ईशनाथमा सद्‌भाव बनाउन चौतर्फी पहल, क्षतिपूर्ति दिलाउने सहमति

रौतहट । पछिल्लो केही दिनदेखि रौतहटमा देखिएको दुई समुदायबीचको तनाव हटाएर सद्भाव कायम राख्न चौतर्फी पहल सुरु भएको छ । दुवै समुदायको भएको क्षतिको पूर्ति दिलाउन जनप्रतिनिधिदेखि स्थानीय प्रशासन पूर्ण रूपमा प्रयासरत देखिएका छन् ।

 

ईशनाथ नगरपालिकास्थित भएको क्षतिबारे बुझ्न स्थानीय प्रशासनले मंगलवार स्थलगत अनुगमन निरीक्षण गरेको छ । सरस्वती माताको मूर्ति विसर्जन गर्ने विषयमा ईशनाथ–७ घिउरा गाउँमा दुई समुदायबीच झडप भएको थियो । हिन्दू समुदायका मानिसले मूर्ति विसर्जनको लागि शनिबार लागिरहेको ट्याक्टर, डिजे बाजा मुस्लिम समुदायका मानिसले तोडफोड गर्नुका साथै घरको छतबाट प्रहार गरेको ढुंगाले कैयौंलाई चोटपटक लागेको थियो।

 

 

सोही घटनाको बदला स्वरूप भोलिपल्ट गत आइतबार हिन्दु युवाहरुले ईशनाथ–२ औरैया गाउँस्थित रहेको मुस्लिमहरूको मस्जिदमाथि चढेर माइक सेट तोडफोड गरेको थियो । रौतहट क्षेत्र २ का संघीय सांसद किरण कुमार साहको सुझावअनुसार मंगलबार स्थानीय प्रशासनले उक्त क्षतिबारे वास्तविक बुझ्न स्थलगत अनुगमन निरीक्षण गरेको हो ।

 

अनुगमन टोलीमा सांसद किरण साह, प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरालाल रेग्मी, एसपी महेन्द्र श्रेष्ठको सहभागिता थियो । निरीक्षणको क्रममा उक्त घटनाहरुमा भएको क्षतिको  ईशनाथ नगरपालिकाले तत्काल पूर्ति गर्ने सहमति भएको एसपी श्रेष्ठले बताए ।

 

निरीक्षणपश्चात सांसद साहसहित प्रशासन प्रमुखहरु दुवै समुदायका अगुवासँगै स्थानीयहरुलाई राखेर सद्भाव कायम राख्नेबारे बृहत छलफल भएको थियो । छलफलमा हिन्दू र मुस्लिम अगुवाका साथै सहभागी जनप्रतिनिधिले आआफ्नो समुदायका मानिसलाई सम्झाइबुझाइ अब सबै मानिस मिलेर सौहार्दपूर्ण बस्ने प्रतिवद्धता जनाएका थिए ।

 

 

हिन्दू मुस्लिमबीच पुरै भाइचारा निर्वाह गर्ने कुनै सामाजिक समस्या देखिएमा दुवै समुदायका मानिस बसेर छलफल गरी समाधान निकाल्नेसमेत सहमति भएको एसपी श्रेष्ठले जानकारी दिए ।

 

यसअघि गत शनिबार सरस्वतीको मूर्ति विसर्जनको विषयमा अवस्था तनावग्रस्त हुँदा सिडिओ रेग्मीले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका थिए । ईशनाथ नगरपालिका वडा २, ३, ४, ५, ६ र ७ मा समेत अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका थिए । कर्फ्यू हालसम्म यथावत छ । एसपी श्रेष्ठले त्यहाँको अवस्थाअनुसार परिचालित प्रहरी घटाउँदै जाने र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यू पनि हटाइने जानकारी दिए ।

सो क्षेत्रमा थप अप्रिय हुन नदिन मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरीका डीआईजी दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धानका डिआईजी सञ्जय यादवसँगै २०० सशस्त्र र ५०० नेपाल प्रहरी गरी ७०० प्रहरी परिचालन गरिएको थियो ।

 

सांसद साहसँगै अन्य जनप्रतिनिधि, तीनैजना डिआईजीसहित दुवै समुदायका अगुवाहरू मिलेर सोमबार ईशनाथ–७ घिउरा गाउँ छेउको सार्वजनिक पोखरीमा मूर्ति विसर्जनको गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटले सामाजिक सद्भाव बिग्रिने किसिमको कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्ने आग्रह गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९