Baigyanik Media

Advertisment

SKIP THIS

योगदान रास्ट्रको लागि कैलालीले प्राथमिक उपचार सम्बन्धि एक दिने तालिम सम्पन्न

कैलाली । योगदान रास्ट्रको लागिले आज कैलालीमा प्राथमिक उपचार सम्बन्धि एक दिने तालिम सम्पन्न गरेको छ। योगदान रास्ट्रको लागि कैलाली जिल्ला शाखा द्रारा संचालन आर्दश सामुदायिक बिद्या मन्दिरको सहकार्यमा सुरु भएको प्राथमिक उपचार सम्बन्धि एक दिने तालिम संचालन भएको हो। केन्द्रिय कार्यलयका अध्यक्ष तथा प्रशिक्षक ओम प्रसाद उप्रेतीले उपस्थितिहरु लाई तालिम दिएका हुन्। योगदान रास्ट्रको लागि कैलाली जिल्ला शाखाका अध्यक्ष लोक राज ओझाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अथिति केन्द्रिय कार्यालयका अध्यक्ष तथा प्रशिक्षक ओम प्रसाद उप्रेती र विशिष्ट अथितिमा योगदान रास्ट्रको लागि सोलुखम्बु अध्यक्ष दुर्गा प्रसाद राई र बर्दगोरिया शाखा रेड्क्रसका सभापति लक्ष्मी राज जोशी रहनु भएको थियो। कार्यक्रममा प्रशिक्षक उप्रेतीले सर्प बाट टोक्दा के गर्न, हृदय घात भएपछि के गर्ने, मृगी भए पछि के गर्ने, हात काटिदा के गर्ने, बिष खाएको मान्छे लाई कसरी बचाउने,घाटीमा केहि अड्केको बेला के गर्ने, दम रोग सम्बन्धमा,किराको टोकाई, करेन्ट लागेको बेला, छारे रोग पानीमा डुबेको बेला, लुरगम्री लागेमा जस्ता बिषयमा तालिम दिनु भएको हो। कार्यक्रमको संचालन योगदान रास्ट्रको लागि कैलाली जिल्ला शाखा सचिब पार्वती जोशीले गर्नु भएको हो भने कार्यक्रममा स्वागत मन्तब्य कैलाली जिल्लाका संस्थापक अध्यक्ष सुनिल भण्डारीले गर्नु भएको हो। कार्यक्रममा सहयोगी बेलुवा युवा क्लबका प्रतिनिधि, श्री बसन्त मुरारी नमुना मा. बिका विद्यार्थी शिक्षक, आर्दश सामुदायिक बिद्या मन्दिरका बिद्यार्थी शिक्षक, मार्ग दर्शन एकेडेमीका बिद्यार्थी शिक्षक, माइकि मिडियम इंगलिस बोर्डिंग स्कुलका बिद्यार्थी शिक्षक लागायतकाको उपस्थिति रहेको थियो।  

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation