गणेश लामाको पैसा खाने हिम्मत नेपालमा कसको होला?

मैले भोगेको र मैले पाएको धम्की, त्रास मलाई नै थाहा छ। राज्यले उक्त घटनालाई सिरियस्ली अनुसन्धान गरेर अपराधीलाई कानुनी कठघरामा उभ्याउनु पर्छ। यो देशमा न्याय मरेको छैन।

गणेश लामासँग ११-१२ वर्षअगाडि काठमाडौंको दरबारमार्गमा कोही साथीद्वारा भेटेको थिएँ। त्यहीबेला पनि नेपालमा यो गर्न सकिन्छ, त्यो गर्न सकिन्छ भनेर विभिन्न योजनाहरू सुनाएका थिए।मैले गणेश लामाको सात पुस्ताको समेत कुनै पनि जग्गा लिएको छैन र एक रुपैयाँको कारोबार पनि छैन।गणेश लामाको एक रुपैयाँ खानुपर्ने मान्छे पनि हैन र गणेश लामाको पैसा खान सक्ने र खाएर नतिर्ने हिम्मत भएको नेपालमा को होला र?

 

 

अपहरण गरेर २० करोडको कागज गरिसकेपछि मैले हिम्मत गरेर जाहेरी दिएपछि र प्रेस विज्ञप्तिपछि अत्तालिएर उनले प्रेस मिट गरेका हुन्। यसको कुनै तुक छैन। मुद्दालाई कमजोर बनाउन खोजिएला, भ्रामक कुरा गरेर आलटाल गर्न खोज्लान् तर सम्पूर्ण नेपालीहरूले राम्ररी बुझिसकेको छन्, गणेश लामा को हो र उन्को धन्न्दा के हो? हुँदा-हुँदा राजनीतिक द्वन्द्व भनेर विषयान्तर पनि गर्न खोज्लान्।

 

 

मैले भोगेको र मैले पाएको धम्की, त्रास मलाई नै थाहा छ। राज्यले उक्त घटनालाई सिरियस्ली अनुसन्धान गरेर अपराधीलाई कानुनी कठघरामा उभ्याउनु पर्छ। यो देशमा न्याय मरेको छैन। अपहरण गर्ने, फिरौती लिने, करकापमा कागज गर्ने अनि आफ्नो अपराध ढाकछोप गर्न खोज्नु अर्को अपराध हो।गणेश लामाले के भन्छन्, के गर्छन् भन्ने कुरामा कुनै तुक छैन। कानुनी प्रक्रियामा गएर आफू सही वा गलत साबित गरून्! म र मेरो परिवारलाई जीवनभर खुकुरीको धारमा राखेर जाहेरी दिने र प्रेस विज्ञप्ति निकाल्ने आँट गरेको छु। नेपाल सरकार, प्रहरी प्रशासन, मिडियाकर्मी र आम जनमानसमा यस्तो जघन्य अपराधलाई निर्मुल पार्नको लागि अपिल गर्दछु।

 

 

गणेश लामा ‘मोस्ट वान्टेड’ भएको बेला थाइल्यान्डको मेरो होटलमा मलाई लाग्छ एक महिनाजति बसेका थिए होला। तर होटलको रुमको पैसा पनि तिरेका छैनन्। होटलमा लगानी गर्ने वा नेपालमा एक रुपैयाँ लगानी गर्ने कुरा त परै जाओस्। यस्तो जघन्य मुद्दालाई विषयान्तर गर्न यस्तो कुराहरू दुई हप्तादेखि नै गर्दै आएका हुन्। प्रहरी कार्यालयमा समेत गएर ठ्याक्कै यसैगरी भनिएको रहेछ। गणेश लामासँग पैसा खाने मेरो त्यत्रो हिम्मत छैन र अर्को कुरा १० वर्षदेखि भागेर हिँडेको भन्ने आरोप छ। जबकि, म विगत तीन वर्षदेखि नेपालमै मिडियामा इन्टरभ्यू दिएर खुलमखुल्ला व्यापार गर्दै आएको छु।

 

 

मेरो घर धोलाहिटीमै छ, म खोज्दा नभेटिने मान्छे हो र लामाको पैसा खाएर भाग्न सक्ने? भ्रामक कुराहरू गरेर मुद्दालाई कमजोर बनाउने खेल मात्र हो, अरू केही पनि हैन। निज लामासँग मेरो कुनै व्यक्तिगत कारोबार पनि छैन। मैले मलाई परेको जघन्य अपराधको विरुद्धमा लड्ने आँट गरेको छु, म र मेरो परिवारको जीवन दाउमा राखेर कानुनी लडाइँ लड्दैछु। उनले गरेका सबै भ्रामक कुराहरूको पुष्टि गरून्। अदालतमा गएर सफाइ लिन सकुन्, म धन्यवाद दिन्छु।

 

 

म विशुद्ध आफ्नो व्यापार गरेर बसेको मान्छे। म सँग क्रिप्टो र बिट्क्वाइन छ भनेर अपहरण गरी ट्रान्सफर गर्ने एक मात्र उद्देश्य थियो। मेरो मोबाइल र ल्यापटपमा केही नभेटेपछि जबरजस्ती २० करोड छोराको नाममा कागज गराएका हुन्। बाँकी प्रहरी र अदालतको हातमा छ। उनले आफ्नो बचाउको लागि अरू पनि के-के गर्छन्, के के भ्रम छर्छन्, त्यो लामाको कुरा हो। यस्तो जघन्य अपराधमा माफी दिने छुट कसैलाई छैन।

