अनियंत्रित वन उत्खननले स्थानिय आजित

सिरहा।सिरहामा चुरे वन क्षेत्रबाट अनियंत्रित ग्राभेल उत्खननले गर्दा स्थानीयवासी आजित भैसकेका छन् ।चुरे वन क्षेत्रमा उत्खनन भैइरहेको स्थानीय प्रहरी प्रशासनलाई खबर गरेपनी  सरोकारवाला निकाय मौन भएर बस्दा स्थानियबासी आजित भएका हुन् ।यो क्षेत्रमा बिगत तीन वर्षदेखि नियमितरूपमा प्रहरी प्रशासन कै आडमा अनियंत्रित उत्खनन भइरहेको स्थानियहरु बताउँछन् ।आज मात्र वन कार्यालय सिरहाको गस्ती टोलिले चुरे वन क्षेत्रवाट अवैधरुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन गरिरहेको अवस्थामा एक–एक जेसिबी  र टिफर नियन्त्रणमा लिएको छ। सब डिभिजन वन कार्यालय, चोहर्वाको गस्ती टोलिले नरहा गाउँपालिका ३ जचौहर्वा आर्मी क्याम्प पछाडिको चुरे वन क्षेत्रवाट बा. ५ प १८६७ जन्वरको टिफर र नम्वर नभएको जेसीवी बुधबार विहान नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय चोहर्वाले जनाएको छ। विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय, चोहर्वाका वन अधिकृत मनोज कुमार कर्ण नेतृत्वको टोलिले प्रहरीको सहयोगमा दुवै सवारीसाधान नियन्त्रणमा लिएको डिभिज वन कार्यालय लहानका प्रमुख सुजित कुमार झाले जानाएको छ। वन कर्मचारीलाई देखेपछि फरार  चालकको खोजी भईरहेको वन कर्मचारीले जनाएको छ। चलक फरार भएपनि यस क्षेत्रमा ग्राभेल व्यवसायीका नामले परिचित रामबाबु यादवको टिफर र जेसीवी भएको बुझिएको छ। नियन्त्रणमा लिएको दुवै सवारीसाान सब डिभिजन वन कार्यालय चोहर्वामा राखिएको छ। यस वारे थप अनुसन्धान भईहेको वन कार्यालयले जनाएको छ। एक वन कर्मचारीले अहिले गाडी वेवारीसे अवस्थामा रहेपनि यो रामबाबुकै हो भन्ने जानकारी दिए। तर, अहिलेसम्म कोही जेसीवी र टिफर मेरो हो भनेर दावीगर्न आई सकेका छैनन्। यस क्षेत्रबाट वर्षौंदेखि विना दर्ता निर्वाधरुपमा प्रहरी प्रशासनकै मिलेमत्तोमा अवैध उत्खन्न हुँदै आएको छ।  स्थानीयको दवाव पछि केही टिफर र जेसीवी नियन्त्रणमा लिएपनि सामान्य राजस्व बुझाएर छुट्ने गरेको स्थानीयहरु नै बताउँदै छाएको छ। विद्यालयकै वरपर गैरकानुनी रुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन र विक्रिवितरण हुँदै आएपनि प्रहरीको मौनता उदेकलाग्दो रहेको स्थानीय वासिन्दा बताउँछन्।विद्यालयको क्षेत्रमा अवैध उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी गर्दा पनि नरोकीएको उनीहरुको गुनासो छ। दिनरात प्रहरीको डिउटी रहने चोहर्वाचोककै बाटोबाट दर्जनौं स्थानामा खाड्नो खनेर वर्षौंदेखि ढुङ्गा, गिट्टी, वालुवा उत्खनन भईरहेको छ। तर, सरोकारबाला निकायको मौनताले स्थानीय आजित भईसकेको बताउँछन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९