पूरा हुँंदै २३ वर्षदेखिको भक्तपुरबासीको सपना

भक्तपुर । २०५८ सालदेखि जग्गा अधिग्रहण गरेर पनि सुरु हुन नसकेको भक्तपुरको गर्वको योजना अरनिको सभा भबन निर्माण गर्ने भक्तपुरबासीको सपना पूरा हुन सुरु भएको छ । एक भव्य समारोहवीच सभा भबनको पहिलो चरणको भबन बनाउन  शिलान्यास गरिएको छ ।

 

भक्तपुरमा एउटा ठूला कार्यक्रम गर्न पहिला भक्तपुर नगरपालिका वडा नं ५ (साविकको वडा नं ८) त्रिपुरासुन्दरीमा अरनिको सभा भबन थियो । झण्डै पाँंच सय जना अटने सो भबन जीर्ण भएपछिदेखि सभा भबन बनाउने चर्चा सुरु भएको थियो । तर सफल हुन सकेको थिएन ।

 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बजेट अभाब र केही प्राविधिक कारणले २२।२३ वर्षदेखिको भक्तपुरबासीको सपना पूरा हुन नसकेको स्पष्टीकरण दिए । ‘सभा भबन बनाउनका लागि केन्द्र, प्रदेश सरकार अनि भौतिक मन्त्रालयसहित धेरै ठाउँंमा बजेटका लागि हारगुहार गरयौं, नगर प्रमुख प्रजापतिले सम्झे, ‘तर कहीबाट सहयोग प्राप्त भएन ।’ ठूलो बजेट आवश्यक भएकोले केन्द्र, प्रदेश सरकारको मुख ताक्नुपर्ने भएको उनको भनाई थियो ।

 

अहिले नगरपालिकाको आफनै बजेटबाट काम सुरु भएको हो । मेयर प्रजापतिका अनुसार यसका लागि चालू आर्थिक वर्ष २०८०।८१ मा भक्तपुर नगरपालिकाले आठ करोड रुपैयाँं विनियोजन भएको छ । ‘यति पैसा पहिलो चरणका लागि पनि अपुग छ, उनले भने, ‘पहिलो चरणको भबन निर्माणका लागि नै १० करोड ५० लाख लागत इष्टमेट गरिएको छ ।’

 

नगरपालिकाले ठूलो बजेटको गर्वको योजनाको रुपमा भक्तपुर अस्पताल भबन बनाइरहेको र हाल त्यो अन्तिम चरणमा पुगेपछि त्यस्तै ठूलो बजेटको गर्वको योजनाको रुपमा सभा भबन बनाउने कार्य सुरु गरेको उनले बताए । उनले यो कार्य बाँंकी तीन वर्षको आफनो कार्यकाल अवधिमा समाप्ते पार्ने योजना रहेकोसमेत सुनाए ।

 

सभा भबन निर्माण तीन चरणमा गरी सम्पन्न गर्ने योजना राखिएको छ । प्हिलो चरणमा एक हजार एक सय जनाको क्षमता भएको मुख्य हल (अडिटोरियम हल) को निर्माणका लागि शिलान्यास सुरु गरिएको हो । त्यहाँं मुख्य हलसहित एक सय २८ जनाको क्षमता रहेको बहुउद्देश्यीय हल, ९६ जनाको क्षमता भएको श्रव्यदृश्य हल, चार वटा रिहल्सल कक्ष, एक हजार ६२ दशमलब ९९ वर्गमिटरको प्रदर्शनी कक्ष, ४६ वटा गाडी र दुई सय ३१ वटा मोटरसाइकल पार्किग गर्नसक्ने क्षमताको बेसमेन्ट पार्किग, ६ सय जनाको क्षमता रहेको खुल्ला थियटर, तीन हजार दुई सय एक वर्ग मिटरको प्लिन्थ एरिया, फोहोरासहितको वगैंचा रहेको छ । पहिलो चरणका कार्य एक वर्षभित्र अर्थात् २०८१ वैशाख २१ गतेभित्र सम्पन्न गर्ने योजना राखिएको छ ।

 

सभा भबन भक्तपुर नगरपालिका वडा नं ६ देकोचास्थित ख्वप कलेज (चाँंगुनारायण मन्दिर जाने चोक) को प्रांगनमा रहेको छ । भबनको शिलान्यास नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गरेका थिए । कार्यक्रममा पार्टी केन्द्रिय सचिव एवं संघीय सांसद् प्रेम सुवाल, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, ज्योतिषाचार्य डा वीरेन्द्रप्रसाद कायष्ठलगायतले सभा भबनका विविध पक्षमा चर्चा गरे ।पूरै योजना सभा भबन मात्रै नभई सम्पूर्ण साँस्कृतिक कार्यक्रमका लागि तयारीसहितका बृहत हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९