 

 

वडा कार्यलयमा गएर हस्ताक्षर गरेको भनिएको छ, त्यसको अनुसन्धान हुनुपर्‍यो, करकापमा गरेको कागज एकल प्रमाणित गर्ने काठमाडौं महानगर वडा-१० को अध्यक्षलाई समेत कारबही गरिपाऊँ।लोकान्तर र बाह्रखरीमा प्रकाशित समाचार पढिसकेपछि मैले केही भन्नैपर्छ जस्तो लागेर यो कुरा लेख्दैछु।पहिलो कुरा, गणेश लामाको प्रेस मिट हेर्नुहोला। प्रेस मिटमा लामाले ‘हामी ३-४ घन्टा बस्यौं होला’ भनेका थिए। जबकि, लोकान्तरको समाचारमा ‘करिब ७ घन्टा बसेको पाएका छौं’ भनेर अनुसन्धान अधिकारीको भनाइ भन्दै लेखिएको छ।

 

 

दोस्रो कुरा, म हितैसी साथीको नाता वा दाजुभाइको नाता लिएर लामासँग भेट्न गएको थिइनँ। वा त्यसरी बसेको पनि हैन। मलाई बकाइदा मेरो गाडीबाट जबरजस्ती झर्न लगाई उनीहरू आएको गाडीमा चढाएर लन्डन होटल पुर्‍याइएको हो। मेरो इच्छाविपरीत मलाई त्यहाँ पुर्‍याइएको थियो र त्यसपछि पनि कोठाभित्र छिरिसकेपछि मेरो मोबाइल र ल्यापटप दुबै उनीहरूले खोसेका थिए।मलाई धम्क्याउँदै, मेरो मोबाइल र ल्यापटप खोलेर हेरेका समेत थिए। त्यो बीचमा मेरो नम्बरमा आएका महत्वपूर्ण फोन कलहरू मैले उठाउन पाएको छैन। मलाई उनीहरूले जबरजस्ती सञ्चारमाध्यमबाट टाढा राखे र मलाई मानसिक तनाव दिने उद्देश्यले धम्क्याइरहे। यो अपहरण नभएर के हो?

 

 

बाह्रखरीमा प्रकाशित समाचार अनुसार ‘फुटेजमा लामा र खड्का दुई जना मात्रै होटलमा पुगेको देखिएको छ’ लेखिएको छ। तर, हामीसँगै लामाले डिएसपी सा’ब भनेर बोलाउने गरेका सहदेव पनि थिए। त्यो बीचमा वकिल पनि हामी बसेको कोठामा छिरेका छन् र त्यसैबीचमा मेरो ल्यापटपमा खोजीनिती गर्नको लागि एक जना अर्को मानिस पनि पुगेका छन्। सिसिटिभीमा यो सबै नदेखिएकै हो र? अनि फोटोसमेत आएको छ। फोटो खिचिएको मोबाइल र मोबाइल धनी व्यक्ति खोजिने हो भने त्यहाँ अर्को व्यक्ति को थिए भनेर थाहा हुँदैन र?

 

 

बाह्रखरीमै लेखिएको छ, ‘त्यसबाहेक उनीहरूले बनाएको लेनदेनको कागजबारे पुष्टिका लागि दुबै जना वडा कार्यालसमेत पुगेको खुलेको छ।’ प्रहरीले वडा कार्यालयको सिसिटिभी फुटेज चेक गरोस्। म वडा कार्यालय पुगेकै छैन।र, अन्तिम कुरा, लामाले जुन जग्गाको कुरा गरेका छन्। त्यस विषयमा भन्नुपर्दा मैले आजसम्म गणेश लामा वा लामाको परिवार कसैसँग पनि जग्गाको कुनै कारोबार गरेको छैन।

 

 

त्यो फोटो मलाई बन्धक बनाएर राखेको होटलको रुमको हो। सहदेव बेडमा बसिराखेका थिए, सायद सहदेवले खिचेको हुनुपर्छ। किनकि, होटलको रूममा सिसिटिभी क्यामेरा राखेको हुँदैन र राख्न पनि पाउँदैन। लन्डन होटलको पहिलो तलाको कर्नरको रुममा गएर हेरियो भने यो रुम देख्न पाइन्छ। र, यो न्युज अनुसार प्रहरीले फाइल नै बन्द गरिएको र मिलापत्र गर्न पठाइएको भन्ने छ, त्यो जानकारी छैन। कानुनी सलाहकारहरूसित छलफल गरेर म खन्डन गर्नेछु।

 

 

यसरी न्युज निकालेर जघन्य अपराधलाई ढाकछोप गर्न लागेको महसुस गरेको छु।मैले प्रष्ट भनेको छु – बिहान ७ बजेदेखि मलाई निगरानीमा राखेर भोकभोकै कुरेकोले फ्राइड राइस र म:म मगाएर खाएका छन्। बिहानै ७ बजेदेखि कति बेला घरबाट निस्किन्छ भनेर निगरानी गर्दै बसेको भनेका थिए र मलाई लगभग दिउँसो १ बजे मात्र धोलाहिटीबाट उठाएका थिए।जस्तो धम्की आउँदा पनि आँट गरेर जाहेरी दिएको छु।(याे लेखमा स्वयं लेखक खड्काकाे नितान्त निजी विचार रहेकाे छ ।-सं.)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९