा बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन् । परापूर्वकाल देखि तराई मधेशमा विहेवारीमा काठको फर्निचर अनिवार्य दिनुपर्ने भएकाले त्यस्ता अभिभावकको लागि सस्तो बजारको रूपमा रहेको छ जयनगर फर्निचर मेला ।

 

विहेवारीमा छोरीचेली लाई दाईजो स्वरूप फर्नीचर दिन रौतहट, सर्लाही, बारा देखि भारतीय क्षेत्रका हजारौं मानिस बर्षेनी जयनगर मेला बाट सस्तोमा काठको फर्नीचर खरीद गरेर लैजाने गरेको कटहरिया नगरपालिका ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले बताएका छन्।

 

त्यसैगरी पक्की घर निर्माण गर्नेहरू संगै आफ्नो घरायसी प्रयोजनको लागि पनि यहीँ बाट बिभिन्न जातको काठको सामग्री, फलामको सामग्री खरीद गरी लैजाने गरेको वडा अध्यक्ष कुशवाहाले जानकारी दिएका छन्। जयनगर मेलामा बिक्री गर्न  लोहार जातीका फर्नीचर मिस्री तथा व्यवसायीले केही महिना अघिदेखीनै त्यहीँ बसेर काठको फर्निचर तथा फलामको बिभिन्न औजार बनाउने गर्दछन्। जयनगर स्थित बर्सेनि  विस्तार हुँदै गएको फर्निचर मेलालाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको आयोजकले जनाएको छ। अहिलेदेखि चैत महिनासम्म लाग्ने फर्नीचर मेलामा यसपटक पाँच करोड रुपैयाको कारोबार हुने आयोजकले लक्ष्य लिएको छ ।  गतवर्ष मेलामा चार करोड रुपैयाँको कारोबार भएको बताइएको छ।

 

तुलनात्मक रूपमा मा यसपटक  व्यावसायीको संख्या बढेको देखिएको छ। दशकौँ देखि शिवनगर महादेव स्थानसँगै लाग्दै आएको फर्निचर मेला २०६५ सालमा मन्दिरका महन्तसँग बिवाद भएपछि सोही समयदेखि त्यहाँबाट दुई किलोमिटर दक्षिण जयनगर चौकमा प्रत्येक वर्ष लाग्दै आएको छ। आयोजकले मेलामा बिजुली पानीको निःशुल्क व्यवस्थाका साथै शान्ति सुरक्षाको व्यवस्था समेत गरिएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९