मधेशका वन क्षेत्रमा जताततै डढेलो, नियन्त्रणका निम्ती प्रभावकारी पहल भएन

बारा ।  मधेशको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट मधेश प्रदेशका स–साना बिरुवा नष्ट हुन थालेका छन् भने पूर्वपश्चिम राजमार्गमा समेत डढेलोका कारण यत्रा गर्न खतरा भएको छ । लामो समयदेखिको खडेरी तथा पानी नपरेकाले गर्मीयाम सुरु भएसँगै डढेलो फैलिदै गएको हो । मधेशका जिल्लाको बन क्षेत्र भित्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वनमा तथा पूर्वपश्चिम लोकमार्ग वरपरका वन क्षेत्रमा धुँवाको मुस्लो जताततै देखिन्छ ।

 

मधेशमा सबैभन्दा बढी रौतहटमा २२ हजार हेक्टरमा डढेलोले क्षेती गरेको छ । बिशेष गरि भुई आगोका कारण यस क्षेत्रमा डढेलो नियन्त्रणमा लिन समेत सकिएको छैन भने यस प्रदेशमा रहेको एक मात्र पर्सा राष्ट्रिय निकुञ्जको एक सय हेक्टर भन्दा बढी स्थानमा डढेलो लागेको छ । यता पर्सामा भने  ५० हेक्टरमा डढेलो लागेको थियो वर्षाका कारण डढेलो नियन्त्रणमा आए पछि पछिल्लो समयमा भने पुन ः केही स्थानमा फाट्टफुट्ट डढेलोले क्षेती गरेको छ । यस्तै बारामा ५०, महोत्तरीमा ३०, धनुषामा २०, सिराहमा १०, सप्तरीमा २० हेक्टर क्षेत्रमा हाल सम्म डढेलोले क्षेत्री गरिसकेको छ ।

 

आठ जिल्ला रहेको यस प्रदेशको सर्लाहीमा भने डढेलो खासै क्षेती गरेको छैन । यस क्षेत्रमा फाट्टफुट्ट आगेलागि भएतापनि तुरुन्तै नियन्त्रण लिईएका कारण क्षेती हुन नसकेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मंजुर अहमदले जानकारी दिए । डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । तर, पर्याप्त बजेट र कर्मचारीको अभावका कारण डढेलो नियन्त्रण गर्न सरकारी निकायले प्रभावकारी पहल गरेको छैन ।
डढेलो रोकथाम तथा नियन्त्रणका लागि नँया प्रविधि र वैज्ञानिक विधिको प्रयोगमा कुनै पक्षले जोड नदिएको हुदाँ डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय बासिन्दालाई जिम्मेवार बनाउन पनि कसैले पहल नगरेकाले समस्या कायमै छ ।

 

यता स्थानियले वन जङ्गलमा आगो लगाउँदा पालुवा राम्रो पलाउँछ र घाँस राम्रो हुन्छ भन्ने गलत सोचाइका कारण वन जङ्गलमा डढेलो लगाउने क्रम बढ्दै गएको छ । वन जङ्गलमा लागेको डढेलोका कारण पानीका मुहानसमेत सुक्दै गएको छ । तर डढेलो लगाउनेहरू कहिल्यै समातिदैनन् । बाराको निजगढ, कोल्हवी र जीतपुरसिमरा नगर क्षेत्रभित्र राष्ट्रिय निकुञ्ज, राष्ट्रिय वन छन् । केहीदिन अघि निकै सवेदनशिल मानिने पेट्रोलियम पदार्थको भण्डारण रहेको नेपाल आयल निगम अम्लेखगञ्ज डिपो नजिकैको पर्सा राष्ट्रिय निकुञ्जको वनमा डढेलो लागेको थियो, पेट्रोलियम पदार्थ भण्डारण भएको नजिकैको वनमा डढेलो लागेका कारण स्थानिए निकै डराएका थिए । तर वन, निकुञ्ज, प्रहरी, सोना र स्थानियको प्रयासमा डढेलो नियन्त्रण आएको थियो ।

 

