आइतवार, बैशाख २३, २०८१

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अनलाइन मिडियालाई विभेद गर्यो

कैलाली। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अनलाइन मिडियालाई विभेद सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आम सञ्चार माध्यमको क्षमता अभिवृद्धिमा अनलाइन मिडियालाई समावेश नगरी विभेद गरेको छ ।

 

क्षमता अभिवृद्धिको १५ दिने निकालिएको सुचनामा रेडियो , पत्रपत्रिका र टेलिभिजन मात्रै समावेश गरिएको छ । २१ औं शताब्दीमा अनलाइन मिडियाको बढ्दो माग भइरहेको समयमा प्रदेश मन्त्रालयले चरम लापरबाही गरिएको हो ।

 

सम्पूर्ण कागजात पुरा गरेका अनलाइन मिडियालाई समावेश नगरिनु प्रदेश सरकार कुन समयमा चलिरहेको छ भन्ने आभाष हुन्छ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यस्तो गतिविधि आगामी दिनमा नहोस् ।

 

यसै विषयमा जानकारी लिन खोज्दा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत शाखा अधिकृत दिपेन्द्र सिंह बिष्टले भने यस विषयमा मिडियामा बोल्दा आफूलाई असर पर्ने हुँदा बोल्न नमिल्ने भन्दै पन्छिए । सुचना विभाग , प्रेस काउन्सिल , कम्पनी रजिस्ट्रार , विज्ञापन बोड र पान नं लिएर सञ्चालन गरेका अनलाइन मिडिया आधिकारिक मानिन्छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation