बकैया नदी उत्खनन् रोक्न नेविसंघले डोजरको साँचो खोसेर मेयरलाई बुझायो

बारा । बारा जिल्लाको कोल्हवी क्षेत्र र रौतहटको गुजारा नगरपालिका अन्तर्गत लालबकैया नदीबाट ब्यापकरूपमा मापदण्ड विपरित भइरहेको ढुङ्गा, गिट्टी बालुवा उत्खन्न रोक्न नेविसंघले सक्रियता देखाएको छ। पछिल्लो समय स्थानीय तहका कर्मचारी र विभिन्न निकायहरूको मिलोमत्तोमा नदीबाट नियम विपरित ब्यापकरूपमा ढुङ्गा,बालुवा र गिट्टी उत्खन्न गरिरहेको छ।

 

रौतहटको हनुमानगन्ज, जङलसहिया, सिमरी क्षेत्रको बकैया नदीबाट मापदण्ड विपरित ढुङ्गा बालुवा निकासी हुने गरेको छ। त्यस्तै कोल्हवी नगरपालिकाको अन्तर्गतमा रहेको बकैया नदीबाट ठेकेदारहरूले मापदण्ड विपरित ढुगा, बालुवा, गिटी र ग्रेभल उत्खनन् गरेर रातारात ढुवानी गरिरहेको छ। रातारात डोजर नदीमा लागेर उत्खनन गरी लागिरहेको अवस्थामा गत १९ गते राति डिबिजन वन कार्यालय रौतहटले प्रदेश सांसद सुनिल कुमार यादव जितेन्द्रको एउटा टिपर नियन्त्रणमा लिएको थियो। उनको शक्ति अगाडी टिक्न नसकेका वन कर्मचारीले उक्त टिपर रातारात फिर्ता गरेको सञ्चारकर्मी अशेष ढुङ्गानाले बताएका छन्।

 

कोल्हवी नगरपालिकाले गरेको लालबकैया नदीको टेण्डर दुई करोड नब्बे लाख चालिस हजारमा  सुवेदी निर्माण सेवा, बरियापूरलाई नदी उत्खनन्को अनुमति दिएको थियो।तीनवटा पोइन्टमा १ वटा स्काभेटर प्रयोग गरी नदी उत्खनन्को अनुमति पाएको ठेकेदार कम्पनीले सुरुवाति दिनमा ६ वटासम्म स्काभेटर प्रयोग गरेको थियो भने हाल चार वटा एक्साभेटर प्रयोग गरी उत्खनन् गरिरहेका छन्।

 

बकैया नदीमा उत्खनन् गर्न चारदेखि छ वटा स्काभेटर र दुई दर्जन भन्दा बढी टिपरको प्रयोग हुँदै आउँदा पनि नियमनकारी निकाय जिल्ला प्रशासन र जिल्ला समन्वय समिति मौन बसेको देखेर  तरुण दलका केन्द्रीय सदस्य बिजय चौधरिको नेतृत्वमा  केन्द्रीय सदस्य शिव चौधरी, जिल्ला अध्यक्ष समीर चौधरी, जिल्ला सदस्य प्रभात चौधरी र तरुण दल कोल्हवी नगर सभापति सन्जय चौधरी थारुको टोलीले नदीको स्थलगत निरीक्षण गरेको थियो।

 

प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन अनुसार ठेकेदारले तोकिएको स्थान बाहेक अन्य स्थानहरुमा उत्खन्न गरेको, मनपरी ढंगले ठूलो परिमाण निकाल्ने गरेको भेटिएपछि नेविसंघको टोलीले उत्खननमा लागेको तीनवटा स्काभेटरको साँचो बिहीबार साँझ खोसेर मेयर राम प्रसाद चौधरीलाई  बुझाएको थियो।

 

मापदण्ड विपरीतको उत्खननले नदी क्षेत्रको वन जोखिनमा पर्नुको साथै र नदीले धारसमेत परिवर्तन गर्ने डरसमेत रहेकाले त्यस्तो कार्य अविलम्ब रोक्न नेविसंघले पाँच बुँदे ज्ञापन पत्रसहित मेयर चौधरिलाई बुझाएको छ।

 

ठेक्केदारहरूका साथै प्रदेश सांसद जितेन्द्रको क्रेसर उद्योगका मानिसले नियम विपरित काम गर्दा पनि जिल्ला समन्वय समितिबारा, रौतहट र दुवै जिल्लाका स्थानीय प्रशासन मौन रहनुले उनीहरूको संरक्षण भएको हुनसक्ने अनुमान गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९