यहाँ डढेलो लगाउनेहरू कहिल्यै समातिदैनन्, जीतपुरसिमरा उपमहानगरपालिका २१ का वडाध्यक्ष सुभाष श्रेष्ठले भने,‘डढेलो बस्तीमै आइपुग्ने चिन्ताले राम्ररी सुत्न सकिने अवस्था पनि छैन । पेट्रोलियम पदार्थ भण्डारण छेउको जंगलमा आगोलागेमा रातभर जागेराम बस्नुको बिकल्प छैन ।’ वन सम्पदा सुरक्षामा नभई वनको उपभोगमा मात्र लागेका कारण वनका कर्मचारीको उदासिनताले वन उजाड हुँदै गएको रौतहट चन्द्रपुर नगरपालिका ६ स्थित लमहाकी फूलमाया पुलामीले बताईन । “दिनदिनै डढेलोले वन खरानी हुँदै छ”, उनले भनिन् । वन कर्मचारीको उदासिनताले वन सखाप भइरहेको उनको भनाइ छ । डढेलो लगाए नयाँ घाँस पलाउने विश्वासले वनमा डढेलो लगाउने गरेको पाइन्छ । गोठालाले बढीजसो डढेलो लगाउने गरेका पाइएको छ । रौतहट जिल्लाको वन क्षेत्र मासिने क्रम बढेको छ ।

 

पर्याप्त जनशक्ति नहुँदा सबै क्षेत्रमा सघन गस्ती गराउन नसकिएको कर्मचारी बताउँछन् । डढेलो नियन्त्रणमा सर्वसाधारणको सहयोग आवश्यक भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए । वन क्षेत्रको नियमित गस्ती र कारबाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा र जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली बनाएर संयुक्त गस्ती बढाइनुपर्छ भने वन क्षेत्रभित्र सशस्त्र प्रहरी पोष्टसमेत संचालनमा भए सर्वसाधरणले बनमा डढेलो लगाउने हिमत गर्ने थिएनन् ।
डढेलोले वन तथा वन्यजन्तुमा परेको असरको मूल्याङ्कन गरिँदैन मधेस प्रदेशका वनमा भएको डढेलोले वन्यजन्तुमा पारेको असरको मूल्याङ्कन गरिएको पाईदैन । सामान्यतह वन वा निकुञ्जमा आगो लाग्दा ठूला ठूला जनावरहरू आगो नलगेको क्षेत्रहरूमा जान्छन् भन्ने विश्वासका कारण समेत वनमा भएको डढेलोको क्षेत्रीबारे मूल्याङ्कन गरिने गरेको पाईदैन ।

 

मृग प्रजाति, शाकाहारी वा मांसाहारी आहार खाने प्रजातिका जनावरहरू त्यति मर्दैनन्। तर घस्रने प्रजातिका साना जीव र कमिला जस्ता किराहरू मर्छन् । तर त्यो सङ्ख्या पुनः कायम हुन्छ। गुँड लगाइरहेको अवस्था छ भने चराहरूमा पनि असर पर्छ डिभिजन वन कार्यलयका प्रमुख विनोद सिंहले भने,‘असरको मूल्याङ्कन नै गरिएको छैन । तर निश्चित क्षेत्र (ब्लक) मा आगो लाग्ने भएकाले वनको हकमा त्यति ठूलो असर परेको छैन।’ त्यसबाहेक आगलागीले घाँस र रुखहरू नष्ट पार्दा सबै किसिमका जनावरहरू जङ्गलबाट विस्थापित हुनुपर्ने अवस्था आउने गरेको विज्ञहरू बताउँछन् । आगलागीहुन नदिन फएरलाईन वा अग्नीरेखाहरु समेत बनाईएको नपाईएको विज्ञहरू बताउँछन् ।
एकैचोटि ठूलो स्तरमा आगलागी हुँदा जनावरहरूलाई जोगिन गाह्रो हुने सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले जानकारी दिए ।

 

