जीतपुरसिमरा गोल्डकप : उपाधीका लागि मच्छिन्द्र र पुलिस भिड्दै

बारा । जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधीका लागि सोमबार ए डिभीजनका दुई टोली मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् ।सिमरा रंगशालाको फ्लड लाइटमा सोमबार राती हुने प्रतियोगिताको अन्तिम भिडन्तमा दुवै टोली उपाधी जित्ने दाउमा हुनेछन् । दुबै टिम उपाधि जित्दै बर्ष ०८१ को सुखद शुरुवात गर्न चाहन्छन् ।

 

पुलिस आठ वर्षपछि दोस्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो भने मच्छिन्द्र पहिलो पटक उपाधि नजिक पुगेको हो । यसअघि छैठौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिस त्रिभुवन आर्मी क्लबसंग २–० ले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो ।

यता मछिन्द्र भने चौथो सिमरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको थियो । मनाङ मस्र्याङ्दी क्लबसंग १–० ले पराजित भएर फर्किएको मच्छिन्द्र १० वर्षपछि प्रतियोगिता खेल्न सिमरा आएको हो ।

अघिल्लो साता बिराट गोल्डकपको उपाधि लिएर सिमरा आएको मच्छिन्द्र मोफसलमा हुने प्रतियोगिताको चौथो उापधि हात पार्ने लक्ष्य सहित मैदानमा उत्रदै छ । ०८० मा आयोजना भएका मोफसलकै प्रतियोगितालाई लक्षित गरि चर्चित खेलाडीहरुलाई टिममा अनुबन्धन गरेको मच्छिन्द्रले बिराट सहित मकवानपुरको बागमती गोल्डकप र काठमाडौंमा भएको केपी ओली कपको उपाधि जितेको थियो । मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आफूहरु उपाधि जित्नेमा विश्वस्त रहेको बताए ।‘हामी सिजनको चौथो उपाधि जित्ने लक्ष्यमा छौं, मोफसलकै प्रतियोगितालाई लक्षित गरि टिम निर्माण गरिएको छ,’ न्यौपानेले भने ।

पुलिसका प्रशिक्षक चेतन घिमिरेले आफूहरु बर्षको दोश्रो उपाधि जित्ने लक्ष्य लिएर मैदानमा उत्रने बताए । वर्ष ०८० को शुरुवातमा बीरगञ्ज गोल्डकपको उपाधि जितेको पुलिस क्लब अघिल्लो साता प्रथम कपिलबस्तु तिलौराकोट गोल्डकपको फाइनलमा पराजित भएको      थियो । पुलिसका प्रशिक्षक चेतन घिमिरेले बर्ष ०८० मा पुलिसका युवा खेलाडी सम्मिलीत टोलीले मोफसलका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरेको बताउँदै जीतपुरसिमरा गोल्डकपको उपाधि सहित बर्ष ०८१ को शुरुवातका लागि आफूहरु उत्साहित रहेको बताए । ‘हाम्रा उर्जावान यूवाशक्तिले यस बर्ष सिमरा रङ्गशालामा इतिहास रच्नेमा विश्वस्त छु’ प्रशिक्षक घिमीरेले भने ।

पुलिसले फाइनल खेलमा शिशिर चौधरीलाई गुमाउनेछ । दोहोरो पहेलो कार्डका कारण शिशिरले फाइनल खेल्न पाउने छैनन् । शिशिरले एपीएफविरुद्धको सेमिफाइनल खेलमा गोल लाइनबाट बल क्लियर गर्दै टिमलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए । यता स्टार खेलाडी बिमल घर्तिमगर, मनिष डांगी सम्मिलित मछिन्द्रको टिममा भने कुनै परिवर्तन हुने छैन । मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आयुष घलान टिममा थपिने सम्भावना रहेपनि निश्चित भने नभएको जानकारी दिए ।

 

यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका दुबै टिमलाई उपाधीको दावेदारको रुपमा हेरिएको छ । मच्छिन्द्रले आफनो पहिलो खेलमा त्रिभुवन आर्मी फूटवल क्लबलाई १–० र सेमीफाइनलमा सलहेश युवा क्लब सिराहालाई २–० ले पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो । पुलिसले भने क्वार्टरफाईनलमा आयोजक सिमरालाई २–१ र सेमिफाईनलमा बिभागिय टिम एपिएफ क्लबलाई ३–२ ले पराजित गर्दै उपाधी होडमा आफूलाई उभ्याएको हो ।  सिमरा रङ्गशालामा आइतबार भएको पत्रकार सम्मेलनमा उपस्थित मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठ र पुलिसका कप्तान रामचन्द्र वाजे दुबैले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रन तयार रहेको बताए ।

सोमबार राती सिमरा रङ्गशालाको फ्लड लाईटमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादबको प्रमूख आतिथ्यतामा फाइनल खेल हुने आयोजक नवजनजागृति यूवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । फाइनल खेलमा करिब १५ हजार दर्शक उपस्थित हुने अपेक्षा आयोजकले राखेको छ । तीन बर्षदेखि फ्लड लाइटमा खेल सञ्चालन भइरहेको सिमरा रङ्गशालामा दर्शकको उपस्थिती उत्साहजनक रुपले बढेको आयोजक क्लबका अध्यक्ष लामाले बताए ।
जीतपुरसिमरा गोल्डकपको हाल सम्मका उपाधि विजेता 
२०७९ चर्च ब्वाईज युनाईटेड
२०७८ न्युरोड टिम एनआरटी
२०७७ संकटा क्लब
२०७५ थ्रीस्टार क्लब
२०७४ त्रीभूवन आर्मी
२०७३ संकटा क्लब
२०७२ विजय युथ क्लब हेटौंडा
२०७१ त्रिभुवन आर्मी क्लब
२०७० नव जनजागृति युवा क्लब सिमरा
२०६९ मनाङ मस्र्याङदी क्लब
२०६८ मनाङ मस्र्याङदी क्लब
२०६७ हिमालयन शेर्पा क्लब
२०६६ मजदुर सहिद स्मृति क्लब

फोटो ः सिमरा रङ्गशालामा आइतबार भएको पत्रकार सम्मेलनमा उपस्थित मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपाने, कप्तान विशाल श्रेष्ठ र पुलिसका प्रशिक्षक चेतन घिमिरे, कप्तान रामचन्द्र वाजे

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९