अध्ययनमा असर पारेर हेडसर ल्याउने विषयले विद्यालयमा राजनीति  

महोत्तरी। व्यवस्थापन समितिको राजनीतिले बर्दिवासको एक विद्यालय धरासायी बनेको छ । प्रधानाध्यापक को ल्याउने भन्ने होडबाजीमा दुई राजनीति दलमा स्वार्थ बाझिँदा लक्ष्मीनारायण माध्यामिक विद्यालय अस्तव्यस्त बनेको हो ।नगरले प्रधानध्यापकको रुपमा करिब ४ महिनाअगाडि विजय साहलाई पठाएको थियो । यही विषय नै व्यवस्थापन समितिको लागि मुख्य असन्तुष्टि बनेको हो । तर, व्यवस्थापन समितिका अध्यक्ष सूर्य देवकोटा प्रधानाध्यापकमा असन्तुष्टिभन्दा पनि नगरको प्रतिबद्धतामा आफूहरु अडिग रहेको दाबी गर्छन् ।अध्यक्ष देवकोटा नेपाली कांग्रेसनिकट मानिन्छन् भने नगरप्रमुख प्रल्हादकुमार क्षेत्री नेपाली कांग्रेस पृष्ठभूमिकाका भए पनि स्वतन्त्र निर्वाचित भएका हुन् । यद्यपि नगरप्रमुख क्षेत्रीसमेत अहिले कांग्र्रेसमा नै फर्किसकेका छन् । उनीे घोडा चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारबाट निर्वाचित भएका हुन् ।अहिले घोडा कांग्रेस र कांग्रेसको लडाईंले नै समस्या सिर्जना भएको स्थानीयको बुझाइ छ । प्रधानाध्यापकको रुपमा साहलाई पठाए पनि व्यवस्थापन समितिले खाता नै खोल्न नदिँदा शिक्षकहरुको चार महिनादेखि पारिश्रमिकसमेत रोकिएको छ ।‘हामीलाई शिकारु हेडमास्टरभन्दा पनि अनुभवी हेडमास्टरको जरुरत छ,’ अध्यक्ष देवकोटाले भने, ‘नगरले नै हेडमास्टरको लागि केही नामहरु प्रस्ताव गरेको थियो र हामीले हुन्छ भनेका थियौँ ।’ यता नगरले पर्याप्त शिक्षक दिन सकेको छैन । कक्षा–१ देखि कक्षा–१२ सम्म जम्मा ९ जना शिक्षकको भरमा अध्यापन भइरहेको प्रधानध्यापक साहले बताए ।

विद्यालयमा भनेजसरी पढाइ हुन नसकेपछि विद्यार्थीहरु स्तानान्तरण हुने क्रमसमेत जारी रहेको छ । एकवर्ष अगाडिसम्म करिब ९ सयको हाराहारीमा विद्यार्थी भए पनि अहिले त्यो संख्या ५ सय भन्दा कममा झरेको स्थानीय बताउँछन् । विद्यालयको वरपर दुईवटा निजी विद्यालय छन् । पढाउन सक्नेले निजी विद्यालयमा भर्ना गरेका छन् भने कतिपय अभिभावकहरुले टुटेश्वर र दमार भञ्ज्याङ्  विद्यालयमा पठाउने गरेको पूर्व व्यवस्थापन समितिका अध्यक्ष विनोद श्रेष्ठले बताए ।तल्लो कक्षादेखि माथिल्लो कक्षाका विषयगत शिक्षकसम्म आइपुग्दा यो विद्यालयमा अझै आठजना शिक्षकहरुको अपुग रहेको स्वयं अध्यक्ष देवकोटा स्वीकार गर्छन् ।भविष्य नै अन्योल बनाउने गरी विद्यालयमा राजनीति चलखेल भएको भन्दै  विद्यार्थी नै आन्दोलनमा उत्रिएका छन् । गत बिहीबार विद्यार्थीले विद्यालयमा राजनीतिक दलको क्रिडास्थल बन्दा अध्ययनमा असर परेको भन्दै  बर्दिवास नगर कार्यापालिका नै घेराउ गरेका थिए ।विद्यालयमा देखिएको समस्या चाँडै समाधान हुने नगर शिक्षा शाखाका प्रमुख रेवतीप्रसाद पराजुलीले बताए ।  नयाँ वा पुरानोको आधारमा भन्दा पनि क्षमतालाई कदर गर्नुपर्ने उनको भनाइ छ ।यता नगरले प्रधानध्यापकको रुपमा पठाएको प्रधानाध्यापक साहले औँला उठाउनेगरी कुनै काम नगरेको र जिम्मेवारीपूर्वक काम गर्दा पनि आफुलाई निकाल्ने प्रपञ्च भएकोप्रति  दुःख लागेको बताउँछन् ।उनले नगरप्रमुख क्षेत्रीले समेत असहयोग गरेको आरोप लगाए । २०१४ सालमा स्थापना भएको उक्त विद्यालयमा लामो समयदेखिराजनीति हुँदै आएको छ । राजनीति हुँदै आएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९