समाचार संकलनको क्रममा पत्रकार वस्नेतमाथी क्रसर व्यवसायीको दुर्ववहार

महोत्तरी। महोत्तरीका पत्रकार विशाल बस्नेतलाई समाचार संकलनको क्रममा गरेको दुर्ववहारलाई लिएर पत्रकार संमद्व संस्थाहरुले निन्दा गरेका छन । एविसी टेलिभिजन महोत्तरी संवाददाता तथा न्यजकारखाना महोत्तरी प्रतिनिधि बस्नेतलाई नदीजन्य उत्त्खननको रिपोर्ट संकलन गर्ने क्रममा भएको दुर्व्यवहारलाई लिएर आधा दर्जन संस्थाहरुले भत्सर्ना गरेका हुन ।

 

नेपाल पत्रकार माहासंघ महोत्तरी शाखा, बर्दिवास नगरपत्रकार संजाल, चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाज लगायतका संस्थाहरुले
सार्वजनिक सरोकारका विषयमा चिन्ताचासो लिने जिम्मेवार व्यक्तिमाथि असामाजिक तत्वबाट भएको दुर्ववहार अस्वीकार्य, निन्दनीय र दण्डनीय भएको भन्दै आपत्ती जनाएका हुन ।

 

गत शुक्रवार समाचार संकलनको क्रममा रातु नदीको ड्याम नजिकै जिल्ला समन्वय समितिका संयोजक सुमनलाल कर्णसहित पुगेका पत्रकार बस्नेतको संचार समाग्री खोस्ने र हस्तक्षेप गर्ने आफुलाई प्रकाश खडका भन्ने ब्यक्तिले गरेका थिए । यसले जनताको सुसूचित हुने हक तथा स्वतन्त्र र बाधारहित ढंगले समाचार संकलन गर्ने पत्रकारको हकमाथि समेत कुठाराघात भएको संस्थाहरुले ठहर गरेका छन ।

 

चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजले चुरे तथा चुरे नदी प्रणालीबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका प्राकृतिक स्रोतको अवैध र जथाभाबी दोहन गर्नेहरूको मनोबल केही समययता संगठित तथा सामाजिक अपराध समेतलाई प्रश्रय दिनेगरी उच्च हुँदै गएको दुर्भाग्यपूर्ण भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

विज्ञप्तिमा कम लगानीमा अत्यधिक नाफा हुने यस्तो अवैध कार्यमा संलग्न भएकाहरूमध्ये अधिकांशले कानुन, नियम तथा मापदण्ड नपछ्याउने र नियमन गर्ने निकाय र संयन्त्रलाई प्रभावित गर्नेदेखि डरधाक एवम् त्रासमा राख्ने नानाथरीका काम गर्दै आएको उल्लेख गरिएको छ ।

 

यसैगरी नेपाल पत्रकार माहासंघ महोत्तरीले पत्रकार बस्नेतप्रती भएको आक्रमणको कडा निन्दा गर्दै राजनीतिक तथा सामाजिक बलप्रभाव भएकाहरूकै प्रत्यक्ष परोक्ष संलग्नतामा नदीजन्य पदार्थको अनुचित दोहन भइरहेकाले यसलाई रोक्न तथा कानुनसम्मत बनाउन राज्यसंयन्त्र चुकिरहेको अवस्थाप्रती गम्भीर चिन्ता ब्यक्त गरेको छ ।संविधान तथा कानुनअनुसार प्राकृतिक स्रोतको व्यवस्थापन तथा नियमनसम्बद्ध कार्य गर्ने अधिकारप्राप्त जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णकै सामु   पत्रकार विशाल बस्नेतलाई बर्दिवासको किसाननगरस्थित उत्खनन्स्थलमा समाचार संकलन गर्नबाट रोक्न दुष्प्रयास गरिएको थियो ।

 

आफूलाई मनकामना क्रसर उद्योगका सञ्चालक बताउने प्रकाश खडकाले एबिसी टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार बस्नेतको क्यामरा खोस्ने, गालीगलौज तथा धम्की दिने लगायत अत्यन्त अभद्र र अराजक हर्कतप्रती बर्दिवास नगर पत्रकार संजालले समेत दु: ख ब्यक्त गरेको छ । सजिलोगरी धनार्जन गर्ने माध्यम बनेको नदीजन्य पदार्थको अवैध दोहनका विषयमा समाचार वा जानकारी वितरण निषिद्ध गर्नेगरी गुन्डागर्दीमा उत्रिएका खडका मौजुदा दण्डहीनताको स्थितिको उपज भएको पत्रकार संवद्व संस्थाहरुले ठहर गरेका छन ।

 

नदीजन्य पदार्थको दोहनजस्ता कुकृत्यलाई क्यामरामा कैद गरिरहेका पत्रकार बस्नेतमाथि उत्तेजना, आवेग र आक्रामक भई झम्टिन खोजेका र शारीरिक तथा भौतिक क्षति पुर्याउने नियत नै राखेका खडकालाई तत्काल नियन्त्रणमा लिई कानुनअनुसार दण्डसजाय दिलाउन अभियोजन गर्न  पनि माग गरिएको छ । साथै, उत्खनन्स्थल अवलोकन गर्न पुगेका जिसस महोत्तरीका प्रमुख कर्णमाथि समेत क्रसर व्यवसायी भन्ने खडकाले अपमानजनक व्यवहार गरेकोमा विज्ञप्तिमा घोर निन्दा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९