पुस्तक संकलन गरी विद्यार्थीले गरे मेला

भैरहवा । रुपन्देहीको मायादेवी–४ मा अवस्थित लुम्बिनी शिक्षा निकेतनका विद्यार्थीहरुले पुस्तक मेला लगाएका छन् । सरस्वती पूजाको अवसर पारेर कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले एक विद्यार्थी एक पुस्तक संकलन गरी विद्यालय परिसरमा पुस्तक प्रदर्शन गरेका हुन् । सौद्धान्तिकभन्दा पनि अन्य पुस्तकहरु पढ्नमा प्रेरित गर्न, अतिरिक्त पुस्तकहरुको पढ्ने बानीको विकास गर्न र पछिल्लो समय विद्यार्थीहरुमा पुस्तकप्रतिको रुची घट्दो अवस्थामा पुस्तक मेलाले विद्यार्थीहरुमा पढाइप्रति रुची अभिबृद्धि गर्ने विश्वासका साथ विद्यार्थीहरुकै सक्रियतामा पुस्तक मेला आयोजना गरिएको हो ।विद्यार्थीहरुले ल्याएका साहित्य, सास्कृतिक, धार्मिक र ऐतिहासिक लगायतका विभिन्न विधाका पुस्तकहरु विद्यालयले संग्रह बनाई पुस्तकालयमा राख्ने विद्यालयका प्रबन्ध निर्देशक पिताम्बर न्यौपानेले जानकारी दिए । अभिभावक, शिक्षक तथा विद्यार्थीहरुलाई उपयोगी सबै उमेरलाई सुहाउने प्रकारको उपयोगी पुस्तक मेलाका लागि संकलन भएको छ । ऐतिहासिहक पुस्तकहरु पनि विद्यार्थीहरुले संग्रहको रुपमा ल्याएका छन संकलित सबै पुस्तकहरु विद्यालयले सम्पतिको रुपमा राखी दर्ता र नामाकरण गरी संरक्षण गर्ने छ । विद्यार्थीहरुले खाली समयको सदुपयोग गर्ने, सैधान्तिक शिक्षा भन्दा बाहिरका विषयबस्तुको ज्ञान बढाउन र अभिभावकहरुले पनि अध्ययन गर्न पाउने छन् ।   कोर्स बाहिरका किताबले सिकाइमा अहम भुमिका खेल्ने र यी पुस्तकले अध्यापनलाई सजिलो बनाउने विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गोविन्द ज्ञवालीले बताए । मेलाले विद्यार्थीको पठन संस्कृति विकास हुने पुस्तकबाट बढी भन्दा बढी फाइदा लिन सक्नु पर्ने अध्यक्ष ज्ञवालीले भने । मेला पश्चात संकलित पुस्तक विद्यार्थी, अभिभावकहरुले सहजै पढ्न पाउने व्यवस्था विद्यालयले मिलाउने र थप पुस्तकहरुको संग्रह बढाउदै लैजानेछ । पुस्तकालयले विद्यार्थीलाई पाठ्यपुस्तकसहित बाहिरी ज्ञान लिन सजिलो हुने अध्यक्ष ज्ञवालीले भने ।विद्यालयले शैक्षिक क्रियकलापसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिदै विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने गरेको छ ।  लुम्बिनी शिक्षा निकेतन बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको उत्कृष्ट विद्यालयको रुपमा रहेको छ । ९ सय बढि विद्यार्थी रहेको विद्यालयमा बालविकास देखि कक्षा १० सम्मको अध्यापन हुने गरेकोमा कक्षा ११ र १२ संचालनको लागि पालिकामा निवेदन दिएको छ ।यस्तै श्रीपञ्चमी अर्थात सरस्वती पुजाको अवसरमा भैरहवा लागयत शैक्षिक संस्थाले सामुहिक पूजापाठ गरेका छन् । अधिकांस शैक्षिक संस्थाले पुजाको अवसर पारेर नि:शुल्क भर्ना लगायतका सुविधा दिइ सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वती माताको पूजा, भक्ती अनि आराधना गराउँदै साना साना भाइबहिनीहरुलाई अक्षराम्भ गर्दै सरस्वती पूजा मनाएका छन् । विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आआफ्ना कलासाधनाका उपादानहरु कापी, कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गरेका छन् । यही दिन बालबालिकालाई अक्षर आरम्भगराउने सर्वोत्तम दिन मानेर पठनपठन पनि सुरु गराउने गरिन्छ ।प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने, विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने र आजैको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९