कांग्रेस महासमिति बैठकमा फरक मत राख्दै महर, १२६ पत्रको दृष्टिपत्र पेस गर्ने

काठमाडौं।  मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको महासमिति बैठक (नीति महाधिवेशन) आजदेखि ललितपुरको गोदावरीमा प्रारम्भ हुँदै छ। महासमिति बैठक आज सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यसूची रहेको छ।

 

 

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा प्रतिवेदन पेस गर्ने र लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

 

 

तर, यहीबीचमा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले फरक प्रस्ताव पेस गर्ने भएका छन्। महर महासमिति बैठकमा पार्टी उपसभापति र महामन्त्रीहरूले पेस गर्ने राजनीतिक दस्ताबेजसँग सन्तुष्ट छैनन्। त्यसैले उनले १२६ पृष्ठको फरकै दस्ताबेज पेस गर्ने भएका हुन्। उनले उक्त दस्ताबेजलाई कांग्रेसको दृष्टिपत्र भएको बताएका छन्।

 

बैठकमा प्रस्तुत हुने उपसभापति र महामन्त्रीका प्रतिवेदनमा पार्टी पङ्तिमा छलफल नै नगरी तयार भएको बताउँदै उनले त्यसमा सन्तुष्ट हुन सक्ने आधार नभएको बताए। छलफल नै नगरी तयार पारिएका प्रतिवेदन एकल व्यक्तिका अभिव्यक्ति जस्ता हुने बताउँदै उनले ती प्रतिवेदनले सिंगो पार्टीको धारणा समेट्न नसक्ने बताए।

 

 

‘पदाधिकारीहरूले मिलेरमात्रै तयार पारिएको प्रतिवेदनमा हाम्रो कुरा कहीँ सुनिएन। केन्द्रीय समितिको आवाज सुनुवाइ हुनुपर्छ। देशभरका महासमिति सदस्यहरूको आवाज सम्बोधन हुनुपर्छ। त्यो नहुने देखिएपछि सबैसँग समन्वय गरेर मैले फरक प्रस्ताव पेस गर्ने भएको हुँ,’ उनले भने।

 

 

महासमिति बैठकमा उठाउनुपर्ने एजेण्डाका बारेमा अनलाइनमार्फत मागिएको सुझावहरू समेटेर प्रतिवेदन तयार भएको उनको भनाइ छ।आफूले तयार गरेको प्रतिवेदन महासमिति सदस्यहरूका बीचमा छलफल गराउन पार्टीले प्रवेश नगराए प्रतिनिधिहरूलाई वितरण गरिने उनले बताए।

 

 

पाटीभित्र टिकट वितरण संरचना अनुसार तत् तत् पार्टी संरचनाले टुंगाउनु पर्ने उल्लेख गरेका छन्। जनताको भरोसा प्राप्त प्रतिष्ठित व्यक्तिलाई निश्चित प्रतिशतमा ल्याटरल इन्ट्रीमार्फत पार्टीमा प्रवेश गराउनुपर्ने उनको तर्क छ।पार्टीको एक पदमा बढीमा दुईपटक र उम्मेदवार तीन पटकभन्दा हुन नपाउने व्यवस्था गर्नुपर्ने उनको प्रतिवेदनमा उल्लेख छ।

 

 

‘कांग्रेस नेतृत्वमा बनेको संविधानको कार्यान्वयन, ‘नि:शुल्क स्वास्थ्य, शिक्षा, गुणस्तरीय यातायात तथा सञ्चारसँगै उद्यमशीलतासहितको रोजगार, नेपाली कांग्रेसको अधिकार’, जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा पार्टीको अभियान, कृषिको आधुनिकीकरण र आत्मनिर्भरता, ऊर्जाको अधिकतम उत्पादन, उपयोग र व्यापार, सुरक्षित र दिगो पर्यटन प्रवर्द्धन, राष्ट्रिय स्वार्थ केन्द्रित विदेश नीत मैले प्रतिवेदनमा समेटेको छु,’ उनले भने।

 

 

यसका साथै डिजिटल इकोनोमी, सुशासनको स्थापना र भ्रष्ट्राचारको अन्त्य, दिगो विकास लक्ष्य हासिल गर्न सङ्कल्पित, प्रविधिमैत्री कांग्रेसको निर्णय, विधानको अक्षरशः पालना, पार्टीमा थिङ्क ट्याङ्को स्थापना र उपयोगलगायत विषय प्रतिवेदनमा समावेश गरिएको महरले जनाए।

 

 

घोषणापत्रमा युवा कांग्रेसको स्थापना, प्रशिक्षणको आधारमा क्रियाशील सदस्यता प्राप्ति, क्रियाशील सदस्यता र नवीकरण गर्दा सम्पत्ति विवरणको सार्वजनिकीकरण, पार्टीमा एक व्यक्ति एक पद दुई पटक, एक व्यक्ति ३ पटकमात्र सांसदको उम्मेदवार, कांग्रेस आफ्नै सङ्गठनको बलमा एक्लै चुनावी प्रतिस्पर्धामा जाने, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्ष पार्टीको केन्द्रीय सदस्य, तीनै तहको सरकार सञ्चालनको लागि संयन्त्रको निर्माण, वडा सभापतिको नेतृत्वमा वडा स्तरीय भ्रातृ संस्था सम्मिलित एकीकृत टिम निर्माण र परिचालन, पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरू तल्लो तहबाटै महाधिवेशनमा प्रतिनिधिमा निर्वाचित हुनुपर्ने, हरेक महादेशबाट जनसम्पर्क समितिको प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिमा उपस्थिति, गुटको अन्त्य गर्न वडा तहबाटै चिट बाँडेर समूह बनाएर चुनाव लड्ने प्रवृत्ति हटाउनेलगायत विषयलाई महरले प्राथमिकताका साथ उठाएका छन्।

 

आजबाट सुरु हुने बैठकमा १६५ केन्द्रीय सदस्य, हरेक निर्वाचन क्षेत्रबाट एक हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाबाट ६९, महासमिति सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्ष  सहभागी हुने जनाइएको छ।यस्तो छ महरले तयार पारेको १२६ पृष्ठको दृष्टिपत्र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९