‘अनियन्त्रित हिसाबले आगो लाग्दा त्यसको केही न केही प्रभाव रहन्छ । जनावरहरू भागेर बाच्न पनि सक्छन तर केही मर्छन् पनि यस्तै अण्डा दिने प्रजातिका जनावरहरुलाई त अप्ठेरो पर्लानी यसको अर्थ इकोसिस्टममा त आगलागीले समेत असर त गछ नै।’ सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष बजगाईले भने,‘त्यही भएर आगलागी नियन्त्रणका विभिन्न वैज्ञानिक उपायहरू अवलम्बन गरिनुपर्छ तथा मानवीय हेलचेक्र्याइँका कारण डढेलो लाग्ने अवस्था आउन दिनहुन्न ।’
डढेलोका कारण मधेशमा वायु प्रदूषण म्धेशका विभिन्न भागमा डढेलोको संख्यामा वृद्धि हुदाँ मधेशमा वायु प्रदूषण समेत बढेको छ । यस प्रदेशमा वायुको प्रदूषण अत्यधिक बढेको पाइएको छ । प्रदूषण बिहान र बेलुकी अत्यधिक बढेको हो ।

 

वायु प्रदूषणकै कारण बारामा रहेको सिमरा विमानस्थलमा करिब एक हप्ता सम्पुण उडान डिले गरिएको सिमरा नागरिक उड्डयन कार्यालयका प्रमुख तथा विमानस्थल प्रबन्धक सूर्यबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार कम दृश्यता लो भिजिबिलिटीका कारण बिहान हुने सम्पुर्ण उडानलाई एक हप्ता सम्म १२ बजे पछाडि सारिएको थियो तर आजबाट भने केही सुधार भएको बताईएको छ । यस्तै डढेलोका कारण पूर्व पश्चिम लोकमार्गमा चल्ने सवारी साधनका चालकलाई समेत आखा पोल्ने, बाटेमा बिपरित तिरबाट आएका सवारी साधन समेत देखिने अवस्था नभएको चालकले गुनासो गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय बाराका प्रमुख प्रहरी निरिक्षक राम कुमार महतोले बताए । उनले भने,‘यस भेगमा चल्ने सवारी साधनका चालकहरुले जंगलमा लागेको आगलागिका कारण सवारी चलाउन समेत कठिन भएको गुनासो हामीलाई गरे पछि हामीले वनलाई यसको जानकारी गराएका थियौँ।’

 

तराईका विभिन्न भागका जंगलहरुमा तिब्ररुपमा डढेलो फैलिएको छ । रौतहट, बारा, महोत्तरीलगायतका क्षेत्रमा अन्यत्रभन्दा बढी डढेलो फैलिएको छ । तराईका पहाडी तथा भित्री मधेशका जिल्लाका वनमा पनि डढेलो सक्रिय छ । डढेलोका कारण वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । तर, पर्याप्त बजेट नभएको भन्दै डढेलो नियन्त्रण गर्न सरकारी तह र निकायबाट प्रभावकारी पहल भएको छैन ।

 

यता वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाई असर गर्ने भएकाले काम नपरेसम्म घरबाट बाहिर ननिस्कन र निस्कनै परे मास्क तथा चश्मा लगाउन र सावधानी अपनाउन आग्रह समेत गरिएको छ । यसैगरी डढेलो अझै लागिरहे प्रदूषण अझै बढ्ने भएकाले डढेलो नियन्त्रणका लागि सम्बन्धीत निकायले समयमै ध्यान दिन जरुरी देखिन्छ ।

jgdf ;Ns]sf] 88]nf]
ky/L, & j}zfv M df]/ªsf] a]naf/L !) efpg]df /x]sf] l;+xb]jL ;fd’bflos jgdf nfu]sf] 88]nf] . r}t j}zfv nfu];Fu} jghËndf ;fd’bflos jgx?n] cfkm}F 88]nf] nufpg] u/]sf 5g . emf8L ;kmfO ug]{, 88]nf] nufpFbf gofF kfn’jf knfpg] / 3fF; bfp/f x’g] axfgfdf cfuf] nufpg] u/]sf 5g . tl:a/ M uf]kfn sfkmn]÷/f;;

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या

नारायणगढ (चितवन),  समयमै भुक्तानी नपाउँदा यहाँका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही ठूला उद्योगीबाट तीन महिनादेखि भुक्तानी हुन...

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर/गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

सिरहा,  लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानीको सङ्कट टार्ने र सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने सरोकारवालाहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लहानका वडा नं १५ र १८ मा यसअघि नै नौवटा बहुउद्देश्यीय मानवनिर्मित...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

१३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवन, चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएकोे हो ।     जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९