शुक्रबार, असार १, २०८१

गौतम अटोमोवाइल्स एण्ड सप्लायर्सले भन्यो पैसा बुझाउन नमानेका ग्राहकले ७ दिन भित्र बुझाउनु 

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको गौतम अटोमोवाइल्स एण्ड सप्लायर्सले वाईकरस्कुटर उधारोमा लिएर अहिले सम्म पैसा बुझाउन नमानेका ग्राहकलाई ७ दिनको समय दिएको छ । सोमबार एक सूचना प्रकाशित गरी तिर्नु पर्ने रकम दिन वास्ता नगरेको हुनाले स्वरुम कानुनी उपचारमा जान लागेको बताईएको छ ।

 

७ दिन भित्र आउनुहुनेको नाम लिस्ट बाट हटाइने र नआएमा वाईक÷स्कुटर तानेन अथवा ३२३ जना विरुद्ध मुद्दा दर्ता गर्ने गौतम अटोमोवाइल्स एण्ड सप्लायर्सले जनाएको छ । ग्राहकलाई पटक पटक घरैमा गएर जानकारी गराउँदा पनि स्वरुम लाई दिनु पर्ने रकम दिन वास्ता नगरेको सप्लायर्सले जनाएको छ ।

 

 

वाईकरस्कुटर लिएका ग्राहक बाट करिब ८४ लाख रुपैयाँ उठ्न बाँकी रहेको गौतम अटोमोवाइल्स एण्ड सप्लायर्सका सञ्चालक मनोज गौतमले बताए । केही उपाय नलागे पछि आफू अन्तिममा कानुनी रुपमा अगाडि बढेको उनले जानकारी दिए ।

वाईकरस्कुटर लिएका ग्राहकलाई समयै रकम चुक्ता गर्न समेत आग्रह गरेको छन् । यस सुखड क्षेत्रमा विगत ६ वर्ष देखी गौतम अटोमोबाइल्स एण्ड सप्लायर्सले यामाहा कम्पनीका वाईकरस्कुटर बिक्री वितरण गर्दे आएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation