रौतहटमा एसईई परीक्षा मर्यादित बनाउन प्रशासन सक्रिय ५०० बढी मोबाईल बरामद

रौतहट। एसईई परीक्षालाई मर्यादित बनाउन सक्रिय स्थानीय प्रशासन दोस्रोदिन शुक्रबार रौतहटस्थित विभिन्न परीक्षा केन्द्रहरूबाट ५०० थानभन्दा बढी मोबाइल बरामद गरेको छ। यस पटकको परीक्षालाई मर्यादित बनाउन  सिडियो हिरालाल रेग्मी, एसपी महेन्द्र कुमार श्रेष्ठ, सहितको टोलीले परीक्षा केन्द्रहरूमा गरेको अनुगमनको क्रममा उक्त मोबाइल बरामद गरेको हो।

 

केन्द्राध्यक्ष, निरीक्षक, अभिभावक परीक्षार्थीको मिलीमतोमा परीक्षामा अमर्यादित गतिविधि भइरहेको सूचनाको आधारमा गौरस्थित जुद्द मावि, मावि टिकुलिया, सरवस्ती मावि पिपरा, मावि ब्रहमपुरी, मावि मूडवलवा, शंकर मावि सरमुजवा, ब्रहमज्योति मावि लौकाहा, मावि गरुडा, मावि समनपुर, मावि कटहरिया, कंकाली मावि जंगलसैया, मावि बरजगवा, जयकिसान मावि धरहरी, मावि जुडिबेलालगायत जिल्लाको १८ स्थानीयतह अन्तर्गत ३१ वटा परीक्षा केन्द्रमा अनुगमनको क्रममा परीक्षार्थीबाट ५०० थान भन्दा बढी मोबाइल बरामद गरिएको टोलीमा सहभागी जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन्।

 

बरामद मोबाइलहरू जिल्ला प्रहरी कार्यालय गौरको नियन्त्रणमा रहेको तथा एसईई परीक्षा सकेपछि सम्बन्धित परीक्षार्थीलाई फिर्ता गरिने प्रवक्ता गिरीले जानकारी दिएकी छन्। शुक्रबार पहिलो पटक मोबाइल फेला परेका परीक्षार्थी र केन्द्राध्यक्ष लगायत निरीक्षकहरूलाई सम्झाई बुझाई अब परीक्षा हलभित्र मोबाईल फोन नल्याउन सम्झाई बुझाई गरिएको छ, अब पुनः अनुगमनको क्रममा फेला परेमा परीक्षा एन अनुसार कार्वाही गरिने प्रहरी प्रवक्ता डिएस्पी गिरीले चेतावनी दिएकी छन्।

 

रौतहट स्थित जारी एसईई परीक्षामा कारागार र प्रहरी हिरासतबाट एक एकजना परीक्षार्थी सहभागी भएका छन्। एकजना जिल्ला कारागार गौर र अर्का एकजना परीक्षार्थी लागूऔषध मुद्दामा रहेका इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियामा प्रहरीको हिरासतबाट एसइईमा परीक्षामा सहभागी भएका छन्। त्यस्तै एक जना दृष्टिविहीन परीक्षार्थी पनि परीक्षामा सहभागी भएको जिल्ला शिक्षा समन्वय इकाइ रौतहटले जनाएको छ।

 

रौतहटमा ४५०८ छात्रा र ४९६१ छात्र गरि जम्मा ९४६९ परीक्षार्थी रहेकोमा शुक्रवार भएको अनिवार्य नेपाली विषयको परीक्षामा १२० छात्र र १४७ छात्रा गरी कुल २६७ परीक्षार्थी अनुपस्थित भएको शिक्षा समन्वय ईकाई प्रमुख रामबिनय कुमार सिंहले जानकारी दिएका छन।माध्यमिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि तथा प्राविधिक ) को पूर्वनिर्धारित समय तालिका अनुसार  जिल्लाको ३९वटा परीक्षा केन्द्रहरूमा एसईई परीक्षा सञ्चालन गरिएको शिक्षा समन्वय ईकाई रौतहटले जनाएको छ।

 

यस पटकको एसईई परीक्षामा बिगतको जस्तो परीक्षार्थीलाई चिट पुर्याउनुको सट्टा केही शिक्षक, अभिभावक तथा जानकारले मोबाइल फोनमा प्रश्नपत्र मगाउने गरेका छन्।उक्त प्रश्नको उतर लेखेर उनीहरूले छुट्टाछुट्टै बनाएको ग्रुप मार्फत एकैपटकमा सैयौं परीक्षार्थीको हातमा पुर्याइरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। विगतको केही वर्षदेखि रौतहट स्थित एसईई परीक्षा सञ्चालन हुँदा अभिभावकहरूले खासै ध्यान दिएका थिएनन्। तर यस पटक जिल्लाको प्रायः सबै परीक्षा केन्द्रको छेउछाउमा परीक्षा हेर्ने अभिभावकहरुको भीड लागेको देखिएको छ।

 

वर्षभरी बिद्यालयहरुमा पढाई नहुँदा स्थानिय प्रशासन तथा जनप्रतिनिधिले चासो नराख्नेहरु अहिले अनुगमनको नाउँमा परीक्षार्थीलाई अनावश्यक दुःख दिने गरेको कतिपयले विरोध समेत जनाएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९