कर्फ्यू लगाएर सरस्वतीकाे मूर्ति सेलाइने, डिआईजीको कमाण्डमा ७०० प्रहरी परिचालन

रौतहट ।  रौतहटको ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदाय बीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। पटकपटक दुई समुदायबीच विवाद हुँदै आएकाले  अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएकाे हाे ।

 

बाटो खुलाउने प्रहरीको २४ घन्टा बढीको प्रयास असफल भएर शनिबार दुई समुदायबीच झडप भएपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले एक सूचना जारी गर्दै कर्फ्यू आदेश जारी गरेका हुन् ।  घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रवार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा  शनिबार साँझ दुई समुदायबीच झडप भएको थियो । झडपमा दुबैपक्षका मानिसलाई चोटपटक लागे पनि प्रहरीले घाइतेको संख्या एकीन नभएको जनाएको छ।

 

शनिवार साँझ ५ बजेदेखि लागू हुने गरी घिउरा गाउँ पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालको लागि कर्फ्यू आदेश जारी गरिएको छ । घिउरा गाउँका स्थानीयले शुक्रबार सरस्वती माताको मूर्ति लिएर बर्सेनि सेलाउँदै आएको गाउँको उत्तर विद्यालय छेउको पोखरीमा जानेक्रममा मुस्लिम समुदायका मानिसहरूले बाटो अवरुद्ध गरेपछि मूर्ति त्यहीँ सुरक्षित राखिएको प्रहरीले जनाएको छ। तर, सरस्वतीको मूर्ति तथा डिजे बाजामा तोडफोड र क्षति पुर्‍याइएको हिन्दुपक्षले गुनासो गर्दै आएको छ।

 

उक्त क्षेत्रका नेतृत्व गरिरहेका संघीय संसद किरण साहको पहलमा सिडिओ हिरालाल रेग्मीको रोहबरमा दुबै पक्षलाई राखेर  मूर्ति सेलाउन दिने शनिबार सहमति भएको थियो । सहमतिविपरीत मुस्लिम समुदायका  केही उच्छृंखल युवाहरुले ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त  बनेपछि  मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञविनोद पोख्रेल र सशस्त्र प्रहरीको मधेश प्रदेश प्रमुख डिआईजी दिपेन्द्र साह घटनास्थल पुगेपछि कर्फ्यू आदेश जारी भएको थियो।

 

कर्फ्यू आदेश जारी भएपछि त्यहाँको अवस्था सामान्य बनेको छ। दुवै समुदायका मानिस आआफ्नो घरभित्र बसिरहेका छन्। हाल कर्फ्यू भित्रै सरस्वती माताको मूर्ति सेलाउने योजना प्रहरीको रहेको छ। मूर्ति सेलाउने क्रममा कुनै अप्रिय नहोस् भनेर घिउरा गाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

 

जिल्लाको विभिन्न युनिटदेखि प्रदेशबाट थप आएका गरी नेपाल प्रहरीका पाँच सय र सशस्त्र प्रहरीका दुई सय गरी सातसय जनशक्ति परिचालन गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्। ईशनाथ- ७ घिउरा गाउँमा मूर्ति सेलाउने विषयमा विवाद सुरु भएसँगै रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ स्थलगत खटेका छन्। दुबै समुदायलाई सम्झाइ बुझाइ बिग्रिएको भाईचारा बनाउन सके ठूलो उपलब्धि हुने एसपी श्रेष्ठको भनाइ छ।

 

मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञविनोद पोखरेल २४ घन्टा देखि ईशनाथ केन्द्रित भएका छन्। उनले दुवै समुदाय बिगतको जस्तै मिलेर बसेको जस्तै पुनः मिलाउने आफूहरु प्रयासरत रहेको बताएका छन।  संघीय सांसद किरण साहले शनिबार भएको दुईपक्षीय सहमती तोड्नेलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन्। उनले ट्याक्टर र डिजेमा भएको तोडफोडको क्षतिपूर्ति दिलाउन समेत माग गरेका छन्। विगत लामो समयदेखि संसदीय निर्वाचन क्षेत्र- २ अन्तर्गत हिन्दू समूदायले मनाउने पर्व माथि पटकपटक अर्का समुदाय बाट हस्तक्षेपको प्रयास हुँदै आएको छ। सरस्वती पूजा, दुर्गा पूजा, महाबिरी झण्डीमा बिभिन्न बाधा अवराेध पुर्‍याइँदै आएको स्थानीयले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९